संसारका ३० ठूला कम्पनीका सीईओ सबै भारतीय
काठमाडौं । अर्बौं डलर बजार पुँजीकरण (मार्केट क्याप) भएका संसारका ठूला ३० कम्पनीमा एउटा समान विशेषता छ । त्यो विशेषता के होला ? ती सबै कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्नेमा सम्भवतः सबै भारतीय नागरिक छन् । माइक्रोसफ्टदेखि मर्निङस्टार जस्ता ती सबै ठूला कम्पनीको व्यवस्थापकीय जिम्मेवारी भारतीयले हाँकिरहेका छन् । भारतीयले संसारका ठूला कम्पनीमा व्यवस्थापकीय अधिपत्य जमाइरहेका छन् । त्यस्ता कम्पनीमा सूचना प्रविधिदेखि औषधी, घरजग्गा, विद्युतीय सामग्री हुँदै ऊर्जा र फास्टफुडसम्म छन् । पछिल्लो तथ्यांक अनुसार मार्केट क्यापमा पहिलो स्थानमा रहेको माइक्रोसफ्टको सीईओमा भारतका सत्य नाडेला छन् । माइक्रोसफ्टको मार्केट क्याप १९ खर्ब २० अर्ब अमेरिकी डलर बराबर छ । दोस्रो स्थानमा रहेको अल्फाबेट (गुगल) को मार्केट क्याप १२ खर्ब ९ अर्ब डलर छ । यसका सीईओ भारतकै सुन्दर पिचाइ हुन् । तेस्रो स्थानमा रहेको नोभार्टिसको सीईओ बसन्त नरसिंहा छन् । नोभार्टिसको मार्केट क्याप १ खर्ब ८२ अर्ब डलर बराबर छ । चाैथाे स्थानमा एडाेभ कम्पनी रहेकाे छ । एडाेभकाे माकेर्ट क्याप १ खर्ब ६३ अर्ब रहेकाे छ । यस कम्पनीका सीसीईओ सान्तनु नारायण छन्र । यस्तै पाँचाैं स्थानमा रहेको आइबीएमको सीईओमा भारतका अरविन्द कृष्णा छन् । आइबीएमको मार्केट क्याप १ खर्ब २२ अर्ब डलर बराबर छ । छैठौं स्थानमा रहेको स्टारबक्स (कफी हाउस) कम्पनीको मार्केट क्याप १ खर्ब १८ अर्ब डलर रहेको छ । कम्पनीको सीईओमा पनि भारतका लक्ष्मण नरसिंहा छन् । यसैगरी सातौं स्थानमा भर्टेक्स फार्मास्यूटिकल्स रहेको छ । यो कम्पनीका सीईओ रेशमा केवलरमानी हुन् । भर्टेक्स फार्मास्यूटिकल्सको मार्केट क्याप ७५ अर्ब डलर रहेको छ । आठौं स्थानमा रहेको माइक्रोन टेक्नोलोजी डायनामिक र्यान्डम९एक्सेस मेमोरी फ्ल्यास ड्राइभहरू र यूएबी फ्ल्यास ड्राइभसहित कम्प्युटर मेमोरी र कम्प्युटर डाटा भण्डारणको अमेरिकी निर्माता कम्पनी हो। यस कम्पनीको मार्केट क्याप ६४ अर्ब डलर रहेको छ भने यस कम्पनीको सीईओका रूपमा सञ्जय मल्होत्राले काम गरिरहेका छन् । यस्तै नवौं स्थानमा रहेको क्याडेन्स डिजाइन सिस्टम्सको मार्केट क्याप ५३ अर्ब डलर रहेको छ । यो कम्पनीका सीईओ अनिरुध देवगन हुन् । यो एक अमेरिकी बहुराष्ट्रिय प्रविधि र कम्प्युटेसनल सफ्टवेयर कम्पनी हो ।यो कम्पनीको मुख्यालय सान होस क्यालिफोर्नियामा छ । १०औं नम्बरमा पालो अल्टो नेटवर्क्स इन्कर्पोरेटेड रहेको छ । सान्ता क्लारा क्यालिफोर्नियामा मुख्यालय रहेको यो अमेरिकी बहुराष्ट्रिय साइबरसुरक्षा कम्पनी हो। यस कम्पनीको मार्केट क्याप ५१ अर्ब डलर रहेको छ । यस कम्पनीका सीईओ भारतका निकेश अरोरा रहेका छन् । ११औं नम्बरमा बीएमवेयर रहेको छ । यस कम्पनीको मार्केट क्याप ४९ अर्ब डलर रहेको छ । यो कम्पनीका सीईओका रूपमा रंगाराजन रघुराम रहेका छन् । बीएमवेयर एक अमेरिकी क्लाउड कम्प्यूटिङ र भर्चुअलाइजेशन टेक्नोलोजी कम्पनी हो । अमेरिकी बहुराष्ट्रिय निगम इमर्सन