बेकोले गर्यो दशैंतिहार लक्षित अफर सार्वजनिक
काठमाडौं । युरोपको नं १ होम एप्लायन्स ब्राण्ड बेकोले दशैंतिहारलाई लक्षित गरी आकर्षक अफर ल्याएको छ। अफरअन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० सम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । बेकोका उत्पादनहरूमा १०० पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी‍का साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ। होम उइज ब्लुटुथ कनेक्सन प्रविधि सहितका आधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउनेछन्। यस योजनाअनर्तगत वासिङ मेसिनको खरिदमा ६ केजी को एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सकिने जनाइएको छ । त्यस्तै, फ्री स्टयान्डिङ ओभनमा सीजीको प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निस्शुल्क जडानको सुविधा पनि पाइनेछ । यस अफरलाई सीजी इलेक्ट्रोनिक्समार्फत नेपालभरका सिजीको शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको हो । यो अफर यही भाद्र १९ गते देखि नेपालभरका सबै सिजीका शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ ।
हुन्डाईको आधुनिक शोरूम वीरगञ्जमा
काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगञ्ज(११ मा आफ्नो नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ । यसले वीरगञ्ज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वीरगञ्जको यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको हो । नयाँ शोरूमाले नेपालभरि आफ्नो नेपालमा पहुँच विस्तार गर्ने र ग्राहकहरूलाई थप सहजता प्रदान गर्ने हुन्डाईको प्रतिबद्धतालाई झल्काउँछ। हुन्डाई लामो समयदेखि नेपालका सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एक हो। रामग्राम, नवलपरासीमा नेपालको पहिलो चार(पाङ्ग्रे गाडी असेम्ब्ली प्लान्टको सुरुवातसँगै लक्ष्मी ग्रुपले देशको अटोमोबाइल क्षेत्रमा हुन्डाईको नेतृत्वलाई अझ बलियो बनाएको छ । वीरगञ्ज शोरूम हुन्डाईको देशभरि उत्कृष्ट यातायातका विकल्पहरू प्रदान गर्ने ठूलो योजनाको एक हिस्सा हो ।
‘हाम्रो पात्रो’ सामाजिक सञ्जाल हो भन्दै सरकार ‘झुक्किएपछि बन्द गर्न’ पुग्यो
काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धसँगै हाम्रो पात्रो एप पनि बन्द हुने हल्ला चलेपछि कम्पनीले स्पष्टीकरण दिएको छ । कम्पनीका अनुसार एप बन्द भएको छैन र यो केवल एक भ्रम मात्र हो। हाम्रो पात्रोकी निर्देशक सुदिना गौतमले बताएअनुसार एप बन्द भएको कुरामा कुनै सत्यता छैन । उनले भनिन्, ‘हाम्रो एप बन्द भएको छैन, यो केवल एक गलत बुझाइका कारण फैलिएको हल्ला हो ।’ पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि सरकारले कडा निगरानी राख्दै दर्ता अनिवार्य गरेपछि हाम्रो पात्रोले पनि आफूलाई सामाजिक सञ्जालको रूपमा दर्ता गराएको निर्देशक गौतमले बताइन् । तर कम्पनीले आफूलाई परम्परागत सामाजिक सञ्जाल नभई एक युटिलिटी एप भएको दाबी गरेको छ । ‘हामी खासमा सामाजिक सञ्जाल होइनौं, हामी एक युटिलिटी एप्लिकेसन हौं, ’ उनले भनिन्, ‘तर सरकारको निर्णय आएपछि हामीले त्यसको सम्मान गर्दै आफूलाई सामाजिक सञ्जालको रूपमा दर्ता गराएका हौं ।’ हाम्रो पात्रोले आफू बन्द नभएको र नियमित रूपमा सञ्चालनमा रहेको जनाउँदै प्रयोगकर्ताहरूलाई ढुक्क हुन आग्रह गरेको छ ।
