अब माछापुच्छ्रे बैंकका शाखाबाट अष्ट्रेलियन डलर (एयूडी) सटही सुविधा
काठमाडौं । माछापुच्छ्रे बैंकले अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो । विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम एक हजार पाँच सय अमेरिकी डलर वरावरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभाव रहेको छ । अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् । सोहि समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा रकन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाडौं उपत्यका भित्र रहेका निम्न शाखाहरु मार्फत अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको हो । बैंकले काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ । माछापुच्छ्रे बैंकले हालसम्म १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फतबाट ग्राहकलाई बंैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।
एभरेष्ट बैंकले दियो मनिपाल अस्पताललाई हेमोडायलेसिस् मेसिन
काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ । नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउनेछ । ईबिएलले ठुलो संख्यामा ग्राहकहरुको लाभका लागि विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ र “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । मनिपाल अस्पतालका डिन बीएम नागपाललाई एभरेष्ट बैंक लि. का डीजीएम राजिव जैनले सो मेसिन हस्तान्तरण गरेका हुन् । सो मेसिन भारतीय दुतावास कोलोनियल ए. च्याम्बीएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यलयका अन्य विभिन्न अधिकारीहरुको उपस्थीतिमा एलटी. जेन. सानतनु दयाल, एभीएसएम, एसएम, भीएसएम, डीजी, डीसी र डब्लूले मेसिनको उद्घाटन गरेका थिए । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंक बेस्ट म्यानेज्ड कमर्सियल बैंक, २०१९ बाट सम्मानित भएको छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाहर्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
७० वर्षदेखि समग्र विकासमा नेपाल चेम्बर, पछिल्लो समय चुनौती बढ्दो
काठमाडौं । चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारण सभा तथा पदस्थापन समारोह समापन भएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेश काजी श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे । देश संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत वहश पैरवी, व्यापार प्रदर्शनीमा सहभागिता आदिमा संलग्न रहनु परेको भएकाले समेत जिल्ला र प्रदेश स्तरमा समेत जिल्ला चेम्बर अफकमर्सको विस्तार गरिएको बताए । यो व्यवस्थाले स्थानीय, जिल्ला र प्रदेश स्तरमा समेत निर्णय प्रकृया सरल, प्रभावकारी र व्यवहारिक हुने अध्यक्ष श्रेष्ठले भने । सो अवसरमा विशेष अतिथी संविधान सभा सदस्य कृष्ण पौडेलले नवलपुर चेम्बरले यस क्षेत्रका उद्यमी/व्यवसायीको समस्या समाधान गर्ने संस्थाको रुपमा कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए । चेम्बर प्रदेश अध्यक्ष यदुनाथ अधिकारीले जिल्ला चेम्बरहरुले समेत अन्तराष्ट्रिय मेला प्रदर्शनीमा सहभागि हुृने अवसर प्राप्त भएमा स्थानीय वस्तुले बजार पाई व्यापार घाटा कम हुन मद्दत पुग्ने विचार व्यक्त गरे । सोही अवसरमा चितवन चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले नवलपुर चेम्बरले खेलेको भूमिकाका आगमी दिनमा चूनौतीलाई अवसरको रुपमा लिइ अगाडी बढ्न चेम्बर सक्षम हुने अपेक्षा रहेको बताए । नवलपुर चेम्बर अफकमर्सका अध्यक्षदीपक भण्डारीको अध्यक्षतामा सम्पन्न सो सभामा सरकारी निकायका प्रतिनिधीहरु, प्रदेश चेम्बरका पदाधिकारीहरु, उद्यमी /व्यवसायीहरुको, उपस्थिती रहेको थियो ।
सेञ्चुरी बैंकद्वारा बर्दिबासमा निः शुल्क आँखा शिविर संचालन