इलेक्ट्रिक कम्पनी १२औं स्थानमा रहेको छ । यसका सीईओ सुरेन्द्रलाल करसनभा हुन् । इमर्सन इलेक्ट्रिक कम्पनीको मार्केट क्याप ४८ अर्ब डलर रहेको छ । १३औं स्थानमा रहेको माइक्रोचिप टेक्नोलोजीको मार्केट क्याप ४५ अर्ब डलर रहेको छ । यो कम्पनीको सीईओको रूपमा मूर्थी रहेका छन् । यसैगरी १४ नम्बरमा एरिस्टा नेटवर्क रहेको छ । यो अमेरिकी कम्प्युटर नेटवर्किङ कम्पनी हो । यो कम्पनीले ठूला डाटासेन्टर, क्लाउड कम्प्युटिङ, उच्च पक्षमतायुक्त कम्प्युटिङ र उच्च फ्रिक्वेन्सी ट्रेडिङ वातावरणका लागि सफ्टवेयर९परिभाषित नेटवर्किङ प्रदान गर्न मल्टिलेयर नेटवर्क स्विचहरू डिजाइन र बिक्री गर्छ । यो कम्पनीको मार्केट क्याप ४२ अर्ब डलर रहेको छ भने यो कम्पनीका सीईओका रूपमा भारतका जयश्री उल्लाल छन् । १५औं नम्बरमा रियल्टी इनकम कर्पोरेशन रहेको छ । यो एक घर जग्गा लगानी ट्रस्ट हो जसले अमेरिका, स्पेन र बेलायतमा एनएनएन लीजहरूको अधीनमा रहेका फ्री-स्ट्यान्डिङ, एकल-भाडामा बस्ने व्यावसायिक सम्पत्तिहरूमा लगानी गर्छ । यसको मार्केट क्याप ४१ अर्ब डलर रहेको छ । यसका सीइओ पनि भारतीय सुमित रोय रहेका छन् । यस्तै १६औं नम्बरमा रहेको कम्पनी वेलटावर हो । यो कम्पनीका सीईओ शंख मित्राल हुन् । वेलटावरको मार्केट क्याप ३६ अर्ब डलर रहेको छ । यो पनि एक रियल इस्टेट लगानी ट्रस्ट कम्पनी हो । यसैगरी १७औें नम्बरमा इलुमिना रहेको छ । यो सान डिएगो क्यालिफोर्नियामा मुख्यालय रहेको अमेरिकी बायोटेक्नोलोजी कम्पनी हो र यसले १ सय ५५ भन्दा बढी देशमा आफ्नो सेवा प्रदान गरेको छ । यो कम्पनीको मार्केट क्याप ३३ अर्ब डलर बराबर छ । इलुमिनाको सीईओका रूपमा भारतका फ्रान्सिस डी सुजा रहेका छन् । १८ नम्बरमा रहेको ल्योनडेलबेसेल इन्डस्ट्रिज एक अमेरिकी बहुराष्ट्रिय रासायनिक कम्पनी हो । नेदरल्यान्डमा मुख्यालय रहेको यो कम्पनीको मार्केट क्याप ३१ अर्ब डलर बराबर छ । यो कम्पनीको सीईओ भारतका भावेस भी पटेल हुन् । १९औं कम्पनी एनफेज इनर्जीको मार्केट क्याप २७ अर्ब डलर रहेको छ । यो कम्पनीको सीईओमा बद्रीनारायण कोठन्दरमण रहेका छन् । यो कम्पनीले सौर्य माइक्रो-इन्भर्टर, ब्याट्री ऊर्जा भण्डारण र ईभी चार्जिङ स्टेशनहरू निर्माण गर्छ । २० नम्बरमा रहेको एनएसवाईएस एक अमेरिकी बहुराष्ट्रिय कम्पनी हो । यसले आफ्नो उत्पादन डिजाइन र परीक्षणका लागि सीएई-मल्टिफिजिक्स इन्जिनियर सिमुलेसन सफ्टवेयर विकास र बजारीकरण गर्ने काम गर्छ । यो कम्पनीको मार्केट क्याप २३ अर्ब डलर बराबर छ । यो कम्पनीको सीईओका रूपमा भारतकै अजेय गोपाल छन् । २१औं नम्बरमा हबस्पट कम्पनी रहेको छ । यो कम्पनीको मार्केट क्याप १९ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओ यामिनी रञ्जन हुन् । यो एक अमेरिकी विकासकर्ता र इनबाउन्ड मार्केटिङ, बिक्री र ग्राहक सेवाका लागि सफ्टवेयर उत्पादनहरूको मार्केटर हो । हबस्पट ब्रायन ह्यालिगन र धर्मेश शाहले सन् २००६ मा स्थापना गरेका थिए । सार्वजनिक रूपमा व्यापार गर्ने विश्लेषणात्मक प्रयोगशाला उपकरण र सफ्टवेयर कम्पनी वाटर्स कर्पोरेसन २२औं नम्बरमा छ । यो कम्पनीको मार्केट क्याप १९ अर्ब डलर बराबर छ भने यो कम्पनीका सीईओ भारतका उदित बत्रा हुन् । २३ नम्बरमा जस्केलर कम्पनी रहेको छ । यो कम्पनीको मार्केट क्याप १९ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओ जय चौधरी हुन् । यो एक क्लाउड सुरक्षा कम्पनी हो । यो कम्पनीले इन्टरप्राइज क्लाउड सुरक्षा सेवा प्रदान गर्छ । २४औं नम्बरमा पर्किनएल्मर कम्पनी छ । यो अमेरिकी वैश्विक निगम हो । यो कम्पनीको मार्केट क्याप १६ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओ प्रह्लाद सिंह हुन् । १४ अर्ब डलर मार्केट क्यापसहित नेटएप कम्पनी २५औं नम्बरमा छ । यस कम्पनीको सीईओ भारतीय जर्ज कुरियन हुन् । यो एक इन्टेलिजेन्ट डेटा पूर्वाधार कम्पनी हो जसले उद्यम ग्राहकहरूलाई एकीकृत डेटा भण्डारण, एकीकृत डेटा सेवा र क्लाउड सञ्चालन समाधान प्रदान गर्छ । २६औं नम्बरमा नर्डसन कर्पोरेसन रहेको छ । यो एक अमेरिकी बहुराष्ट्रिय निगम हो जसले उद्योग तथा उपभोक्तालाई टाँसिने, सिलेन्ट र कोटिङका लागि वितरण उपकरणहरू डिजाइन र निर्माण गर्छ । यो कम्पनीको मार्केट क्याप १४ अर्ब डलर रहेको छ भने यस कम्पनीका सीईओ सुन्दरम नागाराजन हुन् । अमेरिकी इन्टरनेट र टेक्नोलोजी कम्पनी म्याच ग्रुप २७औं नम्बरमा रहेको छ । यो कम्पनीको मार्केट क्याप १२ अर्ब डलर बराबर छ । यो कम्पनीका सीईओका रूपमा शर्मिष्ठा दुबे छिन् । २८औं नम्बरमा रहेको गोड्याड्डी एक अमेरिकी इन्टरनेट डोमेन रजिस्ट्री, डोमेन रजिस्ट्रार र वेब होस्टिङ कम्पनी हो । यो कम्पनीको मार्केट क्याप ११ अर्ब डलरबराबर छ । यस कम्पनीका सीईओका रूपमा अमनपाल भुटानी काम गर्छन् । यसैगरी २९औं नम्बरमा अल्बर्ट्सन्स कम्पनी रहेको छ । यो एक अमेरिकी किराना कम्पनी हो । यो अमेरिकाको दोस्रो ठूलो सुपरमार्केट चेन हो । यस कम्पनीको मार्केट क्याप ११ अर्ब डलर बराबर रहेको छ । यो कम्पनीका सीईओ भारतका विवेक शंकरन हुन् । ३० नम्बरमा रहेको कम्पनी हो मर्निङस्टार । यो कम्पनीको मार्केट क्याप १० अर्ब डलर रहेको छ भने यस कम्पनीका सीईओ कुनाल कपुर हुन् । यस कम्पनीले लगानी र लगानी व्यवस्थापन सेवा प्रदान गर्छ ।
४ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलंकाको योजना
कोलम्बो । श्रीलंकाली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताए । उनले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको बताए । श्रीलंकामा राजनीतिक र आर्थिक अस्थिरताका कारण सन् २०२२ र २०२३ को पहिलो अर्धवार्षिकमा विदेशी लगानी घटेको उनले बताए । रासस
एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न
