स्प्राईटको रोमान्चक अफर अन्तर्गत सामसुङ ग्यालेक्सी जे२ प्रोका बिजेताहरु सार्वजनिक
काठमाडौं । स्प्राईटको रोमान्चक अफर अन्तर्गत हालसम्मका सामसुङ ग्यालेक्सी जे२ प्रो र अन्य उपहारका बिजेताहरु सार्वजनिक भएको छ । यस अन्तर्गत करिब २०० सय भन्दा बढीले मोबाईल जितीसकेको कम्पनीले जनाएको छ । साथै, कम्पनीका अनुसार यो अफर श्रावण १४ गतेसम्म रहने छ ।
बर्दियाका किसानलाई पशुपालनमा सघाउँदै लक्ष्मी बैंक
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गरिएकाे लक्ष्मी केयर्स “निःस्वार्थ पहल”ले बर्दियाका किसानलाई पशुपालनमा पाँच लाख रुपैयाँ सघाएको छ । लक्ष्मी केयरले बदिर्यामा ३५ भन्दा ज्यादा पशुको खरिद, गोठ व्यवस्थापन एवम् पशुपालन सम्बन्धी आर्थिक/प्राविधिक र शैक्षिक सहयोग प्रदान गरेको छ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गरिएको एक गैर नाफा मूलक संस्था हो । यस संस्थाको प्रमुख कार्यक्षेत्र भनेको सम्बन्धित क्षेत्रका अनुभवी संस्थाहरुसँग सहकार्य गरी समाजमा वित्तीय साक्षरता तथा महिला शिक्षालाई प्रबर्धन गर्नु हो । यसै सिलसिलामा महिलाहरुले भोग्दै आएको समसामयिक चुनौति, महिला हिंसा तथा आर्थिक रुपमा विपन्न महिलाहरुलाई सहयोग पुर्याउँदै आएको साथी नामक गैरसरकारी संस्थालाई लक्ष्मी केयरस्ले ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
विपी राजमार्ग विस्तारको विकल्पः खुर्काेट देखि सिन्धुलीसम्म ४ किलोमिटरको सुरुङ
काठमाडौं । काठमाडौंबाट पुर्वी तराई जोड्ने सबै भन्दा छोटो विपी राजमार्गको विस्तारबारे बिभिन्न विकल्पमाथी छलफल सुरु भएको छ । खुर्काेटदेखि सिन्धुली बजारसम्मको ३६ किलोमिटर खण्डमा सडक विस्तार गर्न नमिल्ने भएपछि सुरुङको विकल्पबारे छलफल सुरु भएको हो । १५८ किलोमिटर लामो विपी राजमार्गको खुर्काेट देखि सिन्धुली बजारसम्मको ३६ किलोमिटर खण्डलाई सबै भन्दा जोखिमपुर्ण मानिन्छ । सो खण्डमा सडक विस्तार गर्नै नमिल्ने गरि एउटा सडकको किनारामा अर्काे सडकको जग अड्याइएको छ । खुर्काेटबाट सुरु हुने विपी राजमार्गको अप्ठेरो बाटो सिन्धुली बजार नजिकै पुगेर टुंगिन्छ । ‘खुर्काेटदेखि सिन्धुली बजारको फेदीसम्म ३६ किलोमिटर लामो कठिन सडकलाई छिचोल्न खुर्काेटबाट सुरुङ खन्ने हो भने चार किलोमिटरमा पुगिन्छ’, सिन्धुलीका सांसद गणेश पहाडीले भने । उनले सो खण्डमा सुरुङ बनाउन सके विपी राजमार्गलाई पनि चार लेनसम्म विस्तार गर्न सकिने दावी पनि गरे । सडक विभागको सुरुङ फाँटका प्रमुख सञ्जय कुमार श्रेष्ठले पनि खुर्काेटदेखि सिन्धुली गढीको दक्षिण फेद निस्कने गरि सुरुङ बनाउन सकिने बताए । त्यसबारेमा जापानी सहयोग नियोग(जाइका)सँग प्रारम्भिक चरणको छलफल समेत भैसकेको उनले बताए । ‘खुर्काेटदेखि सिन्धुली गढीको दक्षिण फेदसम्म सडक चौँडा गर्न सकिन्न, त्यसकारण पनि सुरुङको विकल्प छैन, हामीले छलफल अघि बढाईसकेका छौं’, श्रेष्ठले भने । एउटा सडकको किनाराबाटै वाल उठाएर सडक लगिएकाले विस्तार असम्भव भएको उनले बताए । जाईकासँग बिभिन्न चरणमा छलफल भएको र सडक विभागले नै पनि अध्ययन अघि बढाउने तयारी गरेको पनि उनले जानकारी दिए । जापानी सहयोगमा २५ अर्ब खर्चेर निर्माण गरिएको बीपी राजमार्ग साघुँरो भएको र दुर्घटना पनि बढेको भन्दै ठुला सवारी साधन गुडाउन रोक लगाइएको छ । ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएपछि नागरिकले राजमार्गबाट लाभ लिन नसकेको गुनासो बढिरहेको छ । ३६ किलोमिटर अप्ठेरो सडकमा सुरुङ खनेर अन्य खण्डमा सडक विस्तार मार्फत वीपी राजमार्गको स्तरोन्नति आवश्यक रहेको सांसद पहाडीले बताए ।
कुलप्याड स्मार्टफोनको ‘ग्रुभ विथ द कुल वान’ योजना नेपाली बजारमा
काठमाडौं । कुलप्याड स्मार्टफोन नेपालले हालै ‘कुलवानः ग्रुभ विथ द कुल वान’ नामक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक कुलप्याड कुल वान मोबाइलको खदिरमा जेबिएल इन इयर हेडफोन निशुल्क प्राप्त गर्न सकिनेछ । यो योजना नेपाल अधिराज्य भरको आधिकारिक कुलप्याड काउण्टरमा मात्र लागु हुनेछ । नेपालमा कुलप्याड स्मार्टफोन बाट कुल वान मोबाइल यो बर्षको प्रमुख मोडल हो । यो मोडल नेपालको पहिलो १३ एमपी प्लस १३ एमपी डियूल रियर क्यामेराको साथसाथै डियूल टेम्प्रेचर एलइडी फ्ल्यास हो । डियूल रियर क्यामेरा तस्विरहरु लिने मात्रै नभई ४के अल्ट्रा एचडी भिडियो रेकाडिङ पनि गर्न सकिनेछ । कर्निनङ गोरिल्ला ग्लासद्धारा सुरक्षित स्क्रीन, यो पावर कुल फोनले ४०६० एमएएच ब्याट्ट्रिको जगेडा सुरक्षित गर्दछ । साथै यो फोनमा यूएसबी टाइप सी जडित छ । जुन, अत्याधिक द्रुतगतिमा चार्ज हुन र डाटा ट्रान्सफर गर्न सक्षम छ । त्यसैगरी, हेडफोन सेगमेन्टमा जेबिएल इन एर हेडफोन उत्कृष्ट मान्निछ । पियोर बास साउन्ड, वान बटन रिमोट विथ माइक्रोफोन, उच्च गुणस्तरको जेबिएल हेडफोन अरु हेडफोनभन्दा फरक रहेको कम्पनीले जनाएको छ । नेपालकालागी कुलप्याड स्मार्टफोनको आधिकारिक विक्रेता जईमा इन्टर कन्टिनेन्टलले कुलप्याडका स्मार्टफोन प्रयोगकर्ताहरुलाई एकदमै राम्रो उत्पादनको साथै किफायती मुल्यमा बिक्री गर्दै आएको छ । आफ्ना अमुल्य ग्राहक समक्ष उच्च प्रविधीयुक्त उत्पादन पुर्याउने कम्पनीले विश्वास लिएको छ ।
माछापुच्छ्रे बैंकद्धारा तनहुँमा निःशुल्क आँखा शिविर सम्पन्न
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार तनहुँको देवघाटमा बृहत निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत १६३ भन्दा बढी बिरामीको आँखा परिक्षण गराइएको थियो । ४९ जना बिरामीलाई निःशुल्क चस्मा वितरण गरीएको उक्त कार्यक्रममा बिभिन्न आवश्यक औषधी समेत निःशुल्क वितरण गरीएको थियो । त्यसैगरी, उक्त शिविर मार्फत छानिएका १२ जना विरामीको भरतपुर आँखा अस्पतालमा निःशुल्क (मोतियाबिन्दु) पनि गरीएको थियो । यस बैंकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ । ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले २०७३ साल चैत्रमसान्त सम्ममा ५८ अर्ब ४८ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्ब ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, बैंकले सो अवधिमा १ अर्व ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायद्धारा शपथ ग्रहण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । हालै लागु भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण गर्नु पर्ने व्यवस्था रहेको छ । यति डेभलपमेन्ट बैंक लिमिटेड तथा महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात बनेको राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडमा नयाँ संचालक समितिको गठन भएको हो । मर्जर पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । साथै, निक्षेप २४ अर्ब २१ करोड रुपैयाँ र कर्जा सापट २० अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
सिद्धार्थ डेभलपमेण्ट बैंकको ३९औं शाखा हेटौंडामा
काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९औँ शाखा हेटौंडामा विस्तार गरेको छ । नवनिर्मित शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले गरेका हुन् ।सो अवसरमा महतले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ्ग सेवालाई शहरमामात्र केन्द्रित नगरी ग्रामिण तथा सुदुर क्षेत्रका स्थानीय तहहरुमा विस्तार गर्नु पर्ने आजको आवश्यक्ता भएको बताए । कार्यक्रममा बैंकका अध्यक्ष रामबहादुर भण्डारीले सो शाखामा जडान गरिएको एटिएम मेशिनको उद्घाटन गर्दै डेभलपमेण्ट बैंकको जनता बैंक नेपालसँग एक्विजिशन सम्बन्धी प्रकृया टुंगिन लागेको जानकारी दिए । दुई सवल बैंकहरुको एकिकृत कारोबारबाट उच्चस्तरको बैकिङ्ग सेवा अभिबृद्विका लागि सहयोग पुग्ने बताए । सिद्धार्थ डेभलपमेण्ट बैंक जनता बैंक नेपाललिसँग एक्विजिशन हुने अन्तिम चरणमा रहेको छ । उक्त एक्विजिशन पश्चात जनता बैंक नेपालका ११३ वटा शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
नेप्सेमा एकै दिन एक करोड ९६ लाख कित्ता सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकै दिन एक करोड ९६ लाख ६० हजार ९५२ कित्ता सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै ६ वटा कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सो दिन सबैभन्दा बढी हकप्रद सेयर सूचिकृत भएको छ । बजारमा एक करोड ८४ लाख ४७ हजार ५३६ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने १२ लाख १३ हजार ४१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । मंगलबार ज्योति विकास बैंकको ७६ लाख ६५ हजार ६६३ कित्ता, गरिमा विकास बैंकको ८७ लाख ३० हजार ३७८ कित्ता र प्रभु इन्स्योरेन्सको १९ हजार २५ हजार ७८ कित्ता हकप्रद सेयर थपिएको छ । त्यस्तै, नागबेली लघुवित्त विकास बैंकको एक लाख २६ हजार ४१७ कित्ता हकप्रद र एक लाख ५० हजार कित्ता बोनस सेयर थपिएको छ । महालक्ष्मी विकास बैंकको ९ लाख १३ हजार ४१६ कित्ता र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।