बर्दिबास। सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निः शुल्क जांच गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । बैंकको अन्य जानकारीका लागी बैंकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
मोरङ्ग जिल्लामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन
मोरङ्ग। प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा मोरङ्ग जिल्लाको विराटनगर उपमहानगरपालिकास्थित मोरङ्ग जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मोरङ्गस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मंसिर ०५ गते मंगलबार मोरङ्गका प्रमुख जिल्ला अधिकृत मदन भुजेलज्यूूले एक समारोहका विच समुद्घाट्न गरेको हो । जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने भएको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटिएम , ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
सवा १८ अर्बले घट्यो एनसेलले तिर्नुपर्ने कर, २१ अर्ब १० करोडमात्र तिरे पुग्ने (पूर्णपाठ सहित)
काठमाडौं । सर्वोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ तिर्नु पर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्चले पूर्णपाठ सार्वजनिक गर्दै एनसेलले सो रकम कर तिर्नुपर्ने निर्धारण गरेको हो । सर्वोच्चको यो फैसलापछि एनसेललाई १८ अर्ब ३३ करोड रुपैयाँ राहत भएको छ । एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर निर्धारण गरेको थियो । कुल कर निर्धाणरण ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ थियो । त्यसबेला एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरिसकेको थियो । एनसेलले यसबाहेक यो कर बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज थप तिर्नुपर्ने छ । [pdf id=181286]
ऊर्जा सम्मेलनः क्षेत्रीय बजारको खोजीमा सरकार र निजी क्षेत्र सँगसँगै
काठमाडौं । सरकारले घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जाको बजार खोज्ने लक्ष्यका साथ आजदेखि ‘पावर समिट, २०१९’ शुरु गरेको छ । स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल (इपान)को प्रमुख आयोजना र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा शुरु भएको सम्मेलनमा नेपाल, भूटान, बङ्गलादेश, भारत, चीन, नर्वे, अष्ट्रियालगायतका देशका प्रतिनिधि एवं लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले राखेको लक्ष्यअनुसार नै मुलुकमा पछिल्लो समय लगानीको वातावरण बनेको र ऊर्जा क्षेत्रमा उल्लेखनीय परिवर्तन भइरहेको बताए । सरकारले कानूनी, नीतिगत एवं संरचनागत सुधार गरेका कारण नेपाल आकर्षक र भरपर्दो गन्तव्यका रुपमा विकास भएको भन्दै उनले बिना हिच्किचाहट लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे । सरकारले आगामी ५ वर्षमा विद्युत् उत्पादन हालको तुलनामा पाँच गुणा वृद्धि गर्ने लक्ष्य राखेको जानकारी दिँदै उनले स्वदेशको मात्रै लगानीले राष्ट्रिय लक्ष्य पूरा नहुने भएकाले विदेशी लगानीकर्तालाई खुला हृदयका साथ लगानीका लागि आमन्त्रण गरेका छन् । सरकारले विद्युत्को बजार विस्तारका लागि छिमेकी देशसँग सहकार्य थालेको र केही दीर्घकालीन सहमतिसमेत भएको उल्लेख गर्दै उत्पादन भएको विद्युत् खेर जान्छ कि भन्ने चिन्ता नगर्नसमेत आग्रह गरे । । उनले भारत, बङ्गलादेशजस्ता देशमा सहज रुपमा नेपालको विद्युत् लैजाने वातावरण बनेको र त्यसका लागि थप काम भइरहेको जानकारी दिएका छन् । सन् २०४० सम्म नेपालबाट करिब नौ हजार मेगावाट विद्युत् लैजाने रणनीतिक लक्ष्य राखेको बङ्गलादेशका ऊर्जा, खनिज राज्यमन्त्री नसरुल हमिदले दुई देशबीच विद्युत विकासमा सहकार्य गर्ने समझदारी गत वर्ष नै भएकाले सोहीअनुसार काम भइरहेकामा प्रसन्नता व्यक्त गरेका छन् । उनले भने, “नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारीअनुसार नै द्विपक्षीय छलफल भइरहेको छ । दुवै