काठमाडौं । एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले ‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक जीवन कुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी., किर्तिपुर महानगरपालिका प्रतिनिधिहररु, बैंकका कर्मचारी लगायत सर्वसाधारणहरु गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्रचार्यको उपस्तथिति थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५००,००० रूपैयाँको सहयोगका साथै किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो । बैंकले प्रदेश नं. १ मा इटहरी चोक देखी रामधुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखा देखी राम मन्दिर, चितवनमा भरतपुर शाखा देखी गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखा देखी तालबाराही मन्दिर सम्म, लुम्बिनी प्रदेशमा गोल पार्क देखी सिद्धबाबा मन्दिर सम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर सम्म, महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म र धनगढी शाखा देखी कृष्ण मन्दिर सम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंक, विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त, एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८६ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
नासाले मंगल ग्रहका नमुनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
लस एन्जलस । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमुनाहरू (सेम्पल) फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मंगल ग्रहबाट नमुना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो । सन् २०२१ मा मंगल ग्रहमा अवतरण गरेदेखि नै नासाको ‘पर्सेभेरेन्स रोभर’ (नासाको चलिरहेको मंगल सन् २०२२ मिशनको एक भाग को रूपमा मंगल ग्रह मा अवतरण गर्नका लागि नवीनतम रोबोटिक अन्वेषक)ले पछिको सङ्कलन र पृथ्वीमा फर्किनका लागि नमुना सङ्कलन गरिरहेको छ । हालको ‘मिसन डिजाइन’ले सन् २०४० सम्ममा सबै नमुनाहरू फिर्ता गर्ने नासाले जनाएको छ । नासाले कम लागतमा मुख्य नमूनाहरू पृथ्वीमा फर्काउने महत्वाकांक्षी लक्ष्य हासिल गर्न र प्रविधिको लाभ उठाउने योजनाको विकासमा काम गर्न आग्रह गरिरहेको छ । नासाले चाँडै नै उद्योगबाट वास्तुकला प्रस्तावहरू माग गर्ने बताएको छ, जसले सन् २०३० सम्ममा नमुनाहरू फिर्ता गर्न सक्नेछ । यसले लागत, जोखिम र मिसनको जटिलता कम गर्छ । नासाका प्रशासक बिल नेल्सनले सुरक्षित अवतरण र नमूनाहरू सङ्कलन र अर्को ग्रहबाट नमुनाहरू लिएर रकेट प्रक्षेपण गर्ने सानो काम नभएको बताउँदै आफूरुले अगाडिको बाटो खोज्न नयाँ विकल्प सोच्नुपर्छ भने । रासस
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
गलेश्वर । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सातजना भारतीय, तीनजना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ मा पाँच महिला र एक पुरुष गरेर छ जनाको लेक लागेर मृत्यु भएको थियो । उनीहरू सबै भारतीय नागरिक थिए भने उनीहरूको ४५ देखि ७३ वर्षसम्मको उमेर समूहका रहेका प्रहरीले जनाएको छ । उनीहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो । आव २०७९/८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चारजना नेपाली थिए । उनीहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । प्रहरी अभिलेखअनुसार उाीहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो । प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ । असोजमा तीन, फागुनमा दुई र चैतमा छ जनाको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन् । उनीहरु ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन् । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठजना भारतीय रहेका छन् । उहाँहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ । गत चैतमा मात्र छ जना तीर्थयात्रु/पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो । मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात् शरीरमा अक्सिजनको कमी हुनु हो । पछिल्ला तीन वर्षका तथ्याङ्कले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ । दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ । लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् । मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ–स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, कुराहरू बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन् । रासस
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको ८०औँ सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार पार्टीको १०औँ महाधिवेशनको तयारी लगायतका विषयमा सो बैठकमा छलफल भएको थियो । बैठक जारी रहेको छ ।
केडिया ग्रुपको महावीर एग्रो प्रडक्टले गर्यो २ अर्ब बढी अम्दानी, १.७८ अर्ब ऋण लिँदै
काठमाडौं । केडिया ग्रुपद्वारा प्रवर्द्धित महावीर एग्रो प्रडक्ट प्रा.लि. (एमएपीपीएल) ले २ अर्ब बढीको आम्दानी गरेको छ । उक्त प्रडक्टले आर्थिक वर्ष २०२३ मा २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो । सन् २०२१ मा स्थापना भएको एमएपीपीएल नेपाली कृषि प्रशोधन व्यवसायमा नयाँ प्रवेशकर्ता हो । नेपालको पर्सास्थित वीरगञ्जमा कारखाना रहेको यस कम्पनी धानको प्रशोधनमा संलग्न छ । मुख्यतः कम्पनीले भारतीय बजारको धानलाई नेपाली बजारमा राजहंस, नेपाली चुलो र गुड लक नामको ब्रान्डबाट बिक्री गर्दै आएका छ । त्यस्तै, कम्पनीको धानको भुसी प्रशोधन क्षमता वार्षिक ८४ हजार मेट्रिक टन रहेको छ । सन् २०२३ जुलाईसम्मको तथ्यांकअनुसार कम्पनीको चार जना सेयरधनीहरू रहेका छन् । मुक्तिकुमार अग्रवालसँग ४५ प्रतिशत, रतनलाल केडियासँग ३७ प्रतिशत, सञ्जयकुमार अग्रवालसँग ११ प्रतिशत र दिप्ती अग्रवालसँग ८ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले एक अर्ब ७८ करोड रुपैयाँ बराबरको ऋण लिँदै छ । जसको लागि कम्पनीले इक्रा नेपालमा क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई एक अर्ब ५ करोडको दीर्घकालीन ऋणलाई एलबीबी माइनसको रेटिङ दिएको छ भने ७३ करोडको अल्पकालीन ऋणलाई एफोर रेटिङ दिएको छ । पछिल्लो समय नेपालमा प्याकेजिङ र प्रशोधन गरिएको चामलको खपत बढ्दै गएको छ । यसले एमएपीपीएल जस्ता घरेलु मिलहरू लाभान्वित हुने देखिएको छ ।
बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ को महत्व : कक्षाकोठामा कसरी प्रवर्द्धन गर्ने ?
