विकासन्युज

एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४ सै घण्टा सञ्चालनमा

काठमाडाैं । एनआइसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको ल्याएको छ । यस सुविधाअनुसार बैंकले ग्राहकको गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ । सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् । आफ्ना ग्राहकलाई कुनै पनि सहायता दिनका लागि बैंकले वर्षभरी नै सपोर्ट सेवा दिन लागेको बैंकले जनाएको छ ।

अक्सिजन खरिदका लागि महाकाली अस्पताललाई साढे चार लाख सहयोग

भीमदत्तनगर ।  कञ्चनपुरको भीमदत्त नगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई हस्तान्तरण गरेका  हुन् । सो अवसरमा नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसित आर्थिक अभाव रहेको खबरले सो सहयोग रकम उपलब्ध गराइएको जानकारी दिए । अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा हरिकृष्ण श्रेष्ठले अस्पताललाई गरेको सहयोगप्रति नगरपालिकालाई आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका छन् । यसअघि भीमदत्त नगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई समेत ब्लड बैंकका लागि आर्थिक सहयोग गरेको थियो । रासस

पाम तेलमा भारतले प्रतिबन्ध लगायो, नेपालको निर्यातमा वार्षिक २८ अर्बकाे धक्का

काठमाडौं । भारतले मलेसिया, नेपाल सहित विभिन्न देशबाट हुने पाम तेल आयातमा प्रतिबन्ध लगाएको छ । यसले नेपालको निर्यात व्यापारमा फेरी ठूलो धक्का लाग्ने भएको छ । भारतले नेपालबाट निर्यात हुने पाम तेलमा प्रतिबन्ध लगाएको जानकारी आज पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जानकारी दिए । ‘पाम तेल निर्यातमा भारतले रोक लगाएको जानकारी हामीले पाएका छौं । त्यसको असर कति पर्छ र नेपालले अब के गर्ने भन्ने विषयमा अध्ययन तथा विश्लेषण हुन बाँकी नै छ’ विकासन्युजसँग उनले भने । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले भारतमा निर्यात गर्न नपाउँदा पाम तेल प्रशोधन गर्ने उद्योग संकटमा पर्ने बताए । कुटनीतिक पहलबाट छिट्टै नै भारतमा पाम तेल निकासी खुला हुने उनको विश्वास छ । नेपालले कात्तिकसम्ममा कुल निर्यात ३६ अर्ब २७ करोड रुपैयाँ बराबरकाे निर्यात गरेकाेमा पाम तेल मात्रै ८ अर्ब ३६ करोड रुपैयाँको निर्यात भएको छ । यहि अनुपातमा वर्षभरी निर्यात हुने हुँदा करिब २८ अर्ब रूपैयाँ बराबरकाे निर्यात हुने थियाे । मलेसियासँगकाे विवादकाे असर कास्मिर विवादको विषयमा मलेसिया सरकारले भारत सरकारको आलोचना गरेपछि भारतले मलेसियासँग प्रतिशोध लिँदै मलेसियाबाट आयात हुने पाम तेलको आयातमा रोक लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । मलेसियाका प्रधानमन्त्री महाथिर महमदले भारत सरकारले कस्मिर क्षेत्रमा मुस्लिममाथि दमन गरेको बताउँदै त्यसको विरोधमा संयुक्त राष्ट्र संघका महासचिवलाई समेत पत्र लेखेको थिए । नेपालले मुलतः मलेशियाबाट कच्चा पाम तेल आयात गरि प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएको छ । भारत सरकारले अरु देशमा उत्पादित पाम तेलको तुलनामा नेपालमा उत्पादित पाम तेलमा कम भन्सार दर लगाएकोले नेपालीहरुले फाइदा लिन पाएका थिए । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार पाम तेल भारतमा अन्य मुलुकहरूले निर्यात गरे करिब ४० प्रतिशत भन्सार महसुल लाग्छ । नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । त्यसैले व्यवसायीहरूले नेपाल ट्रान्जिट बनाई  तेल प्रशोधन गरेर यो तेल निर्यात गरिरहेका हुन् । हालै भारतले नेपालकाे परराष्ट्र मन्त्रालयमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नेपालले पाम तेल प्रशाेधन गर्दा कति प्रतिशत भ्यालु एड गर्छ भनि प्रश्न गरेकाे थियाे । जवाफमा नेपालले करिव ३० प्रतिशत भ्यालु एड हुने गरेकाे बताएकाे थियाे ।

