सिद्धार्थ बैंकको शाखा ताप्लेजुङ्ग, बेशीसहर र जोरपाटीमा
काठमाडौ । सिद्घार्थ बैंकले बिहीबार ३ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सहित बैंकले हाल देशभर ७५ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पीआएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । आर्थिक वर्ष ०७३÷०७४ को आषाढ मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकको निक्षेप ७७ अर्ब ३१ करोड र कर्जा लगानी ६६ अर्ब ६ करोड रुपैयाँ छ ।
ट्वाइलेट, क्याण्टिन र रंगमा उर्जा मन्त्रीको चासो, कुलमानलाई १० दिनको अल्टिमेटम
काठमाडौं । ‘नेपाल विद्युत प्राधिकरणका काउण्टरमा ट्वाइलेट छैनन्, उपभोक्ता बस्ने बेञ्च छैन, फोहर फ्याँक्ने डस्टविन छैन, भित्तामा कर्मचारीले पान खाएर थुकेका छन, यो सब के हो ? यो कहिले सुध्रन्छ ?’, उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बिहिबार नेपाल विद्युत प्राधिकरणको ३२ औं बार्षिकोत्सव समारोहमा भने । उनी यतिमै रोकिएनन अझै अगाडी बढ्दै भने–ट्वाइटेटमा केमिकल हाल्न नसक्ने, पान खाएर थुकेको भित्तामा रंग लगाउन नसक्ने ? काउण्टरमा पानी राख्न नसक्ने ? अब १० दिन भित्रै म अनुगमनमा आउँछु, त्यतिबेला सफा ट्वालेट, सफा भित्ता र काउण्टरमा खानेपानीको व्यवस्था हुनुपर्छ, नत्र कारवाही हुन्छ ।’ मन्त्रि शाहीले प्राधिकरणका कार्यालयहरुमा प्राय सबै कोठामा क्याण्टिन राखिएको पनि आपक्ति जनाएए । उनले आक्रोसित हुँदै अघि थपे–प्रत्येक कोठामा क्याण्टिन किन चाहियो ? प्राधिकरणको कम्पाउण्डको एउटा कुनामा व्यवस्थित ढंगले क्याटिन राख्नुस, कोठा कोठाका क्याण्टिन हटाउनुस ।’ उनले प्राधिकरणका बारेमा गुनासो गर्न नागरिकका लागि मन्त्रालयले हटलाईन सेवा आरम्भ गर्न लागेको बताउँदै त्यसमा उजुरी आएमा प्राधिकरणका कर्मचारीलाई कारवाही गर्ने चेतावनी पनि दिए ।‘मन्त्रालयमा तीन वटा हटलाइन सेवा आरम्भ गर्दैछौं, त्यसमा नागरिकले गुनासो नगरुन, त्यहाँ गुनासो आउनु भनेको प्राधिकरणका लागि दुर्भाग्यको बिषय बन्छ’, मन्त्री शाहीले भने । उनले विद्युतको व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार कायम नहुने भन्दै निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न तयार हुनुपर्नेमा पन िजोड दिए । ‘विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार सधैँ रहदैन, नीजी कम्पनीले २ रुपैंयाँमा बिजुली दिन्छु भन्यो भने प्राधिकरणले प्रतिष्पर्धा गर्न सक्छ ? अब त्यसका लागि तयार भएस बस्नुस ।’, मन्त्री शाहीको भनाई थियो । उनले ट्रान्सफर्मर पड्किएको खण्डमा सम्बन्धीत फाँट र कार्यालयका प्रमुखलाई कारवाही गर्ने पनि चेतावनी दिए । ‘अब ट्रान्सफर्मर पड्कियो भने सम्बन्धीत कार्यालयका प्रमुखलाई कारवाही हुन्छ, उनले जिम्मेवारी लिनु पर्छ किन ट्रान्सफर्मर पड्कियो भनेर’, मन्त्री शाहीको भनाई थियो ।
टेलिकमकको नेटवर्कबाट१ करोड १२ लाख निःशुल्क एसएमएस आदनप्रदान
काठमाडौं । बाढी पीडितको उद्धार तथा राहतका लागि नेपाल टेलिकमकको नेटवर्कबाट १ करोड १२ लाख निःशुल्क एसएमएस आदनप्रदान भएको छ । बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतमा सहयोग पु¥याउन साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेको थियो । जसअनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएको टेलिकमकी प्रवत्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यस्तै टेलिकमको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपतको अवधिमा प्रभावित क्षेत्रका वासिन्दालाई ४ लाख ८६ हजार भन्दा बढी विपत् आउनु पूर्वको जानकारी (एलर्ट एसएमएस) पठाएको उनले बताइन् । विभागले साउन २० गते ९४ हजार ६ सय, साउन २९ गते ४ सय, साउन ३० गते १ लाख ६ हजार २ सय, ३१ गते ७८ हजार ८ सय र ३२ गते २ लाख ६ हजार ५ सय भन्दा बढी एसएमएस पठाएको छ । विभागले आवश्यकता अनुसारको संख्यामा आफै एसएमएस पठाउन सक्ने गरी व्यवस्था गरिदिएको टेलिकमले जनाएको छ । पुर्वमा ९१ प्रतिशत सञ्चार सेवा सुचारु भएको उनले जानकारी दिइन् ।