काठमाडौं । वर्तमान प्रविधिको युगमा बालबालिकाका लागि अत्यावश्यक छ । उनीहरूको गृहकार्य, जागिर आवेदन, बैङ्किङदेखि सबै काम अनलाइन मञ्चमा सञ्चालन हुने भएकोले ‘डिजिटल लिटेरेसी’ (विद्युतीय साक्षरता) विलासिता नभई आवश्यकता हो । सन् १९९० को दशकमा नसुनिएको स्मार्टफोन अहिले धेरैको हातमा देखिन्छ । हालका विद्यार्थीले गृहकार्य गर्दा कम्प्युटरको प्रयोग गर्न थालेका छन् । आजका विद्यार्थी प्रविधिसँग धेरै परिचित भएकोले गर्दा यसलाई ‘डिजिटल नेटिभ’ भन्न थालिएको छ । एक्काइऔं शताब्दीमा जन्मिएका युवा पुस्ताका लागि स्मार्टफोन, ट्याब्लेट र कम्प्युटर दैनिक जीवनको हिस्सा भएको छ । ‘एडोब एक्स प्रेस डिजाइन एप’ जस्तो निःशुल्क उपकरणले बालबालिकाका लागि प्रयोग गर्न पहिलेभन्दा सजिलो बनाएको छ । प्रविधिको प्रगतिले गर्दा र हाम्रो दैनिक जीवनको हरेक पक्षमा प्रविधिले विद्यार्थीमा विद्युतीय साक्षरता सीप विकास गर्न आवश्यक बनाएको छ । वास्तवमा विद्युतीय साक्षरता के हो र यो किन महत्त्वपूर्ण रहेका छ र यसलाई कक्षा कोठामा कसरी उपयोग गर्न सकिन्छ ? यस लेखमा डिजिटल साक्षरता शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो भन्ने बारे जानकारी गराइएको छ । प्रविधि साक्षरता विद्यार्थीमा उत्प्रेरित गर्न महत्त्वपूर्ण सीप हो ? विद्यार्थीलाई भविष्यका लागि तयार गर्न जसरी हामी प्राविधिक–केन्द्रित संसारमा परिवर्तन हुँदै गइरहेको छौँ यहाँ भविष्यको रोजगार बजारलाई प्रविधिका सीपमा राम्रोसँग जान्ने कार्यदल चाहिन्छ । हामीले डिजिटल साक्षरता र प्राविधिक प्रवीणतामा अतिरिक्त रकम (प्रिमियम लिने) गरिरहेको छौँ । भविष्यमा तीव्र अपेक्षा गरिएको हुनाले गर्दा विद्यार्थीलाई भोलि अगाडि बढाउनका लागि आवश्यक ज्ञानको साथ सुसज्जित गर्नु महत्त्वपूर्ण रहेको छ । सूचनामा पहुँच डिजिटल साक्षरताले विद्यार्थीलाई प्रभावकारी रूपमा पहुँच, ज्ञान र दृष्टिकोणलाई फराकिलो बनाउन ,उपयोग गर्न सहयोग गर्दछ । विद्यार्थीले जानकारीका लागि आलोचनात्मक मूल्याङ्कन गर्न र विश्वसनीय र अविश्वसनीय स्रोत बिचको भिन्नता गर्न सक्षम भएका छन् । गलत जानकारी दिने विश्वमा यो एक सीप भएकोले गर्दा राम्रो रहेका छ । सूचना साक्षरता सिकाउन डिजिटल साक्षरताले अनलाइन उपलब्ध जानकारीको दिन र विद्यार्थीले प्रभावकारी रूपमा पहुँच, ज्ञान र दृष्टिकोणलाई फराकिलो बनाउन सहयोग गर्छ । गहिरो