सामना बैकिङ पत्रकारिता पुरस्कार यज्ञ बञ्जाडेलाई

काठमाडौं । यो वर्ष ‘सामना बैंकिङ पत्रकारिता पुरस्कार’ यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ । आर्थिक पत्रकारितामार्फत वित्तीय क्षेत्रको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याए बापत सामना बैकिङ गुठीले बञ्जालेलाई उक्त ‘तेस्रो सामना बैकिङ पत्रकारिता’ पुरस्कार प्रदान गरेको हो । हाल कान्तिपुर दैनिकमा कार्यरत बञ्जाडेले यसअघि नया“ पत्रिका दैनिक र आर्थिक अभियान दैनिकमा काम गरिसकेका छन् । पुरस्कार गुठीले बञ्जाडेलाई २०७४ र २०७५ सालको उत्कृष्ट बैकिङ पत्रकारिता पुरस्कार प्रदान गरेको हो । गुठीको ११औं साधारणसभाको अवसरमा बुधबार उक्त पुरस्कार वितरण गरिएको हो । लामो समय आर्थिक पत्रकारिता गरी वित्तीय क्षेत्रको विकास तथा विस्तारमा योगदान पु¥याएको भन्दै बञ्जाडेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष एवं अर्थविद रेवतवहादुर कार्कीद्वारा अक्षयकोष राखी २०६२ सालमा सामना बैंकिङ पुरस्कार गुठी स्थापना भएको हो । नेपालको वैकिंग वित्तीय क्षेत्रमा उच्च कोटीका ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गरी यस क्षेत्रको विकासमा योगदान गर्ने मुख्य उद्देश्यले कोषको स्थापना गरिएको बताइएको छ । गुठीले उत्कृष्ट बैंकिङ पत्रकारिता, त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातकोत्तर तहमा अर्थशास्त्रमा विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, इकोनोमिक्स डेभलमेण्ट एण्ड प्लानिङ विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, उत्कृष्ट बैंकिङ वर्ष पुस्तक गरी चार विधालाई पुरस्कृत गर्दै आएको छ । गुठीले २०७१, २०७२ र २०७३ मा अर्थशास्त्र विषयमा स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने क्रमशः सुदिप घिमिरे, तिलक सिंह महरा र मानव प्रकाश पौडेललाई एकै पटक यो वर्ष पुरस्कार प्रदान गरेको छ । यो वर्ष कुनै पनि पुस्तक छनोटमा नपरेको भन्दै गुठीले उत्कृष्ट बैंकिङ वर्ष पुस्तक वितरण नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

सन नेपाल लाइफद्वारा गुलरिया र भूरीगाउमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरीगाउमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुस २२ गते उक्त दुई स्थानमा सो कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरु सम्मानित भएका छन् । साथै, महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए । साथै, सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कम्पनीले आग्रह गरेको छ ।

उखु किसानका समस्या प्रदेश सरकारले समाधान गर्ने, विकासका लागि मार्गचित्र बनाउँदै

काठमाडौं । प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा गोविन्द शर्माले प्रदेश २ मा ६० प्रतिशत बढी उखु किसान रहेकाले उनीहरुको समस्या प्रदेश २ सरकारले समाधान गर्ने बताएका छन् । उनले प्रदेश २ मा देखिएको कृषि तथा उखु क्षेत्रको समस्या समाधान गरी त्यसको विकासका लागि प्रदेश २ सरकारले मार्गचित्र बनाउन लागेको जानकारी दिएका हुन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा आयोजना गरेको प्रदेशस्तरीय एकदिने कृषि प्राविधिक कार्यशालामा सचिव शर्माले प्रदेश २ को आठ जिल्लामा कृषि क्षेत्रको विकास, डेरी उद्योगको स्थापना तथा उखु किसानको समस्या समाधान गर्न प्रदेश सरकारले रोडम्याप तयारी गर्न लागेको बताए । आठ जिल्लाका सम्बन्धित कार्यालयका प्रमुखले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि कार्ययोजना, स्वीकृति भएका कार्यक्रम प्रस्तुत गरेका थिए । अनुगमन तथा मूल्याङ्कन महाशाखा नार्कका प्रमुख सुधा सापकोटा, जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंह, मुख्य वैज्ञानिक डा सुरेन्द्रलाल श्रेष्ठ, परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साहलगायतका वक्ताले प्रदेशको विकासको आधार कृषि भएकाले यसको विकासप्रति प्रदेश सरकार गम्भीर हुनुपर्ने माग गरेका थिए । रासस

सुदुरपश्चिम जान काउन्टरसम्म धाउनै नपर्ने, अब अनलाइनबाटै टिकट काट्न सकिने

काठमाडौं । सुदुरपश्चिमका जिल्लामा सेवा दिँदै आएको महाकाली यातायातको टिकट अबदेखि अनलाइनबाटै काट्न सकिने भएको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रा.लि.बाट सञ्चालित महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ शुरू गरिएको कम्पनीका अध्यक्ष डम्बर राज पन्तले बताएका छन् । कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ शुरू गरेको हो । योसँगै अबदेखि महाकाली यातायातबाट काठमाडौ महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिनेछ । यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाईल एप्लीकेशन मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ । यस्तै विदेशबाट www.12go.asia बाट समेत टिकट काट्न सकिनेछ । महाकाली यातायातले आफ्ना करिब ६ सय सवारी साधन मार्फत नेपालका विभिन्न गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई, बैकिङ क्षेत्रमा धेरै बिकेको सिप्रदीको भनाई

काठमाडौं । टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले जनाएको छ । टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । २०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । हालैमात्र नेपाल एसबिआई बैङ्केलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको र अन्य बैङ्क तथा वित्तीय संस्थाहरु र व्यवसायिक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध छ । सिप्रदीले गत वर्षदेखि यो गाडी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।