बिजुलीको तार भूमिगत गर्न ग्लोबल टेण्डर आव्हान, रत्नपार्कका तार अब जमिन मूनि
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा वितरण प्रणालीलाई भुमिगत र अटोमेसन गर्न तयारी थालेको छ । राजधानीको रत्पार्क वितरण केन्द्रलाई भूमिगत लाइनबाट विद्युत वितरण र अटोमेसन गर्न प्राधिकरणले बिहीबार अन्तराष्ट्रिय प्रतिस्पर्धा बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरेको छ । बोलपत्रमा वितरण सञ्जाल क्षमता बढाउने, बिजुलीका तारलाई भुमिगत र वितरण प्रणालीलाई अटोमेशन गर्ने उल्लेख छ । बोलपत्र पेश गर्ने मिति असोज १९ गतेलाई तोकिएको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले पहिलो चरणमा उत्तरी क्षेत्र महाराजगञ्ज वितरण केन्द्रका लागि ग्लोबल टेण्डरको आब्हान गरिसकेको छ । पहिलो चरणको बोलपत्र पेश गर्ने मिति असोज ४ गते तोकिएको छ । बोलपत्रदाताले भूमिगत वितरण प्रणालीको खाका (डिजाइन) समान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने बोलपत्रमा उल्लेख छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिल्वालले बताए । उनका अनुसार वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याँक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ । भुमिगत प्रणाली जडान भएपछि विद्युत वितरण अझ बढी प्रभावकारी हुने अनुमान गरिएको छ । पहिलो चरणमा २ वटा वितरण केन्द्रका अतिरित्त काठमाडौ उपत्यकाका ९ वटै वितरण केन्द्रमा भूमिगत गर्ने र दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना रहेको सिल्वालले जानकारी दिए । यो आयोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विद्युत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि योजनामार्फत भुमिगत गर्न लागेको हो । यसमा एडीबीले १५ अर्ब रुपैयाँ बढी (१५ करोड अमेरिकी डलर) ऋण दिन सहमति जनाएको छ । बाहिरी प्रणालीबाट विद्युत वितरण गर्दा जोखिम हुनुका, मानविय क्षतिका साथै सहरको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो । विकशित मुलुकमा विद्युत वितरण प्रणाली भूमिगत रहेको छ । अनुसार काठमाडौ उपत्यका र देशका प्रमुख शहरहरुमा वितरण प्रणाली सुदृढीकरण गर्न दिर्घकालीन गुरुयोजना तयार भैरहेको छ । भूमिगत लाइन विस्तारको काम अघि बढाउन प्राविधिक तयारी भईरहेको समेत उनले बताए । २ वर्षभित्र यसलाई सक्ने गरी योजना तयारी भएको छ । यस्तै उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरालगायत प्रमुख शहरमा भूमिगत प्रणालीबाट विद्युत वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।
नबिल ब्यालेन्स फण्ड-१ले ४२ प्रतिशत नगद लाभांश दिने, भदौ ११ गते बुक क्लोज
काठमाडौं । नबिल म्युचल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड-१ ले आफ्ना इकाईधनीहरुलाई ४२ प्रतिशत नगद लाभांश दिने भएको छ । फण्डले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । साथै, सोही नगद लाभांश प्रयोजनको लागि आगामी भदौ ११ गते फण्डको इकाई दर्ता किताब बन्द(बुक क्लोज) हुने छ । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।
एनआरएनले सप्तरीमा राहत बितरण गर्ने