समृद्धि फाइनान्स इटहरी शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको इटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले इटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गरेको थियो । शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी ग्राहकहरू र स्थानीय व्यक्तिहरूलाई आभार व्यक्त गर्दै, समृद्धि फाइनान्सले आगामी दिनमा अझ उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ । समृद्धि फाइनान्सको यो सफल यात्रा र आगामी योजनाहरूले वित्तीय सेवाको क्षेत्रमा अझ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
ललितपुरको कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम
काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ । ललितपुरको कानदेउतास्थान, कुपण्डोलस्थित सेरामिक सन्सार प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो । शुक्रबार आयोजित औपचारिक समारोहमा सेरामिक सन्सार प्रालिका सन्चालकद्वय कृष्ण कोइराला र टेकबहादुर टमाटा र लेमिनार टायल्सका निर्देशक आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै निर्देशक आशुतोश खेतानज्युले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढी रहेको र लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ । यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन् ।
इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट शोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु
काठमाडौं । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले कोशी प्रदेशको महत्त्वपूर्ण बजार इटहरीमा नयाँ स्टेट अफ आर्ट शोरुमको उद्घाटन गरेको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक सोरुमको उद्घाटन गरे । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज पनि सुरु भएको छ । भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताइ रहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने छ । भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रूपमा चर्चित दिपल एस ०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको छ । यो एक्सचेन्जमा ग्राहकले चारवटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउने कम्पनीले जनाएको छ । यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने जनाइएको छ । शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो ।
वीरगञ्जमा सोल्टी होटलले ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स’ सञ्चालनमा ल्याउने
काठमाडौं । नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एण्ड रिसोर्ट्सले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा व्यावसायिक सहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्दै नयाँ होटल ‘सोल्टी वेस्टेण्ड रिसोर्ट्स, वीरगञ्ज’ सञ्चालन गर्ने भएको छ। होटल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटल्स एण्ड रिसोर्ट्सका उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिलकुमार खेतानले औपचारिक हस्ताक्षर गरे । चापागाईंले वीरगञ्जमा वेस्टेण्ड ब्राण्डको प्रवेशले आधुनिक आतिथ्यता, आत्मीय सेवा र स्थानीय सांस्कृतिक अनुभवलाई संयोजन गरी अतिथिलाई अद्वितीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । यो होटल हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेर सोल्टीको सुप्रसिद्ध वेस्टेण्ड ब्राण्ड अन्तर्गत डिसेम्बर २०२५ बाट सञ्चालनमा आउन लागेको हो । वीरगञ्ज महानगरपालिका–१४, गण्डक बाहुअरीमा अवस्थित यो होटल राष्ट्रिय राजमार्गसँगै जोडिएको छ र भारतसँगको अन्तर्राष्ट्रिय सीमा नाकाको नजिक भएकाले