नक्कलीदेखि व्यङ्ग्यात्मक सामग्रीको बिचमा सबै कुरा सुरक्षित रहेको भन्न सकिन्न । यसले गर्दा विद्यार्थीलाई भरपर्दो जानकारी के हो र के होइन भनेर छुटाउन निकै चुनौतीपूर्ण बनाउन सक्छ । यसलाई ध्यानमा राखेर कक्षाकोठामा सूचना साक्षरता सिकाउनमा ध्यान केन्द्रित गर्नुपर्छ । विद्यार्थीलाई जानकारीको विश्वसनीयताको मूल्याङ्कन गर्न आवश्यक पर्ने सीप प्रदान गरेर गलत जानकारी बिचको भिन्नता छुटाउन अझ राम्रोसँग सुसज्जित गर्न सहयोग हुनेछ । डिजिटल जिम्मेवारीमा ध्यान दिन अहिले सबै व्यक्ति अनलाइनमा आफ्नो विचार व्यक्त गर्न स्वतन्त्र रहेका छन् । विद्यार्थीलाई प्रविधिको जिम्मेवारी र अनलाइन शिष्टाचारको बारेमा शिक्षा दिनुपर्छ । यसले गर्दा विद्यार्थीलाई अनलाइन व्यवहारको महत्त्व सिकाउनु महत्त्वपूर्ण रहेको छ । विद्यार्थीले कसरी सम्मानजनकरूपमा अनलाइन व्यवहार गर्ने कुरामा ध्यान दिनुपर्छ । सञ्चारमा कौशल सुधार विद्यार्थीले विभिन्न डिजिटल परिदृश्यमा प्रभावकारी रूपमा आफ्ना विचार लेख्न आवश्यक रहेको छ । ब्लग पोष्ट, सामाजिक सञ्जालमा पोष्ट र इमेलबाट, डिजिटल साक्षरताले विद्यार्थीलाई अनलाइन क्षेत्रमा फस्टाउनका लागि आवश्यक पर्ने डिजिटल सञ्चार सीप गर्न सक्षम बनाउँछ । ग्लोबल कनेक्टिभिटी डिजिटल युगको सबैभन्दा ठुलो फाइदा भनेको यसले कसरी मानिसलाई सीमापार जडान गर्न सक्षम बनाएको छ । यसको माध्यमबाट विश्वव्यापी स्तरमा सहकार्य र सिक्ने अवसर असीमित भएका छन् । डिजिटल साक्षरताले यस अन्तरसम्बन्धसित वातावरणमा प्रभावकारी सहभागितालाई सहज बनाएको छ । यसको एउटा उत्कृष्ट उदाहरण डिजिटल कलाले विश्वभरका मानिसलाई प्रभावमा लिन सक्ने देख्नु हो । होली पर्वको पोस्टर वा रक्षा बन्धन कार्ड जस्ता सांस्कृतिक कला उत्पादन गर्न डिजाइन प्रविधि प्रयोग गरेर, विश्वव्यापी दर्शकलाई सबै अनौठो उत्सव देखाउँछ । यस सन्दर्भमा, डिजिटल क्षेत्रहरूले एकीकरण र सांस्कृतिक संवर्द्धनका लागि वातावरण प्रदान गर्न सक्छ । हामीले त्यो कसरी गर्ने ? यहाँ हामीले हाम्रा कक्षाकोठामा डिजिटल साक्षरता बढाउन अवसर प्रदान गर्न सक्ने केही सजिलो तरिका रहेका छन् । शिक्षणमा प्रविधि समावेश गर्न कक्षाकोठामा डिजिटल साक्षरता प्रवर्द्धन गर्ने सबैभन्दा सरल तरिका भनेको आफ्नै शिक्षणमा प्रविधि समावेश गर्नु हो । उदाहरणको रूपमा भिडियो–आधारित पाठहरू हाल्ने, प्राविधिक उपकरण वा सफ्टवेयर प्रयोग