सगुनको दोस्रो चरणको शेयर निस्कासन, क्रेडिट र डेविट कार्डबाट पनि लगानी गर्न सकिने
लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निस्कासनको औपचारीक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिटर डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराए । शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था समेत मिलाएको हो । यसअघी बैङकमै गएर मात्र हुने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतीमा क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिटर डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो । विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताउनुभयो । उनले भने ‘क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु।’ क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले वधाई दिए । पुर्सेलले भने-‘क्रेडिटर डेविट कार्ड मार्फत लगानी जुटाउनेरेगुलेसन ए प्लस अन्तर्गतको क्राउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ । यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो । अब लगानीकर्ताहरुले क्रेडिटर डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसीबसी लगानी गर्न सक्नेछन् ।’ सगुनले यो दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ । भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्दछ । “सगुनपहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो जससँग हामीले क्राउडफन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौं ।भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ जस अनुसार उनीहरुले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन् । हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौं । सगुनजस्ता नवीन कम्पनीहरुले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भने । औपचारीक घोषणा कार्यक्रममा संस्थापक गिरीले बेलायतमा रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निस्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गरे । उनले भने, ‘बीर गोर्खालीको रुपमा चिनिने बेलायती सेनामा रहेका नेपाली दाजुभाईले संसारमाझ आफ्नो वीरताको पहिचान दिएको गर्विलो इतिहासलाई सम्मान गर्दै गोर्खाली समुदायको माझबाटहामी सगुन लिएर संसारसामु प्रस्तुत भएका छौं ।’ सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत २ करोड डलरको शेयर विक्री गर्दैछ । यस शेयर निस्कासनको पहिलो चरणमा करिव ३५ सय लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागि भएके कम्पनीले जनाएके छ । सगुनको यो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाख भन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिकीकरण गर्दा पैसा कमाउन सक्ने अवसर प्रदान गर्नु हो । सगुन शब्द संस्कृतको सकुन भन्ने शब्दबाट लिइएको हो जसको अर्थ राम्रो भाग्य वा शुभ अवसर भन्ने हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु भएको थियो तर पछि २०१४ मा सामाजिक कमर्श प्लेटफर्मको रुपमा विकास गरियो ।
साढे ४७ अर्ब राजश्व संकलन
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ०७४÷०७५ सुरु भएपछि लक्ष्यको साढे ६ प्रतिशत राजश्व संकलन गरेको छ । भदौ १ गतेसम्म सरकारले ४७ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आवमा सरकरले ७ खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य लिएको छ । गत आवमा लक्ष्य भन्दा ८ प्रतिशत बढी राजश्व संकलन भएको थियो । साउनमा ४६ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ र भदौ १ गते ७७ करोड ८७ लाख रुपैयाँ राजश्व ठुकुटीमा जम्मा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
वागमति जस्तै चक्रपथ सफाई अभियान सुरु, पहिलो शनिबार १३ फोहोर संकलन
काठमाडौं । वागमति जस्तै शनिबारदेखि चक्रपथ सफाई अभियान सुरु भएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सफाई अभियान सुरु भएको हो । चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको हो । पहिलो दिन बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको हो । सडकमा भएको ढुलो वढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको थियो । सफाईको काम विहान सात वजेदेखि नौ बजेसम्म भएको थियो । सफाईमा पाँंच सय वढीको सक्रिय सहभागिताका थियो । स्थानीय, सशस्त्र प्रहरी , नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा जन प्रतिनिधिहरु सरसफाईमा जुटेका थिए । वागमति सफाईका अभियन्ता, नेपाल सरकारका पूर्व सचिव एवं साझा पार्टीका नेता किशोर थापाले अभियानको उदघाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ हास्यकलाकार श्रीकृष्ण सिम्खडालगायतका विशिष्ठ ब्यक्तित्वहरु पनि सहभागी रहेका थिए । सफाई अभियान हरेक शनिबार विहान सात वजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताए । “हामी झार खान्छौ तर हार खाँंदैनौ”, अभियन्ता कुँंवरले भने, चक्रपथलाई सफा गरी हराभरा योजना बनाएका छौं । कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो, कुँंवरले भने । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै ब्यवस्था गरिएको थियो । चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको पनि थियो । तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो । चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो । अभियन्ता कुँंवरले अहिले पनि चक्रपथ विस्तार योजना रहेकोले सफाई मात्रै गर्ने बताए । खोला सफा मात्र गरेर नहुने वताउँदै यदि खोला नाला सफा गर्नु छ भने खोलामा बगेर जाने फोहरलाई बाटोवाटै नियन्त्रण गर्ने अभियान आफुहरुले थालनी गरेको उनले बताए । चक्रपथ सफाईको पहिलो दिन १३ टन फोहर संकलन भएको थियो । संकलित फोहरलाई फोहर उठाउने गाडीमा राखी काठमाण्डौं महानगरपालिका वडा नम्वर १३ ले ब्यवस्थापन गरिएको थियो । सफाई अभियानमा नार्गजुन नगरपालिकाकी उपमेयर सुसिला अधिकारी , काठमाण्डौ महानगरपलिका १३ नंम्वर वडा अध्यक्ष धुर्वनारायण मानन्धर वडा सदस्य रामवावु कोईराला , नागरर्जुन नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष करण कुमार बलामी वडा सदस्य विशेश्वर ढुंगाना , ससस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक राजु महर्जन , नेपाल प्रहरी कालिमाटीका नायव उपरिक्षक नवराज अधिकारी लगायतका ब्यक्तित्वहरु सहभागी रहेका थिए ।
मोरङ– सुनसरी सिँचाइ आयोजनामा ८० करोडको क्षति
पथरी (मोरङ) । केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ । उक्त आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरिएको थियो । पूर्व सतर्कता नभएको भए अझै कति क्षति हुन्थ्यो होला ? कसैले यकिन गर्नै सक्दैनथ्यो । नहरको मुहानै थुनिए पनि धेरै ठाउँका गाउँलेले नहर काटेर बाढीको पानी हालेपछि क्षति बढी भएको हो । कुल ६० क्युमेक्स पानी बग्नसक्ने क्षमताको मुख्य नहरमा पानी बढी भएपछि लोहोन्द्रा खोलाको १५३ मिटर लामो पुल नै भत्काइदिएको हो । आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठकाले पुल बनाउन कम्तीमा रु ४१ करोड लाग्छ भन्नुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक अध्ययन गर्दा रु ८० करोडको क्षति भएको अनुमान गरेका छौ” । सबै क्षतिको विवरण आएपछि मूल्य बढ्न सक्छ, । आयोजना प्रमुख श्रेष्ठकाअनुसार सुनसरीको चतरादेखि मोरङको केरौनासम्म गरी मुख्य नहर ५३ किलोमिटर लामो छ । जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनी भन्ने स्थानमा लोहन्द्रा खोला र मुख्य नहरको भेट हुन्छ । त्यही स्थानमा १५३ मिटर ‘साइफन’ छ । बाढीले साइफन र मास्तिर खोलाको पुल भत्काएका कारण क्षति ठूलो देखिएको हो । ‘महेन्द्र राजमार्गमा पर्ने झुम्काबाट उत्तर बग्ने दत्तकिच्चा खोलाको बाढी बग्दै आएर २७ गते राति नै मुख्य नहरमा पस्यो’,उहाँले भने, झुम्कादेखि उत्तर मुख्य नहरको दुई ठाउँमा मानिसले काटे र गाउँमा भरिएको पानीलाई निकास दिए । यसरी विभिन्न १७ ठाउँमा मुख्य नहर काटेर बाढी र खोल्साखोल्सीको पानी नहरमा मिसाएपछि ठूलो क्षति भएको हो । ‘धानवालीमा पानी चाहिन्छ , उहाँले भने, ‘यसका लागि भदौ २२ गतेभित्र पानी छाड्ने तयारीमा छौँ । अस्थायी मर्मत भइरहेको छ ।’ आयोजनाको एक मुख्य र २२ शाखा नहरबाट दुई जिल्लामा ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुन्छ । लोहन्द्रामा मुख्य नहर नै फुटेपछि १२ हजार ३६५ हेक्टर क्षेत्र नहरको सिँचाइबाट वञ्चित भएको छ । अब कुल ५५ हजार ६३५ हेक्टरमा मात्र सिँचाइ सम्भव भएको श्रेष्ठको भनाइ छ ।
एनसीसी बैंकको खुद नाफा १ अर्ब ३२ करोड, खराव कर्जा ५ प्रतिशत नजिक
