वात्सल्य नेचुरल आइभीएफले एकै महिनामा १२९ दम्पतिलाई दियो सन्तान सुख
काठमाडौं । नेपालको नम्बर १ आइभीएफ वात्सल्य नेचुरलले एक महिना १२९ दम्पतिलाई सन्तान सुख दिएको छ । वात्सल्य नेचुरलले आइभीएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिदै आएको छ । यसैक्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतिलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिएका छन् । वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आइभीएफको औसत सफलता ७०.८८ प्रतिशत रहेको उनले बताए । जबकी विश्वव्यापी रुपमा आइभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको बताइन्छ । पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ जना दम्पतिलाई सन्तान सुख दिएको यादवले बताए । यादवले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोहि सेवा दिइरहेको बताए । एआरटी टेक्नोलोजीलाई सामान्य भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तानप्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ । यस अन्तर्गत आइयुआई र आइभीएफ प्रविधि अपनाउन सकिन्छ । आइयुआई अन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकिटलाई वाश गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ । त्यस्तै आइभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ । यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन् अङ्गमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन् । वात्सल्य नेचुरलले अहिलेसम्म आइयुआई प्रविधिबाट २००० र आइभीएफ प्रविधिबाट ४००० दम्पतिलाई सन्तान सुख दिइसकेको यादवले बताए । त्यसैगरी वात्सल्य नेचुरलले काठमाडौंसहित नेपालगन्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुबेदीले जानकारी दिएका छन् । वात्सल्य नेचुरलले निसन्तान वा गर्भधारण सम्बन्धि कुनै पनि उपचार र सल्लाहसुझाव विशेषज्ञ चिकित्सकबाट उपलब्ध गराउदै आएको प्रबन्ध निर्देशक सुबेदीले बताए । वात्सल्य नेचुरलले दिइरहेको सेवा बारे सुबेदीले भने- ‘वात्सल्यमा हामी हेरेक सेवाग्राहीको अवस्थालाई राम्ररी अध्ययन गर्छौं र त्यस अनुरुपकै उपचार गर्छौं । उनीहरुलाई सहज महसुस गराउने, मित्रवत व्यवहार गर्ने र आइभीएफको चक्रको पूर्ण अवस्थामा हरेक सल्लाह उपलब्ध गराउने काममा हामी पूर्णरुपमा सजग रहन्छौं त्यसैले हाम्रो सफलता दर पनि उच्च छ ।’
‘लकइन पिरियड’ सकिएपछि किन घट्छ सेयर मूल्य ?
काठमाडौं । अबको एक महिनामा तीन वटा कम्पनीको सेयर लक इन अवधि समाप्त हुँदैछ । सीईडीबी हाइड्रोपावर कम्पनी, मकर जितुमाया सुरी हाईड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि समाप्त हुँदैछ । वैशाख ३० मा सीईडीबी हाइड्रोपावर कम्पनीको संस्थापक तथा कर्मचारीलाई छुट्याइएको सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो । त्यस्तै, मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि पनि समाप्त हुँदैछ । कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फण्ड आईको नाममा रहेको कम्पनीको २६ लाख ५ हजार ९ सय कित्ता सेयरको लक इन अवधि आगामी जेठ १६ गतेबाट समाप्त हुने भएको हो । कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डोल्मा इम्प्याक्ट फण्ड आईको राजीनामा २०८० जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत गरेको थियो । उक्त मितिदेखि डोल्मा इम्प्याक्ट फण्ड आईको स्वामित्वमा रहेको कम्पनीको प्रतिसेयर मूल्य १०० अंकित दरका २६ लाख ५ हजार ९ सय कित्ता सेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी एक वर्षका लागि रोक्का गरिएको थियो । उक्त रोक्का रहेको सेयरको लक इन अवधि आगामी जेठ १६ गते समाप्त हुन लागेको हो । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आगामी जेठ १८ गते समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक इन अवधि जेठ १८ गते सकिन लागेको कम्पनीले जनाएको हो । कम्पनीले आम सर्वसाधारण्का लागि निष्कासन गरेको आईपीओ गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । आगामी जेठ १८ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ । साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर रोक्का हुने प्रावधान रहेको छ । ३ कम्पनीको ८५ लाख ९६ हजार ७ सय ४४ कित्ता सेयर सर्वसाधारणको पनि खरिदबिक्रि गर्न पाउने छन् । वैशाखमा मात्रै चार वटा कम्पनीको लक इन अवधि समाप्त हुने भएको हो । बैशाखमा माथिल्लो मैलुङखोला, रुरु जलविद्युत्, चिरख्वा हाइड्रोपावर र सीईडीबी हाइड्रोपावरको लक इन समाप्त हुँदैछ । जसमध्ये वैशाख २ देखि माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त भइसकेको छ । त्यस्तै, वैशाख ३ देखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिएको हो । चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त भएको छ । माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त भएको दिन वैशाख २ गते ४६२ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो । वैशाख ३ गते घटेर ४५४ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, ४ गते ४५० रुपैयाँ, ६ गते ४४५ रुपैयाँ, ९ गते ४५३ रुपैयाँ र १० गते ४४२ रुपैयाँमा कारोबार भएको देखिन्छ। यसरी हेर्ने हो भने लक इन अवधि सकिएर बजार खुलेसँगै मुल्य घटेको देखिन्छ । सो समय अवधि अघि चैत २८ गते ४६० रुपैयाँमा खरिदबिक्रि भएको देखिन्छ । रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिएको दिन वैशाख ३ गते ६२३ रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन वैशाख २ गते ६२५ रुपैयाँमा कारोबार भएको थियो भने चैत २८ गते ६३५ रुपैयाँमा कारोबार भएको थियो । लक इन अवधि समाप्त भएपछि वैशाख ४ गते मूल्य घटेर ५६० रुपैयाँमा कारोबार भयो । त्यस्तै वैशाख ६ गते ५०४ रुपैयाँ, वैशाख ९ गते ५४६ रुपैयाँ र १० गते ५३० रुपैयाँमा कारोबार भएको छ । चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त भएर बजार खुलेको दिन वैशाख १६ गते ५१५ रुपैयाँमा कारोबार भएको छ । त्यसअघि १३ गते ५३० रुपैयाँ, १२ गते ५२३ रुपैयाँ र १० गते ५२२ रुपैयाँमा कारोबार भएको थियो । यसरी हेर्ने हो भने लकइन अवधि समाप्त भएर सेयर कारोबारमा आएपनि त्यसले मूल्य निर्धारणमा खासै ठूलो प्रभाव पारेको देखिँदैन । तत्काल लकइन अवधि समाप्त भएर बजारमा भएका कम्पनीहरुलाई नियाल्ने हो भने क्रमशः मूल्य घट्दै गएका छन् । लकइन अवधि समाप्त भएपछि बजारमा आएको सेयरमा लगानीकर्ताको कम चासोमा पर्ने भएकोले मूल्य पनि घट्ने गरेको लगानीकर्ता माधव खनाल बताउँछन् । उनी भन्छन्, ‘सय रुपैयाँमा पाइरहेको सेयर बढिमा किन्नु पर्यो भने त्यो सर्वसाधारणको लागि त महङ्गो पर्नेभयो नी, मानौं न यदि सय रुपैयाँमा पाइरहेको सेयर ३ सय रुपैयाँमा किन्नुपर्यो भने सर्वसाधारणको लागि त २ सय रुपैयाँ महङ्गो पर्यो नि त्यसैले पनि सर्वसाधारणको त्यसप्रतिको रुचि कम भएको हो ।’ उनका अनुसार लकइन अवधि समाप्त भएपछि बजार मूल्य घट्नु स्वाभाविक हो ।
गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड
इजराइल । मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षमा रेकर्ड गरिएको वर्षहरूमा बिहीबार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ । आइएमएसले बिहीबार दिउँसो ४० दशमलव सात डिग्री सेल्सियस मापन गरेको छ । यो सन् १९३९ मा मापन गरिएको ४० दशमलव चार डिग्री सेल्सियसभन्दा धेरै तातो थियो । यभने र नित्जन समुदायमा पनि यस्तै प्रकारको कीर्तिमान तोडिएको आइएमएसले बताएको छ । मौसमका बावजुद इजराइलीहरू पासओभर पर्वका लागि एक साताको बिदाको आनन्द लिँदै मुलुकका पार्कमा निक्लेका छन् । प्रकृति तथा पार्क प्राधिकरणले दिउँसोसम्म ५५ हजार मानिस पार्क तथा प्राकृतिक आरषामा प्रवेश गरिसकेको बताएको छ । प्राधिकरणले बाहिरबाट आउनेहरूलाई पर्याप्त मात्रामा पानी र सनस्क्रिन ल्याउन आग्रह गरेको छ । इजराइली तटका सबै समुद्री तटमा पनि मानिसहरूको खचाखच थियो । यसैबीच स्वास्थ्य मन्त्रालयले जनता विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ । रासस
इलाममा बजेको सांकेतिक घण्टीले रास्वपालाई सचेत गराएको छ : महामन्त्री ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले इलाम–२ को मत परिणामले पार्टीका प्रयासहरूमा कमी–कमजोरी रहेको बताएका छन् । रास्वपाका महामन्त्री डा. ढकालले मंगलबार विज्ञप्ति निकालेर यस्तो बताएका हुन् । ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं, निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको छ, सही समयमा घण्टी बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ,’ महामन्त्री डा. ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं, नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं ।’ इलाम-२ मा सुहाङले २७ हजार ७ सय ७२ मत ल्याई विजयी हुँदा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत पाएका थिए ।
आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?
देउखुरी । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री गएका थिए । गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो । छोराले गाडीको हेबी लाइसेन्स बनाउन भनेको थियो त्यो बुझाउनका लागि एक लाख ऋण गरेर ल्याएको पैसा र घरमा भएको २० हजार पैसा थियो त्यो पनि जल्यो । घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो । यस्तो होला भनेर हामीले सोचेका थिएनौँ अहिले खुल्ला आकाशमा बस्नु परेको छ खत्रीले भने । पाँचबोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भयो । घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही पनि झिक्न नपाएको उनले सुनाए । शरीरका कपडाबाहेक केही बचेको छैन । कुखुराको खोर, गाईगोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो । त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदैछौँ उनले भने । सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ । एक्कासि आगो घरमा आयो चारैतिरबाट घेरा हालेको आगोको रापले घरभित्र बस्न सकेनौँ बाहिर निस्कँदा घरभित्रको सामान सबै जल्यो सुत्ने खाट, दराज, टेबल सबै जलेर खरानी भयो भण्डारीले भनिन्, ‘छवटा बाख्रा र पाँच सय कुखुरा पनि जलेर खरानी भए ।’ आगालागीले सबै जलेपछि केही सामग्री आएको छ, तर पकाउनका लागि भाँडा छैन । उनको लगाउने चप्पल पनि जलेर खाली खुट्टा हिँड्नु भएको थियो । सोही गाउँकी मिनीकुमारी बोहराको पाँचजनाको परिवार पनि खुल्ला आकाशमुनि बसेको छ । घरको अन्नपात, गोठ बाख्राको खोर सबै जल्यो । मान्छे कसरी सुरक्षित हुने भन्ने मात्रै सोच आयो सबै घरबाहिर रुवावासी गर्न थाल्यौँ । घर नजिकमा पानी पनि छैन केही पर बग्ने राप्तीमा तल झर्ने बाटो छैन त्यहाँबाट पानी ल्याउन सम्भव भएन । गाउँले सबैको घर छिनभरमै खरानी भयो । घर छेउमा रहेका रूखबिरुवा पनि जलेका छन् । वडा नं ७ का अध्यक्ष पुस्कर वली घटनास्थलमै थिए। घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तिकै आफू त्यहाँ पुगेको उनले बताए । स्थानीयवासीको उद्धारका लागि उनी लागिपरेका