रणनीतिक दृष्टिले निकै महत्त्वपूर्ण गन्तव्य मानिएको छ । स्वदेशी र विदेशी दुवै पाहुनाका लागि यो क्षेत्र आकर्षक पर्यटन तथा व्यावसायिक केन्द्रको रूपमा चिनिन्छ । होटलमा आधुनिक शैलीमा डिजाइन गरिएका कोठा, विभिन्न भोजन तथा व्यञ्जनका विकल्पहरू, फिटनेस क्लब, स्वीमिङ पुल, स्पाका साथै क्यासिनो भवन लगायतका सुविधा रहनेछन् । समकालीन सुविधा, गुणस्तरीय सेवा र सोल्टी ब्राण्डको विशिष्ट पहिचानमार्फत यो होटल व्यवसायिक पाहुना, अवकाश मनाउन आउने परिवारदेखि आधुनिक यात्रुहरू सबैका लागि रोजाइको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
चर्चित गीत ‘हामी उभिएको धरातल’ पुनः म्युजिक भिडियोमा
भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर प्राङ्गणमा ‘हामी उभिएको धरातल बोलको गीतको छायाँकनको शुभमुहुर्त गरिएको छ । एक दशकअघि नै चर्चामा रहेको सो गीतको रिमिक्स म्युजिक भिडियो निर्माण गर्न लागिएको हो । ग्रेटर नेपाल नामक संस्थाले रिमिक्स गरि अहिलेको परिवेशअनुसार सम्पदादेखि सहरसम्मको दृश्यलाई कैद गर्दै नयाँ स्वरूपमा छायांकन गरी म्युजिक भिडियो निर्माणको सुरु गरेको हो । सो म्युजिक भिडियोको नरिवल फुटाएर शुभ मुहूर्त गर्दै प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सम्पदादेखि वातावरणको संरक्षण गर्ने सन्देश बोकेको गीतलाई अन्तराष्ट्रिय स्तरको भिडियो निर्माण गरी सबैमा शन्देश फैलाउँने उदेश्य रहेको बताए । देशमा केही भएको छैन भन्नेहरूले यो गीतको पुरानो दृश्य र अब बन्ने दृश्य हेरे पुग्ने बताउँदै सांसद थापाले देशमा लोकतन्त्र आएपछि शिक्षा, स्वास्थ्य सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन आएको बताए । सामाजिक र राजनीतिक क्षेत्रको कालजायी गीतले देशलाई युवा पुस्ताले माया गर्ने सन्देश प्रवाह गर्दै सम्पदादेखि वातावरण संरक्षणसम्म, सडकदेखि संरचनासम्म भएको विकासलाई सन्देशपूर्ण रूपमा उनको थियो । युवा विदेशिने प्रवृतिको अन्त्य गर्दै नेपालमै डाक्टर, इन्जिनियरलगायत सबै विषय पढ्न पाइन्छ, नेपालमै बस्नु पर्छ भन्ने सन्देश फैलाउन पनि यो म्युजिक भिडियो सहयोगी सिद्ध हुने उनको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ऐतिहासिक चाागुनारायण मन्दिर सम्पदालाई नगरकोट भ्रमण वर्षको अवसरमा विश्वभर प्रचारमा लाग्न म्युजिक भिडियो सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे । स्थानीयवासी, जनप्रतिनिधि सबै नागरिक मिलेर चाँगुनारायणको विकास, सम्बृद्धि र पर्यटकको आगमन बढाउन लाग्नु पर्ने बताउँदै उनले यहाँको धार्मिक, सांस्कृतिक, प्राकृतिक गन्तव्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याएर पर्यटकलाई आकर्षित गर्न सक्नुपर्ने बताए । म्युजिक भिडियोको निर्देशकमा सञ्चारकर्मी सुचित्रा श्रेष्ठ रहेकी छिन् । शुभमूर्हुत कार्यक्रममा संगीतकार सुनिल उप्रेती, गायक प्रवेशमान शाक्य, प्राश्ना शाक्य, भीम तुलाधार, रबिन महर्जन, कलाकार रश्मि भट्टलगायतका चर्चित कलाकारको सहभागिताको रहेको थियो । कार्यक्रममा भिडियो निर्माणका लागि भक्तपुरका चाँगुनारायण, मध्यपुरथिमि नगरपालिका तथा काठमाडौंका कागेश्वरी मनोहरा, दक्षिणकालीलगायका उपत्यकाका ६ वटा नगरपालिकाको सहयोग रहने जानकारी सिदइएको थियो । करिब १० वर्ष अगाडि सुनिल उप्रेतीको संगीत, निरामिषको शब्द, संजय श्रेष्ठ, रत्न सुवेदी, उमा गुरुङ, सन्नी रौनियार, प्रविण मानन्धर, राजकुमार जोशीलगायतको स्वर र रोशनप्रताप राणाको निर्देशनमा कोरस नृत्य रहेको यस गीतको म्युजिक भिडियो चर्चामा आएको थियो ।