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले सप्तरीका बाढी प्रभावितलाई आपतकालिन राहत बितरण गर्ने भएको छ । एनआरएनका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच बिहीबार बिहान भएको छलफलमा यस्तो निर्णय गरेको हो । गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रीत हुन आग्रह गरेको एनआरएनकी प्रवत्ता रञ्जु थापा वाग्लेले जानकारी गराइन । अध्यक्ष घलेले हाल राहत सामाग्री खरिदको प्रकृया चलिरहेको जानकारी दिँदै एक दुई दिनमै बितरणका लागि सप्तरी पुग्ने जानकारी गराएका थिए । मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा पीडितलाई राहत बितरण गर्न सुझाव दिएका छन् । अध्यक्ष घलेले सरकारको आग्रहअनुसार नै स्थानीय प्रशासनसँगको समन्वयमा प्रभावकारी राहत बितरण गरिने बताए । एनआरएनएले घर बगाएका पीडित परिवारलाई त्रिपाल तथा छोटो समयका लागि खाद्य सामाग्री समेत बितरण गर्ने तयारी गरेको छ । बाढीपछि फैलिनसक्ने प्रकोपलाई ध्यान दिँदै एनआरएनएले स्वास्थ्य शिविर स्थापना गर्ने जानकारी दिएको छ ।
अरुण भ्याली हाइड्रोले १० प्रतिशत बोनस दिने
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि कम्पनीले शून्य दशमलब ५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी २०औँ वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।
बिजुलीमा पनि भारतसँग निर्भरता बढ्दै, आयातमा साढे २२ प्रतिशत वृद्धि
काठमाडौं । गत वर्ष ०७३/०७४ मा भारतबाट बिजुली आयात साढे २२ प्रतिशत बढेको छ । गत आवमा विद्युत्भार कटौती (लोडसेडिङ) अन्त्य गर्न भारतबाट बिजुलीको आयात बढेको हो । गत वर्ष २ अर्ब १७ करोड ५० लाख ४० हजार युनिट बिजुली आयात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आन्तरिक उत्पादनले माग धान्न नसकेपछि बिजुलीमा पनि भारतको निर्भर हुनुपर्ने अवस्था आएको छ । अघिल्लो आवमा नेपाल विद्युत प्राधिकरणले १ अर्ब ७७ करोड ७६ लाख ८० हजार युनिट बिजुली आयात गरेको थियो । गत आवमा प्राधिकरणले १४ अर्ब २० करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको जानकारी दिएको छ । सस्तो मूल्यमा बिजुली खरिद गरेकाले यो वर्ष बिजुली खरिदको भुक्तानी रकम १ अर्ब रुपैयाँ मात्र बढेको छ । गत वर्ष ग्रीड प्रणालीमा उपलब्ध कुल ऊर्जा मध्ये भारतबाट आयातित बिजुलीको हिस्सा बढेर ३४.७६ प्रतिशत पुगेको छ । विद्युत प्राधिकरणको आफनो उत्पादनको ३८.८४ र निजी क्षेत्रको २८.४० प्रतिशत मात्र छ । गत वर्ष लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट ३८५ मेगावाटसम्म बिजुली आयात गरेको थियो । यो वर्ष बढाएर आयात ५ सय मेगावाटसम्म पु¥याउने प्राधिकरणको तयारी छ । यसका लागि आवश्यक संरचना तयार भइसकेको छ । गत वर्ष औसत साढे २ सय मेगावाट बिजुली आयात भएको प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा भारतमा बिजुलीको भाउ पनि ओरालो लागेकाले यो वर्ष प्राधिकरणको वित्तीय अवस्थामा सुधार गर्न सकिने जानकारी दिएको छ । गत वर्ष विद्युत प्राधिकरणका आफना आयोजनाबाट उत्पादन हुने बिजुली परिमाण ८ प्रतिशत बढेर २ अर्ब ३० करोड ५१ लाख ७० हजार युनिट पुगेको छ । अघिल्लो वर्ष २ अर्ब १३ करोड ३४ लाख ४० थियो । प्राधिकरणले भारतको एनपीटीसी विद्युत व्यापार निगमको ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ र पीटीसी इन्डिया लिमिटेडको टनकपुरबाट ३५ मेगावाट बिजुली खरिद गरिएको जानकारी दिएको छ । २ सय मेगावाट भन्दा बढी विहार र उत्तरप्रदेशबाट विद्युत आदनप्रदान सम्झौता अनुसार आयात भइरहेको छ । हालै भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत आदनप्रदान समिति (पीईसी) बैठकले कटैया–कुसाह र परवानीपुर– रक्सौल प्रसारणलाइनबाट गरी थप १ सय मेगावाट बिजुली आयात गर्ने सहमति गरेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षादमा बिजुली बढी हुने बिजुली व्यवस्थापनका लागि भारतसंग ऊर्जा बैक स्थापनको तयारी भइरहेको छ । प्राधिकरणबाट बिजुली उपयोग गर्ने ग्राहकको संख्या ३२ लाख ६० हजार पुगेको छ । अघिल्लो वर्ष २९ लाख ७० हजार थियो ।