छन् । प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्न लागेका छन् । गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको उनले बताए । नजिकै राप्ती नदी छ तर त्यहाँबाट पानी ल्याउन भाँडा नभएका कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीले बताए । आगलागीबाट २३ घर र एक सय १० जना प्रभावित भएका छन् । आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू परिचालन भए पनि पर्याप्त पानीको स्रोत नहुँदा र भौगोलिक कठिनाइका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उनले बताए । गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । रूखहरु जलेर धुवाँ उडिरहेको छ । पानी र बत्तीको समस्या गर्मी मौसम सुरु भएपछि जङ्गलमा आगो लाग्यो खानेपानीको पाइप सबै जल्यो । त्यसपछि हाडबासका स्थानीयलाई पानीको समस्या भयो । एक घण्टाको दूरीमा रहेको हाटबास खोलामा बालुवा खोस्रेर बनाइएको जरुवाबाट पानी ल्याएर जीविका चलाएको स्थानीय लक्ष्मी भण्डारीले बताइन् । एक घण्टाको उकाली ओराली गरेर ल्याएको पानीले जीविका चलेको छ भण्डारीले भनिन्, ‘आगलागी भएपछि गाउँमा बिजुलीबत्ती छैन । तीन दिन भयो, बत्ती नभएकाले मोबाइल फोन चार्ज गर्न पनि सकेका छैनौँ । सञ्चारविहीन भएका छौँ ।’ आगलागीपीडितलाई स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँवासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटनाप्रति नागरिक समाज दाङले दुःख व्यक्त गरेको छ । वैशाख १६ गते नजिकैको सामुदायिक वनबाट बस्तीमा पसेको आगोले हाडबास गाउँका २३ घरगोठ जल्दा दर्जनौँ चौपाया, पक्षी मर्नाका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर गाउँ नै खरानी भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित गाउँलेको उद्धारपछिको उचित राहत व्यवस्थापनामा ध्यान दिन सबैमा हार्दिक अपिल गरेको छ । नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । पीडादायी घटनाप्रति मानवीय समवेदना आत्मसात् गरेर उदार मनले सहयोग कार्यमा जुट्न स्थानीय सरकार, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, व्यापार सङ्घ, रेडक्रस, उद्योगी, व्यवसायी एवम् सबै मनकारीमा नागरिक समाज दाङले अनुरोध गरेको छ । आगलागीका कारण गाउँवासीको बसाइ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सुरक्षित खानेपानीको सहज रुपमा उपलब्ध गराउन आग्रह गरेको छ । आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि समाजले अपिल गरेको छ । विपन्न परिवार बसोबास गर्ने घरको खरको छाना विस्थापन गरी टिन लगाउने अभियान अहिले अलपत्र परेको हुँदा यस प्रकारका विपद्बाट क्षति भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब खरको छानो विस्थापन अभियान कार्यान्वयन गर्न पनि राज्यका तीन तहका सरकारलाई सचेत गराइएको छ । बढ्दो गर्मी अनि हावाहुरीले जताततै आगलागीको जोखिम कायमै रहेको हुँदा जोखिम बस्तीमा सचेतना अभियान व्यापक बनाउन पनि सरोकार सबैमा नागरिक समाज दाङले ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले बताए । साथै, नागरिक समाजले आगलागीको घटनालगत्तै उद्धारमा अहोरात्र खटिएर सुरक्षा दिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार, जनप्रतिनिधि, अमिलियावासी, स्थानीय, पत्रकारलगायत सबैमा आभार प्रकट गरेको छ । आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षति गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षतिको प्रारम्भिक अनुमान रहेको प्रवक्ता मल्लले जानकारी दिए । पीडितलाई राहतस्वरुप घोराहीमा रहेको मानव कल्याण तथा वातावारण संरक्षण केन्द्र र वडा कार्यालयले खाद्यान्नसहित चाउचाउ र बिस्कुट म्याट र त्रिपाल वितरण गरेको थियो । रासस