गर्ने थप कार्य विकास गर्ने, वा आधुनिक प्रविधिसँग परिचित विद्यार्थीलाई पाठ योजनामा एकीकृत गर्न सकिने डिजिटल क्षेत्र यात्रा समावेश भएको छ । डिजिटल लेखन डिजिटल लेखन र परम्परागत लेखनका लागि दुई अद्वितीय कौशल सेट हुने गरेको विद्यार्थीले बुझ्नुपर्ने कुरा हो । उदाहरणका लागि परम्परागत निबन्धको विपरीत, विद्यार्थीलाई डिजिटल लेखनमा लिङ्क र सन्दर्भ कसरी प्रयोग गर्ने भनेर सिकाइनुपर्छ । विद्यार्थीलाई सान्दर्भिक, आकस्मिक र मिडियाको प्रयोगको साथ डिजिटल सामग्रीलाई कसरी थप अनुकूलन गर्ने भनेर पनि सिकाइनुपर्छ । सूचना साक्षरता गलत जानकारीले गर्दा प्रयोगकर्ताका लागि इन्टरनेट ट्रेन्डिङको रूपमा रहेको हुन्छ । यसले गर्दा विद्यार्थीलाई भरपर्दो जानकारी के हो र के होइन भनेर छुटाउन निकै चुनौतीपूर्ण बनाउन सक्छ । यसलाई ध्यानमा राखेर, कक्षाकोठाले सूचना साक्षरता सिकाउनमा ध्यान केन्द्रित गर्नुपर्छ । विद्यार्थीलाई जानकारीको विश्वसनीयताको मूल्याङ्कन गर्न आवश्यक पर्ने सीप प्रदान गरेर तथ्य र गलत जानकारी बिचको भिन्नता छुटाउन अझ राम्रोसँग सुसज्जित गर्नुपर्छ । डिजिटल जिम्मेवारीमा ध्यान अहिले सबै व्यक्ति अनलाइनमा आफ्नो विचार व्यक्त गर्न स्वतन्त्र रहेका छन् । विद्यार्थीलाई प्रविधिको जिम्मेवारी र अनलाइन शिष्टाचारको बारेमा शिक्षा दिनु महत्त्वपूर्ण रहेको छ । यसले गर्दा विद्यार्थीहरूलाई अनलाइन व्यवहारको महत्त्व सिकाउनु महत्त्वपूर्ण रहेको छ । विद्यार्थीले कसरी सम्मानजनक रूपमा अनलाइन व्यवहार गर्ने कुरामा ध्यान दिनुपर्छ । अनलाइन सुरक्षा र गोपनीयताबारे छलफल गर्न हामी इन्टरनेट खतरनाक ठाउँ हुन सक्छ भन्ने तथ्यलाई कम गर्दैनौँ । यसैले विद्यार्थीसँग अनलाइन सुरक्षा र गोपनीयताको महत्त्वबारे छलफल गर्दा विद्यार्थीलाई डिजिटल ठाउँमा आफूलाई सुरक्षित राख्न सक्षम बनाउँछ । विद्यार्थीलाई साझा अनलाइन खतरा पहिचान गर्न र उनीहरूको व्यक्तिगत डेटा सुरक्षित राख्ने तरिका सिकाउनुपर्छ । डिजिटल साक्षरताले विद्यार्थीलाई हाम्रो डिजिटल युगमा फस्टाउनका लागि सशक्तीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । कक्षाकोठामा अत्यावश्यक सीपलाई प्रवर्द्धन र स्थापना गरेर शिक्षकले विद्यार्थीको एक पुस्तालाई पालनपोषण गर्न सक्षम हुने र विद्यार्थीलाई शैक्षिक र भविष्यको करियर दुवैमा फस्टाउन आवश्यक पर्ने सीपले सुसज्जित गरेका छन् । रासस