विकासन्युज

अध्यागमनमा रोकिएका २७ सय यात्रुले भाडा फिर्ता पाएनन्, कामदारकाे बिजाेग गरा दलालले

काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले विदे अश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रोकिएका करिब ३ हजार नेपालीको हवाई भाडा फिर्ता गर्न अटेर गरेका छन् । अध्यागमनले सुरक्षा जाँचमा कडाइ गरेपछि गैरकानूनी रुपमा विदेश जान लागेका तथा आवश्यक कागजात नपुगेका यात्रु फिर्ता हुने क्रम बढेको विभागले जानाकारी दिएको छ । विदेश जाने क्रममा विमानस्थलको अध्यागमनबाटै फिर्ता भएका २ हजार ७ सयभन्दा बढी नेपालीले हवाई भाडमा तिरेको ६० करोडभन्दा बढी रकम नपाएको पाइएको छ । फिर्ता भएका यात्रुले गन्तव्य र हवाई कम्पनीअनुसार २० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म फिर्ता पाउनुपर्छ । भाडा फिर्ता नपाउनेमा सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने नेपाली कामदार रहेका छन् । कारोबार दैनिकबाट ।

फागुनमा रेल आउँदै, भारतीय रेल नेपाली भूमिसम्म आइपुग्दै

जयनगर । नयाँदिल्ली, कोलकता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने विहारको जयनगर स्टेसशनछेउमै धमाधम नयाँ संरचना निर्माण भईरहेको छ । भारतीय भुमिमा भारत सरकारकै लगानीमा निर्मार्ण भईरहेको रेलवे स्टेसन, कार्यालय, भन्सार, गार्डघरजस्ता संरचनाको स्वामित्व भने नपालको हो । भारतीय निर्माण कम्पनी र नेपालको रेलवे विभागका वरिष्ठ अधिकारीहरुले दिएको जानकारीअनुसरा यही स्टेसनबाट आगामी फागुन सन् २०१८ को मार्च मा दुई देशलाई रेलमार्गले पुनः जोड्ने योजना छ । भारत सरकारबाट बर्दिवास जनकपुर जयनगर रेलवे निर्माणको ठेक्का पाएको इरकोनले जयनगरको नेपाल रेलवे स्टेसनमै शनिबारबाट कार्याललयसमेत स्थापना गरेको छ । कान्तिपुर दैनिकबाट।

महँगो मेसिन किन्दै वीर, अनियमितताको आंशका

काठमाडौं । देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ । विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मुल्यमा तीनवटा खरिद गर्न सकिन्छ । तीन बर्षअघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गेको थियो । खरिद प्रक्रियमा भएको अनियमितता मिडियामार्फत सार्वजनिक भएपछि उक्त प्रक्रिया नै रोकिएको थियो । दुई वर्षभित्र रेडियो थेरापी किन्ने यो चौथौ प्रयास हो । नागरिक दैनिकबाट।

सानिमा क्यापिटलले १२० करोडको इकाई निष्कासन गर्न माग्यो बोर्डको अनुमति

काठमाडौं । सानिमा क्यापिटलले सानिमा इक्विटी फण्डको एक अर्ब २० करोड रुपैयाँकोे इकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत असार १६ गते नै १२ करोड ईकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको फण्ड म्यानेजरमा सानिमा क्यापिटल रहेको छ ।

एनआईसी एशिया बैंकको नयाँ शाखा मुगुको गमगढिमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा मुगुको गमगढिमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोमबार एक समारोहका बिच छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लद्वारा संयुक्त रुपमा भएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११५ शाखा कार्यालयहरु संचालनमा रहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

विशाल बजार कम्पनीलाई तत्काल साधारणसभा गर्न अदालतको आदेश, व्यवस्थापन समूहले अवज्ञा गर्दैै

