एआईमा दौड, पैसा भने अनलाइन विज्ञापनमा बर्सिँदै !
काठमाडौं । प्रविधि क्षेत्रका ठूला कम्पनीहरूले कृत्रिम बौद्धिकता (एआई) मा अचम्मलाग्दो रूपमा बढ्दो लगानी गरिरहेका बेला तिनीहरूको डिजिटल विज्ञापन व्यवसाय पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । यो हप्ताका त्रैमासिक नतिजा विवरणहरूले मेटा, अमेजन, अल्फाबेट र माइक्रोसफ्ट सबैले विज्ञापनबाट उल्लेख्य आम्दानी गरेको देखाएका छन् । अनलाइन विज्ञापन बिक्रीमा भएको वृद्धि यस वर्षको सुरुवातमा देखिएका चिन्ताहरूलाई कम गरेको छ, जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले बढाएको आर्थिक अस्थिरताले विज्ञापन बजेटमा नकारात्मक असर पार्ने आशंका गरिएको थियो । ‘मलाई लाग्छ डिजिटल विज्ञापन बजार बलियो छ,’ स्केलेबल नामक क्रिएटर इकनमी मिडिया फर्मकी सह–संस्थापक जस्मिन एनबर्ग भन्छिन्, ‘आर्थिक अस्थिरता र उतारचढाव अहिले धेरैका लागि सामान्यजस्तै भइसकेको छ, मानौं यो नै नयाँ सामान्य अवस्था हो ।’ यस त्रैमासमा मेटाले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै विज्ञापन आम्दानी वृद्धिमा अग्रता हासिल गर्यो । मेटाको कुल तेस्रो त्रैमासिक आम्दानी जसको ९८ प्रतिशत अनलाइन विज्ञापनबाट आउँछ, गत वर्षको तुलनामा २६ प्रतिशतले बढेर ५१.२४ अर्ब डलर पुगेको छ । जुन सन् २०२४ को पहिलो त्रैमासपछि कम्पनीको सबैभन्दा उच्च बिक्री हो । अमेजनको अनलाइन विज्ञापन इकाइको आम्दानी पनि वर्षको तुलनामा २४ प्रतिशतले बढेर १७.७ अर्ब डलर पुगेको छ, जुन कम्पनीको एडब्ल्यूएस क्लाउड कम्प्युटिङ इकाइको २० प्रतिशत वृद्धिभन्दा बढी दर हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी ज्यासीले अमेजनको आय कलमा बताएअनुसार कम्पनीले आफ्नो विज्ञापन(केन्द्रित डिमान्ड–साइड प्लेटफर्म (डीएसपी) लाई थप तेस्रो पक्षका एप्स र साइटहरूमा विस्तार गरिरहेको छ । ‘हामीले गरेका केही साझेदारीहरू हेर्दा रोकुसँगको साझेदारीले हामीलाई अमेरिकाको सबैभन्दा ठूलो ‘कनेक्टेड टिभी’ नेटवर्क दियो,’ ज्यासीले भने,’ र त्यसमा थप्दै हामीले हालै नेटफ्लिक्स, स्पोटिफाई र सिरियसएक्सएमका विज्ञापन सूचीहरूसँग हाम्रो डीएसपी ग्राहकहरूलाई एकीकृत हुने अवसर दिएका छौं । यो निकै शक्तिशाली संयोजन हो ।’ अल्फाबेटको तेस्रो त्रैमासिक विज्ञापन आम्दानी १३ प्रतिशतले बढेर ७४.१८ अर्ब डलर पुगेको छ । युट्युबको अनलाइन विज्ञापन आम्दानी १५ प्रतिशत बढेर १०.२६ अर्ब डलर पुगेको छ । माइक्रोसफ्टको सर्च र न्युज विज्ञापन इकाइले कम्पनीको आर्थिक पहिलो त्रैमासमा ३.७ अर्ब डलर आम्दानी र्गयो जुन गत वर्षको ३.२ अर्ब डलरभन्दा १४ प्रतिशत बढी हो । इमार्केटरका वरिष्ठ निर्देशक जेरेमी गोल्डम्यानका अनुसार आर्थिक अनिश्चितताका कारण केही कम्पनीहरूले विज्ञापन बजेट घटाए पनि सम्भवतः उनीहरूले पत्रपत्रिका जस्ता परम्परागत माध्यमहरूबाट बजेट सारेर डिजिटल विज्ञापन प्लेटफर्महरूमा लगानी गरेका छन्। ‘मलाई लाग्छ यो स्पष्ट निर्णय हो,’ गोल्डम्यानले भने, ‘तपाईंको पैसा सामाजिक सञ्जालमा, खुद्रा विज्ञापनमा र सर्च विज्ञापनमा लगाउनु नै बुद्धिमानीको कुरा हो ।’ यस हप्तामा ठूला कम्पनीहरू मात्र होइन अन्य पनि अनलाइन विज्ञापन आम्दानीमा उल्लेख्य वृद्धि देखिए । रेडिटले बिहीबार तेस्रो त्रैमासिक आम्दानीमा ६८ प्रतिशत वृद्धिको घोषणा गर्यो जुन विश्लेषकहरूको अनुमानभन्दा बढी थियो । कम्पनीका अनुसार विश्वव्यापी दैनिक सक्रिय प्रयोगकर्ता १९ प्रतिशत बढेर ११६ मिलियन पुगे, जुन अनुमानित ११४ मिलियनभन्दा माथि हो । स्न्याप र पिन्टरेस्टले आफ्नो परिणाम अर्को हप्तामा सार्वजनिक गर्नेछन् । एआईमा ठूला लगानी यी प्रविधि कम्पनीहरूले स्पष्ट रूपमा देखाएका छन् कि उनीहरूले एआईमा लगानी घटाउने कुनै कारण देख्दैनन् बरु पूँजीगत खर्च अझ बढाउने घोषणा गरेका छन् — एआई ‘बबल’ को चिन्ताबीच पनि । अल्फाबेट, मेटा, अमेजन र माइक्रोसफ्टले संयुक्त रूपमा यस वर्ष ३८० अर्ब डलरभन्दा बढी पूँजीगत खर्च हुने अपेक्षा गरेका छन् जुन ओपनएआईले हालै एनभीडीया, ओरेकल र ब्रोडकमसँग गरेको करिब १ ट्रिलियन डलरको डेटा सेन्टर र क्लाउड सम्झौताभन्दा सानो हो । तर लगानीकर्ताहरू अमेजन र गूगलप्रति सकारात्मक भए पनि माइक्रोसफ्ट र विशेष गरी मेटाप्रति त्यति उत्साहित देखिएनन् । मेटाको सेयर बिहीबार ११ प्रतिशत घट्यो जब कम्पनीले पूँजीगत खर्चको न्यूनतम सीमा ६६ अर्ब–७२ अर्ब डलरको दायराबाट बढाएर ७० अर्ब–७२ अर्ब डलर बनाउने घोषणा गर्यो । ओपेनहाइमरका विश्लेषकहरूले मेटाको सेयरलाई ‘बाय’ बाट घटाएर ‘होल्ड’ मा राखे किनभने उनीहरूको भनाइमा मेटाले गरेको एआई लगानीले क्लाउड सेवा चलाउने प्रतिस्पर्धीहरूको जस्तै प्रत्यक्ष लाभ दिने कुनै स्पष्ट संकेत देखाएको छैन । ‘अज्ञात आम्दानी स्रोतहरूबीचको सुपरइन्टेलिजेन्समा ठूलो लगानी सन् २०२१/२०२२ को मेटाभर्स खर्चजस्तै देखिन्छ,’ विश्लेषकहरूले लेखेका छन् । उनीहरूले मेटाको सुपरइन्टेलिजेन्स ल्याब्समा भइरहेको एआई लगानीको तुलना कम्पनीको घाटामा गएको रियालिटी ल्याब्स (भीआररएआरप्रविधि) सँग गरे । मेटाकी वित्त प्रमुख सुसान लीले बुधबारको ‘अर्निङ कल’ मा भनिन्, ‘एआईसम्बन्धी डेटा सेन्टर र तेस्रो पक्षका क्लाउड सेवामा लगानी नगरे कम्पनी पछि पर्न सक्छ ।’ उनले सीईओ मार्क जुकरबर्गको भनाइ दोहोर्याउँदै थपिन्, ‘कम्पनीको उच्चतम प्राथमिकता एआईमा नेतृत्व लिने उद्देश्यले स्रोतहरू लगानी गर्नु हो । त्यसैले नजिकिँदै गरेको अवधिमा हाम्रो नाफामा केही उतारचढाव देखिन सक्छ ।’ मेटाले बारम्बार भनिरहेको छ कि एआई लगानीले उसको अनलाइन विज्ञापन व्यवसाय सुधार गरिरहेको छ, तर भविष्यमा यसले कम्पनीलाई कसरी फाइदा र्पुयाउँछ भन्ने देखाउन कठिन भइरहेको छ। ‘हामीले हरेक त्रैमासमा एउटै कुरा सुन्दै आएका छौं — मेटाले एआईलाई आफ्नो विज्ञापन व्यवसायमा समावेश गरेर वृद्धि इञ्जिनको रूपमा प्रयोग गरिरहेको छ,’ एनबर्गले भनिन्, ‘तर त्यसपछि के हुन्छ भन्ने कुरा बुझाउन कठिन र लगानीकर्ताहरूका लागि कम देखिने खालको छ ।’ यद्यपि मेटाले नयाँ उत्पादनहरूमा केही वृद्धि देखिरहेको छ जस्तै ‘मेटा एआई’ एप जसमा ‘भाइब्स’ नामक एआई–समर्थित छोटा भिडियो सेवा छ । गोल्डम्यानका अनुसार कम्पनीले भविष्यमा सदस्यता मोडेल विस्तार गर्न वा निगमहरूका लागि एआई सेवा प्रदान गर्न सक्छ जुन क्षेत्रमा उसले अहिलेसम्म प्रवेश गरेको छैन । हालका लागि मेटाको डिजिटल विज्ञापन इकाइ नै उसको मुख्य व्यवसाय रहन्छ । तर अघिल्ला त्रैमासहरूजस्तै अर्थतन्त्रले विज्ञापन बजेटमा कस्तो असर पार्ने हो भन्ने अझै स्पष्ट छैन । बफेटको कम्पनीमा पैसाको वर्षा, ५४.४ लाख करोड रुपैयाँभन्दा बढी नगद जम्मा ! सामसङ र एनभीडीयाको सहकार्यमा विश्वकै पहिलो एआई मेगाफ्याक्ट्री निर्माण हुने
२ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ६० करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रिय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा २ अर्ब ८ करोड , विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ । ९ नोभेम्बर २०२५ देखि ९ नोभेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पती केन्द्रिय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ । त्यसैगरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ । त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने शर्त केन्द्रिय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले असोज १० भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ ।
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
सकसमा कांग्रेसको पन्ध्रौँ महाधिवेशन, शेखर कोइरालालाई विशेष महाधिवेशनका लागि मनाउने पहल
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ । यही उद्देश्यका लागि देशव्यापी रूपमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको समूहका नेताहरूले सोमबार पार्टीका वरिष्ठ नेता डाक्टर शेखर कोइरालालाई भेट गरी आफ्नो पहलको जानकारी गराएका छन् । समूहले मंगलबार काठमाडौंमा विशेष भेला आयोजना गर्ने तयारी गरेको छ । त्यसअघि, तयारीको सिलसिलामा उनीहरू सोमबार बिहान विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा पुगेका थिए । हस्ताक्षर अभियानका नेता मनोजमणि आचार्यले भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, 'हामी अहिले डेलिगेट्स लिएर डा. कोइरालाको सम्पर्क कार्यालय पुगेका थियौँ । उहाँसँग हाम्रो अभियानका उद्देश्य, पृष्ठभूमि र आगामी योजनाबारे विस्तृत चर्चा भयो ।' उनका अनुसार, विशेष महाधिवेशनको माग कुनै व्यक्तिको स्वार्थमा नभई पार्टीलाई सुदृढ, अनुशासित र जनमुखी बनाउने अभियानको हिस्सा हो । 'कांग्रेसको गौरवशाली इतिहासलाई पुनर्स्थापना गर्न र आन्तरिक लोकतन्त्रलाई अझ सबल बनाउन विशेष महाधिवेशन आवश्यक भएको हाम्रो निष्कर्ष हो,' आचार्यले भने । हस्ताक्षर अभियानमा सक्रिय नेता आचार्यले भने, 'उहाँसँग भेटेर भर्खरै हामी फर्कियौँ । भेटमा हाम्रो टोलीले विशेष महाधिवेशन किन जरुरी छ भन्ने विषयमा विस्तृत विवरण प्रस्तुत गर्‍यौँ । डा. कोइरालाले हाम्रो कुरा ध्यानपूर्वक सुन्नुभयो र सकारात्मक सन्देश दिनुभयो ।' आचार्यका अनुसार, अभियानले देशका सबै ७७ जिल्लामा पार्टी सदस्यहरूबीच संवाद र हस्ताक्षर संकलनको कार्यक्रम सञ्चालन गरिरहेको छ । अभियानको मूल उद्देश्य आगामी विशेष महाधिवेशनमार्फत पार्टीको नीति, संगठन र नेतृत्व शैलीमा सुधार ल्याउनु रहेको उनले बताए । नेता शेखर कोइरालाले भेटका क्रममा समूहका नेताहरूलाई पार्टीभित्रको असन्तुष्टि र सुधारका मागलाई संवैधानिक र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउन सुझाव दिएका बताइएको छ । पार्टीभित्र संवाद र सहकार्यकै माध्यमबाट समस्या समाधान गर्नुपर्ने उनको धारणा रहेको स्रोतहरूले जनाएका छन् । नेपाली कांग्रेसभित्र पछिल्लो समय महाधिवेशनपछि नेतृत्व र संगठन संरचनाबारे असन्तुष्टि बढ्दै गएको छ । कतिपय नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्णय प्रणालीमा पारदर्शिता, युवाको सहभागिता र संगठनको पुनर्संरचनाका लागि विशेष महाधिवेशनको माग गर्दै आएका छन् । हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको समूहले हालसम्म विभिन्न प्रदेशमा व्यापक समर्थन प्राप्त गरेको दाबी गरेको छ । मंगलबार काठमाडौंमा हुने विशेष भेलामा अभियानमा संलग्न प्रतिनिधिहरू, जिल्ला नेताहरू र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । समूहका अनुसार, उक्त भेलाले विशेष महाधिवेशनको तयारी, हस्ताक्षर संकलनको प्रगति र आगामी रणनीतिबारे निर्णय लिनेछ । उनीहरूले नेपाली कांग्रेसलाई लोकतान्त्रिक अभ्यासको नमूना बनाउने आफ्नो अभियान निरन्तर जारी रहने जनाएका छन् ।
जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…
कैलाली । कैलारी गाउँपालिका-५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन्। यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ । गाउँका सबैले कठरियालाई स्नेहपूर्वक 'रामदास डाक्टर' भनेर सम्बोधन गर्छन् । तर उनी न त डाक्टर न वैद्य नै हुन् । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् । हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन् । उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउँछन् । छामेरै भन्छन्, 'यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।' त्यसपछि उपचार गर्छन् । आजसम्म कति बिरामी निको पार्नुभयो भन्ने यकिन तथ्यांक छैन । त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका हाेइनन् । उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थे । त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे । अहिले त्यही सीप उनको परिचय बनेको हो । ४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको । उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् । कठरियाको उपचार शैली पनि सरल छ । उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उनको हात, सीप र अनुभव नै औजार हो । बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउँछन् । उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन्। उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उनले उपचारको शुल्क निर्धारण गर्दैनन् । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उनले धन्यवादसहित ग्रहण गर्छन् । भजनीका भागिलाल चौधरी आफ्नो अनुभव सुनाउँदै भन्छन्, 'मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौं, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।' हरेक गाउँमा उनले उपचार गरेका अनेकौं उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उनीकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् । उपचारमा उनी प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन्। कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउँछन् । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउँछन् । उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । 'मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,' उनी भन्छन्, 'उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो।' उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहन्छन् । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उनी भन्छन् 'अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।' रासस
राष्ट्रपति पौडेल कतार प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । सोमबार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गरेका हुन् । कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन पौडेल कतार प्रस्थान गरेका हुन् । उनी कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनेछन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीले बिदमाई गरे । पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भाग लिन मन्त्रीपरिषद्को बैठकले गत बुधवार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो ।
धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । ‘एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,’ जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले उनले भने ‘सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।’ स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए/नभएको स्थलगत अध्ययन गरेका थिए । स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ को मङ्सिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपाण्डा देखाउन पर्यटक भित्र्याएर समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने जानकारी दिए । 'पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपाण्डासँगै हिमाल, मनमोहक पहाडी भूगोलको अवलोकन गर्न पाउनु रेडपाण्डा पाइने अन्य ठाउँको भन्दा फरक विशेषता छ,' उनले भने 'रेडपाण्डासँग जोडेर खेलकुद प्रतियोगिता , घरवास र पदमार्ग सञ्चालन गर्न सकिन्छ ।' डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको एकीन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको जानकारी दिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ । रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययन अनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । अनुुसन्धानकर्ताका अनुसार नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको बताइएको छ । यसैबीच दातृ निकाय टोलेडोजुका आर्थिक सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि –२ र ३ मा पर्ने जलजला, मुना र मरेनी क्षेत्रमा संरक्षण कार्यक्रम लागू गरेको छ । समुद्री सतहबाट दुई हजार दुई सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्टापन्न वन्यजन्तुको सूचीमा राखेको छ । जैविक विविधता संरक्षण समाज नेपालका अध्यक्ष लक्ष्मणप्रसाद पौडेलले डिभिजन वन कार्यालय, ढोरपाटन सिकार आरक्ष र सम्बद्ध स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा रेडपाण्डा संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बजानकारी दिए । 'चोरीसिकारी, डढेलो, सडक विस्तार र मानवीय गतिविधिका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि र संरक्षणमा चुनौती देखिएको छ,' उनले भने 'समुदायस्तरमा रेडपाण्डाको महत्व बुझाएर संरक्षणको प्रयास गरेका हौँ ।' जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, युवा क्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, किसानलाई रेडपाण्डा संरक्षणमा परिचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिए । 'हेर्दा आकर्षक देखिने लज्जालु र अल्छी स्वभावको रेडपाण्डाको महत्व नबुझेर अनायासै मार्ने गरेको पाइन्छ,' उनले भने 'रेडपाण्डाको छाला महँगोमा बिक्री हुने भ्रमका कारण अनायासै चोरीशिकार गर्ने समस्या हटाउन सकेमा मात्रै पनि यसलाई जोगाउन सकिन्छ ।' रासस
फरवार्ड माइक्रोफाइनान्सको साढे १३ करोड रुपैयाँको सेयर बिक्रीमा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साढे १३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहतर्फको ३ लाख ६२ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा लघुवित्तको १३ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लघुवित्तको सेयरमा आज कात्तिक १७ गतेदेखि कात्तिक २३ गतेसम्म आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