देशका प्राविधिक टोलीको दुईपटक बैठकसमेत भइसकेको छ । हामी थप अगाडि बढ्न चाहन्छौँ ।” उनले नेपालबाट बङ्गलादेशमा विद्युत् लैजाने मार्गप्रशस्त हुँदै गएकामा प्रशन्नता व्यक्त गरे । दुई देशबीचको ऊर्जा व्यापारमा भारतको सहयोग रहने उनको भनाइ थियो । सम्मेलनमा सहभागी हुन आएका भूटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्माले नेपाल र भूटान जलविद्युत् उत्पादनका हिसाबले दक्षिण एशियाका लागि ‘पावर हाउस’ भएको चर्चा गर्दै मिलेर काम गर्न आफूहरु तयार रहेको बताए । भूटान र नेपालको विद्युत् पहिलो बजार भारत भएकाले विद्युत् निर्यात गरेर त्यसबाट फाइदा लिन सकिने उनको भनाइ थियो । आर्थिक विकासको मेरुदण्ड पनि जलविद्युत् नै भएकाले त्यसमा दुई देशबीच सहकार्य गर्नु जरुरी रहेको मन्त्री शर्माको भनाइ थियो । नेपालले विद्युत् विकासमा राखेको लक्ष्य पूरा गर्न विदेशी लगानी अपरिहार्य रहेको नेदरल्याण्ड विकास नियोग (एफएमओ) का प्रमुख लगानी अधिकृत लिन्डा ब्रोइखजेनको भनाइ थियो । आफ्नो संस्थाले भूटान तथा बङ्गलादेशमा पनि लगानी गरिरहेको जानकारी दिँदै उनले नेपालको जलविद्युत् विकासमा पनि थप लगानी गर्ने इच्छा प्रकट गरेका छन् । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले विद्युत्को बजार खोज्न यस सम्मेलन सार्थक बन्ने उल्लेख गरे। नेपालमा उत्पादन भएको विद्युत् देशमा खपत गर्ने र बाँकी रहेको विद्युत् क्षेत्रीय बजारसम्म पुर्याउन आफूहरु पनि सरकारसँगै लागिपरेको उनको धारणा थियो । इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत् विकास तथा बजार विस्तार गर्न द्विपक्षीय तथा त्रिपक्षीय समझदारी आवश्यक रहेको बताए । “हामी निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्दै विद्युत्को बजार खोज्ने प्रयास गरिरहेका छौँ, सरकारले हामीलाई पनि मार्गदर्शन गर्छ भन्ने विश्वास छ”, उपाध्यक्ष पाण्डेलले भने। सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा नेपाललगायत विभिन्न देशका सात प्रतिनिधिको सहभागिता रहेको उपाध्यक्ष पाण्डेले जानकारी दिएका छन्।
गरिबी तथा बेरोजगारीको आवाज उठाउने वाचाका साथ ट्याक्सीमा प्रस्थान निवर्तमान मन्त्री विष्ट
काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरिबी तथा बेरोजगारी युवाको अभावका बारेमा सधै आवाज उठाउने प्रतिवद्धता साथ भाडाको ट्याक्सीमा घर फर्किएका छन् । विहीबार मन्त्रालयका भएको नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई शुभकामना तथा विदाई कार्याक्रमबाट घर भाडाकाे ट्याक्सीमा फर्किएका हुन् । कार्याक्रमलाई सम्बोधन गर्दै विष्ट भने ‘पद अस्थायी रुप हो, हामीले राष्ट्र सेवकको भूमिका र कर्तव्यनिष्ट भएर काम गर्नु पर्छ ।’ सत्तामा मात्र नभई देशको सवृद्धिका लागि आगामी दिनमा आत्मविश्वका साथ लाग्ने बताए । ‘मन्त्री बन्नकै लागि मैले राजनितिक गरेको होइन, २० महिना अगाडी प्रधानमन्त्रीले दास्रो पटक मन्त्रीको जिम्मेवारी दिनुभयो, सो अवधि भित्रका हरेक क्रियाकलापलाई मनन गर्दै उहाँप्रति कृतज्ञता व्यक्त गर्छु ।’ श्रममन्त्री रामेश्वर रायलाई बधाई तथा कार्यकाल शुभकामना दिँदै निर्माण भएका निति तथा नियमलाई कडाइका साथ लागु गर्दै वैदेशिक रोजगारका लागि फाटेको जुत्ता र कपडा लगाएर म्यानपावर धाउँनु पर्ने बाध्यतासँगै व्यवसायीबाट ठगिने लाखौं गरिब युवाको समस्यालाई बुझेर आफुले बनाएको निति सफल रुपमा कार्य गर्ने आशा व्यक्त गरे । वैदेशिक रोजगारका क्षेत्रमा भएको नयाँ निति तथा केहि सुधारका काम भएसँगै वेरोजगार युवालाई लक्षित गरि निर्माण गरिएको प्रधानमन्त्री रोजगार कार्याक्रम सफल आगामी दिन नवनियुक्त श्रममन्त्री राय यादवले सफल बनाउने आशा व्यक्त गरेका हुन् । निवर्तमान मन्त्री विष्ट वि.सं २०६८ सालमा उर्जा भएका थिए । त्यो समयमा पनि उर्जा क्षेत्रमा भएको नराम्रा गतिविधिलाई हटाउने प्रायस गरेका थिए ।