काठमाडौं । उच्च अदालतले विशाल बजार कम्पनी लिमिटेडलाई साउन मसान्तसम्ममा वार्षिक साधारणसभा गर्न आदेश दिएको छ । न्यायधिशद्वय जीवनहरि अधिकारी र प्रमोद कुमार श्रेष्ठ बैद्यले असार ७ गते परमादेश जारी गर्दै कम्पनीको वार्षिक साधारण सभा २०७४ साउन ३१ गतेसम्म गर्न गराउन भनेको हो । कम्पनीका सेयरधनीहरु सुजन दत्त, विनय श्रेष्ठ र सुनिल कुमार शाक्यले विशाल बजार कम्पनी कानुन विपरित चलेको, वार्षिक साधारणसभा नगरेको, वित्तीय अवस्था सार्वजनिक नगरेको, सेयरधनीलाई गुमराहमा राखेको, २ जना सञ्चालकले कम्पनीलाई मनोमानी रुपमा सञ्चालन गरेको आरोप लगाउँदै तत्काल साधारणसभा गर्न गराउन माग गर्दै अदालतमा मुद्दा हालेका थिए । मुद्दाको पक्षमा वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंह र अधिवक्त हेमन्तराज दाहालले वहस गरेका थिए । सेयरधनीले कम्पनीको अध्यक्ष तथा सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव र कम्पनी रजिष्ट्रारको कार्यालयलाई विपक्षी बनाएर मुद्दा हालेको थिए । उच्च अदालतले तत्काल साधारणसभा गर्न आदेश दिए पनि व्यवस्थापन समूह भने तयारीमा जुटेको छैन । ‘विगतमा पनि विषम परिस्थितिका कारण साधारणसभा गर्न नसकिएको हो । अहिले पनि साधारणसभा गर्न कठिन छ’ विकासन्युजसँग कुरा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीलिपजंग शाहले भने । अराजकता र भ्रष्टाचार विशाल बजार अराजक शैलीमा चल्ने र चरम भ्रष्टाचार हुने खराब उदाहरणको चित्रण हुँदै आएको पब्लिक कम्पनी हो । यो कम्पनी नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको र सर्वसाधारणको सेयर लगानी भएको कम्पनी हो । कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख रुपैयाँ छ । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य ३०३० रुपैयाँ छ । कम्पनीको प्रबन्ध पत्रमा ११ जना सञ्चालक समिति रहने व्यवस्था छ । तर हाल यस कम्पनीमा २ जना मात्र सञ्चालक छन् । कम्पनी ऐन अनुसार लिमिटेड कम्पनीमा कम्तिमा ३ जनाको सञ्चालक समिति हुनु पर्छ भने कम्तिमा एक जना महिला सञ्चालक हुनु पर्ने नयाँ व्यवस्था छ । कम्पनी ऐनका यी व्यवस्थालाई विशाल बजारका सञ्चालक समिति र व्यवस्थापन समितिले अवज्ञा गर्दै आएका छन् । हाल यस कम्पनीमा नेपाल खाद्य संस्थानका प्रतिनिधि शंकर सापकोटा र नेशनल ट्रेडिङका प्रतिनिधि लबराज जोशी सञ्चालन छन् । दुबै सञ्चालकको सम्बन्धि संस्थामा पनि भ्रष्ट छवि भएको र विशाल बजारमा सञ्चालक भएपछि पनि धेरै कम्पनीलाई गोलमाल ढंगले चलाएको जानकारहरु बताउँछन् ।