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्टले सवा अर्ब बढी लगानी गर्ने, कृषि र एसएमईलाई प्राथमिकता
काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडमा १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन् । उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ । यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सिर्जना गर्ने रहेको छ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । नेपालस्थित स्विट्जरल्याण्डको दूतावासले आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत् यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठूलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन ।
चीनले टेस्लामा लगाइएको सबै प्रतिबन्ध हटायो
एलाेन मस्क काठमाडौं । विश्वका तेस्रो धनी व्यक्ति एलोन मस्कका लागि उनको अचानक चीन भ्रमण उपयोगी सावित भएको छ । चीनले आफ्नो देशमा टेस्ला कारहरूमा लगाइएको सबै प्रतिबन्धहरू हटाएको छ । चीनले टेस्लाले डाटा सुरक्षा नियमहरूको पालनाको मुख्य परीक्षणहरू पार गरेको उल्लेख गरेको छ । पछिल्ला केही महिनाहरूमा चीनले डाटा सुरक्षाको कारण टेस्ला कारहरूमा प्रतिबन्धहरू लगाएको थियो । डाटा सेक्युरिटी लिक र अन्य कारणले चीनले टेस्लाका कारलाई देशको सैन्य अखडा र सरकारी भवनहरूमा प्रवेशमा रोक लगाएको थियो । तर, टेस्लाको नतिजा सार्वजनिक भएपछि एलोन मस्कले अचानक चीनको भ्रमण गरे र आफ्नो कारमा लगाइएको प्रतिबन्धबारे चीनका प्रधानमन्त्री ली छ्याङसँग कुरा गरे। अहिले चीनले टेस्लाका कारमा लगाइएको सबै प्रतिबन्ध हटाएको छ । एलोन मस्कका लागि यो ठूलो राहतको खबर हो । टेस्ला ७६ मोडलको सूचीमा पर्यो एलोन मस्कको चीन भ्रमणको लगत्तै अटोमोबाइल उत्पादकहरूको चाइना एसोसिएसन र नेशनल कम्प्युटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टोलीले सोमबार देशको डाटा सुरक्षा परीक्षणमा उत्तीर्ण भएका ७६ मोडलका इन्टेलिजेन्ट जडान भएका सवारी साधनहरूको सूची जारी गरेको छ र टेस्ला कारको नाम समावेश गरिएको छ। उल्लेखनीय छ कि एलोन मस्क गत आइतबार अचानक चीन भ्रमणमा बेइजिङ पुगेका थिए । भारत भ्रमण त्यागेर चीन पुगे मस्क एलोन मस्कले यही महिना अप्रिल २१–२२ मा भारत भ्रमण गर्ने थिए तर अचानक उनले आफ्नो भ्रमण रद्द गरे । उनले आफ्नो ट्विटर हेयान्डल एक्समा पनि यो जानकारी सेयर गरेका थिए । तर, आफ्नो भारत भ्रमण स्थगित भएको एक सातापछि अचानक चीनको भ्रमणमा आएका मस्कले आफ्नो एक्स पोस्टमा एक भिडियो सेयर गर्दै भनेका छन्, ‘म चीनको ठूलो फ्यान हुँ र यहाँ मेरा धेरै फ्यान छन् ।’ उनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँगको आफ्नो तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् । नोभेम्बरमा भएको थियो परीक्षण सुरु चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार परीक्षण सूचीमा लि अटो, लोटस, होजोन न्यू एनर्जी अटोमोबाइल र एनआईओ पनि थिए । यी बाहेक बीवाईडी र टेस्ला स्थानीय चिनियाँ विद्युतीय सवारीका मोडेलहरू स्वीकृत गर्ने दुई संस्थाहरूद्वारा संयुक्त रूपमा गरिएको सुरक्षा परीक्षणपछि यो सूची जारी गरिएको हो। पीटीआई रिपोर्टका अनुसार, नोभेम्बर २०२३ मा सुरु भएको परीक्षणहरूमा कारहरूले चार अनुपालन आवश्यकताहरू पूरा गरे कि गरेनन् भनेर मूल्यांकन गरिएको थियो । यसमा कार बाहिरबाट अनुहार र अन्य जानकारीको बेनामीकरण, कारमा डेटाको पूर्वनिर्धारित गैर–संकलन, कारमा डेटा प्रशोधन र व्यक्तिगत जानकारी प्रशोधन समावेश छ । एजेन्सी
रातो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुँदै (तस्बिरहरू)
काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् ।