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक वर्ष ०७३÷०७४ मा खुदनाफा ६२ करोड रुपैयाँ बढाएको छ । ४ वटा विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको खुदनाफा बढेर १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि २८ रुपैयाँ ३४ पैसा पुगेको छ । बैंकले शनिबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा ४.८ प्रतिशत रहेको छ । चालु आवको पहिलो त्रैमाशमा खराव कर्जा असुली बढाउने र असल कर्जामा रुपान्तरण गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ । बैंकको लागत ५.९ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको निक्षेप झण्डै दोब्बर बढेर ५८ अर्ब ७९ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको निक्षेप ३० अर्ब ३६ करोड ३५ लाख रुपैयाँ थियो । यस्तै गत आवमा कर्जा लगानी बढेर ४८ अर्ब १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कर्जा लगानी २४ अर्ब ८९ करोड ११ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंककको सीडी रेसियो ७१.४८, आधार दर ९.३२ र स्प्रेड दर ३.७ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको चुक्तापुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ छ । पुँजी बढाउन बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी गरेको छ ।
ईण्डोनेशियासँग नेपालको व्यापार बढ्दो, नेपालीलाई अनएराईभल भिसा सुविधा
काठमाडाैं । गणतन्त्र ईण्डोनेशियाको ७२औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत चन्द्रप्रसाद ढकालले वाणिज्यदुतको कार्यालय, आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् । कार्यक्रममा नेपालमा बसोबास गरिरहेका ईण्डोनेशियन नागरिकहरु, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमई ग्रूपमा कार्यरत कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो । नेपाल र गणतन्त्र ईण्डोनेशियाबीच सन् १९६० माऔपचारिक कुटनीतिक संबन्ध स्थापना भएको थियो । गणतन्त्र ईण्डोनेशिया र नेपालबीच आपसी कुटनीतिक र आर्थिक संबन्ध वाणिज्य दूतावासको स्थापनाले थप मजबुत बन्दै आएको सो अवसरमा ढकालले बताए । नेपालका लागि ईण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ । नेपालस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयको पहलमा सन् २०१६ मेदेखि नेपाली नागरिकहरुलाई ईण्डोनेसियामा फ्री भिषा अन अराइभल पनि दिन थालिएको उनले बताए । यो व्यवस्थाले नेपालीहरुलाई ईण्डोनेशिया भ्रमणमा सहजबनाएको छ र दुवै देशको पर्यटन व्यवसायमा राम्रो प्रभाव पारेको ढकालले बताए । ईण्डोनेशिया आसियान राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । साथै, नेपाल र ईण्डोनेशियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच व्यापार व्यवसायका थुप्रै संभावनाहरु रहेको वाणिज्य दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नाफा बढाउन सिभिल बैंक असफल, खराब कर्जा दोब्बर बढ्यो
काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा सिभिल बैंक नाफा बढाउन असफल भएको छ । गत आवमा बैंकले ३३ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा उसको खुदनाफा ३३ करोड १४ लाख रुपैयाँ थियो । गत वर्ष बैंकले ७० लाख रुपैयाँ मात्र नाफा बढाएको छ । नाफा बढ्न नसकेपछि उसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसा मात्र छ । बैंकले शनिबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी बढ्दो ब्याज मुल्तवी र कर्जा जोखिम व्यवस्थाले आम्दानीमा नकरात्मक असर पारेको जानकारी दिएको छ । निक्षेपको ब्याज दरले गर्दा लागत बढेको र कल डिपोजिटको ब्याजदर साधारणको भन्दा बढी लिन नपाईने नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले नाफा बढ्न नसकेको बैंकले जानकारी दिएको छ । बैंककको खरावकर्जा झण्डै दोब्बर बढेर ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराव कर्जा २.७ प्रतिशत मात्र थियो । ३ वटा वित्तीय संस्थालाई खरिद गरेपछि बैंकको खराव कर्जा दर बढेको हो । बैंकको लागत बढेर ६.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो लागत ५.३ प्रतिशत थियो । बैंकको आधार ब्याज दर ११.५९ प्रतिशत छ । सीडी रेसियो ७६ प्रतिशत छ । स्प्रेड दर ३.४ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको निक्षेप ३१ अर्ब १३ करोड रुपैया थियो । एक वर्षको अवधिमा बैंकले निक्षेप परिचालन ३ अर्ब रुपैयाँ बढाएको छ । यस्तै कर्जा लगानी २९ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कर्जा लगानी २५ अर्ब ७० करोड ४० लाख रुपैयाँ थियो । गत वर्ष बैंकको कर्जा लगानी ४ अर्ब रुपैयाँ बढेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्ने, बैंकले दशैंअघि साधारणसभा गर्ने तयारी
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । भदौं १ गते बसेको बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १,६ लाख रुपैयाँ छ । उक्त पुँजीको १६ प्रतिशत बोनस शेयर र सोमा लाग्ने करको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी ११औ साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुने बैंकका प्रबक्ता गणेशराज पोखरेलले बताए । बैंकले दशैंअघि नै ११औ साधारणसभा गर्ने तयारी भईरहेको जनाएको छ ।