कतार एयरवेजद्वारा निस उडान आरम्भ, भोलीदेखि सञ्चालनमा ल्याउने

कतार । कतार एयरवेजले निसलाई विश्वसँग जोड्ने उद्देश्यका साथ सन् २०१७ जुलाइ ४ का दिन (भाेली)देखि नयाँ सेवा सञ्चालनमा ल्याउने भएको छ । ४ सय भन्दा बढी बहुराष्ट्रिय कम्पनीको साझा थलो ‘हब’का रुपमा रहेको निसबाट बृहत्तर सञ्जाल सहितको एयरवेजले बिजनेश तथा लिजर यात्रुलाई नन्स्टप हवाइ सेवा प्रदान गर्ने जनाएको छ । फ्रान्सको निस प्राचिन समुद्री तट तथा फ्रेन्च रिभेराको असिमित सौन्दर्यका लागि पनि परिचित छ । कतार एयरवेजले एक विज्ञप्ति जारी गर्दै यसै हप्तादेखि आफ्नो निस उडान सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कम्पनीका अनुसार यसै संग निसका वासिन्दाले कतार एयरवेजको चर्चित अन–बोर्ड सेवा तथा ३ हजार ओटा भिन्न मनोरञ्जनका विकल्प उपलब्ध गराउने ओरिक्स वान इन्टरटेनमेण्ट प्रणालीको मज्जा लिन सक्ने जनाएको छ । कम्पनीले नेपालमा पनि आफ्नो उपस्थिती जनाइ सकेको छ । सार्वजनिक नयाँ उडान तालिकाको हर्ष बढाईका लागि कतार एयरवेज नेपालद्वारा आयोजित कार्यक्रममा फ्रेन्च एम्बेसी र कतार एम्बेसीका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । नयाँ उडान तालिका सञ्चालनको खुशी आदान प्रदान गर्न आयोजित कार्यक्रममा कतारका राजदूत योसुफ बिन मोहम्मद अल हायल, फ्रान्सेली राजदूत यभ्स कारमोना र कतार एयरवेजका कन्ट्री म्यानेजर जयप्रकाश नयरको उपस्थिती रहेको थियो । यभ्स कारमोनाले नयाँ सफलताको खुशीयाली साट्दै कतार एयरवेजलाई निसमा स्वागत गर्न आफू आतुर रहेको बताए । कार्यक्रममा बोल्दै नयाँ उत्कृष्ट गन्तब्यको आरम्भले नेपालमा समेत फ्रान्सेली पर्यटकको आगमनलाई बढावा दिन तेवा पुग्ने बताउँदै कन्ट्री म्यानेजर नायरलेपनि खुसी ब्यक्त गरेका थिए । निसमा आरम्भ गरिएको नयाँ सेवाले निसलाई मिडल इष्ट, एसिया र अष्ट्रेलिया जोड्दै सिड्नी, हङकङ, मेलबर्न लगायत अन्य आकर्षक गन्तब्य सम्म सहज पहुँच बनाउन सघाउने छ । निस उडान पश्चात कतार एयरवेजले सन् २०१७ र २०१८मा अबिड्जान, आयभर कोष्ट, आक्रा, घाना, क्यानबेरा, अष्ट्रेलिया, च्याङ मेइ, थाइल्याण्ड, चिट्टागोङ, बङ्लादेश, मोम्बासा, केन्या र थाइल्याण्डको उट्पाओमा पनि आफ्नो सेवा सञ्चालनमा ल्याउने योजना बनाएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।  

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा, मात्र २ रुपैयाँमा सुचारु गर्न सकिने

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्नेछन् । यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ-साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् । यो सेवा आईभिआरमा आधारित सेवा भएकोले कुनै पनि मोबाइल सेट प्रयोग गर्नुहुने एनसेल प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् । म्याजिक भ्वाइस सेवा सोमबार (असार १९) बाट लागु भएको छ । एनसेलका ग्राहकले दैनिक वा साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले कर सहित मात्र रु २ मा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहित मात्र रु १० लाग्नेछ । मनोरञ्जनले भरिपुर्ण यो सेवा सुचारु गर्न चाहने ग्राहकले एस्ट्रिक्स१७१३५ह्यास डायल गरी अथवा १७१३५ डायल गरि यो सेवा निःशुल्क सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएस मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । दैनिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभि१’ र स्वतः नविकरण हुने दैनिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘एमभि’ लेखि १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै स्वतः नविकरण हुने साप्ताहिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘७एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७एमभि१’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । सेवा सुचारु गरेपछि एनसेलका ग्राहकले १७१३५ डायल गरि आफुले कुरा गर्न खोजेको नम्बर डायल गरी निर्देशन अनुसार १, २ वा ३ प्रेस गरी कुनै पनि आवाज छान्न सक्नेछन् भने ४, ५, ६ वा ७ प्रेस गरी आफुले चाहेको ब्याकग्राउण्ड साउण्ड छनोट गरी सेवाको मजा लिन सक्नेछन् । यो सेवा अन्तर्गतको म्याजिक भ्वाइस तथा ब्याकग्राउण्ड साउण्डमा कुरा गरीरहेको बेलामा डायल प्याडबाट ‘०’ पे्रस गरी प्रयोगकर्ताहरु आफ्नै आवाजमा फर्कन सक्छन् । म्याजिक भ्वाइसबाट कुरा गर्दा भ्वाइस सेवा अन्तर्गतको विद्यमान् शुल्क लाग्ने छ । ‘‘यो रोचक सेवा ग्राहकमाझ ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई विश्वास छ यसले ग्राहकलाई थप मुल्य प्रदान गर्ने छ र सेवा प्रयोगको अनुभव अभिवृद्घिमा योगदान गर्नेछ । साथै यो सेवामा हामी मासिक रुपमा थप विभिन्न क्यारेक्टरहरुको आवाज र ब्याकग्राउण्ड साउण्डहरु थप्दै लग्ने छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । यो सेवा सुचारु गर्नुहुने ग्राहकले सेवा निष्कृय गर्न अङ्ग्रेजीमा ‘युएनएसयुबि एमभि’ (सुरुको यु र एमभि ठूलो अक्षरमा) लेखि १७१३५ मा एसएमएस पठाउन सक्नेछन् ।