माछापुच्छ्रे बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयरको निष्काशन आजबाट बन्द हुँदैछ । बैंकले जेठ १६ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताका लागि १० कित्ता बराबर १ दशमलब २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । माछापुच्छ्रे बैंकले साउन ५ गतेदेखि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेर हकप्रद सेयर खुल्ला गरेको थियो । आज बैंकिङ समय भित्रै हकप्रद सेयरका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
महासंघले सुरु गर्यो राहत वितरण, रौतहट, सप्तरी र धनुषा जिल्लामा पठायो राहत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बाढी प्रभावित जिल्लाहरुमा राहत सामग्री पठाउन थालेको छ । महासंघले खाद्यान्न, त्रिपाल, औषधि,पानी लगायतका राहत सामग्री रौतहटको गौर, सुनसरीको इनरुवा, धनुषाको जनकपुरमा पठाएको हो । महासंघले पठाएका ती राहत सामग्रीहरू नेपाल सरकारको स्थानीय दैवि प्रकोप उद्धार समितिको समन्वयमा महासंघको स्थानीय उद्योग वाणिज्य संघहरूले प्रभावित जनताहरूलाई वितरण गर्ने कार्यक्रम छ । ३ वटा ट्रक मार्फत पठाइएका राहत सामग्रीहरूमा प्रति ट्रक १ सय २० वटा बक्स रहेको छ भने प्रत्येक बक्समा चामल २५ केजी, दाल ५ केजी, खानेतेल १ लिटर, गरम मसला १ पाकेट, नुन १ किलो, वाईवाई ३० प्याकेट, नेविको विस्कुट २० प्याकेट, सोयाविन १ किलो, डिटोल सावुन १ पिस, लुगा धुने सावुन १ पिस, पियूस पानी शुद्धिकरण १ पिस, चिनी १ केजी, जीवनजल ५ पाकेट, चिउरा ५ केजी गरी प्रतिपरिवारलाई एक महिनाका लागि खाद्यान्न राखिएको छ । त्यसैगरी महासंघले रौतहट, सुनसरी र धनुषा जिल्लामा औषधि र एम्बुलेन्स सहितको डाक्टरहरूको टीम समेत पठाइसकेको छ । त्यसैगरी त्रिपाल, लत्ताकपडा समेत ती जिल्लाहरूमा यस अघिनै पठाई सकिएको छ । महासंघ र ब्रोडकाष्टिङ एसोसिएसन नेपालको संयुक्त पहलमा बाढी प्रभावित जिल्लाहरूमा जनचेतनामुलक रेडियो संदेश प्रचार प्रसार गरिनुका साथै सामाजिक संजाल, इमेल, फेसवुट, ट्वीटर, गो फण्ड मार्फत अन्तराष्ट्रिय सहयोग परिचालनमा समेत कार्य भैरहेको छ । प्रभावित जिल्लामा महासंघका सदस्य उद्योग वाणिज्य संघहरूले अग्रस्थामा रहेर सहयोग गरीरहेका छन् । महासंघले राहत वितरण कार्यक्रमलाई नियमितरुपमा अझ प्रभावकारी ढंगबाट अगाडी बढाउने योजना समेत बनाएको छ । बाढी प्रभावितहरुको सहयोगार्थ प्रभावकारी ढंगले काम गर्न महासंघले महासंघको सामाजिक सेवा फोरमका सभापति जय प्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ गठन गरी कार्य गरीरहेको छ ।
प्रधानमन्त्री देउवा आज नयाँदिल्ली जाँदै, यस्ता छन् नेपालले उठाउने एजेन्डा
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणमा आज बिहान १० बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्दैछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ५० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका हुन् । भारतको नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा व्यस्त हुनेछन् । भारत भ्रमणको मुख्य काम पनि सोही दिन नै सकिने छ । भ्रमणमा नयाँ भन्दा पनि पुराना सम्झौता कार्यन्वयनमा नेपालले जोड दिने छ । दुई मुलुकबीच आर्थिक एवम अन्य क्षेत्रमा धेरै सम्झौता भएपनि कार्यन्वयन हुन सकेका छैनन् । सो अवसरमा ४ विभिन्न क्षेत्रमा ७ समझदारी गर्ने तयारी भएको छ । भूकम्पपछिको पुननिर्माणका लागि सम्झौता हुने बताइएको छ । यसैगरी मेचीमा पुल बनाउने, गुणस्तरमा मान्यता र लागुऔषधी ओसारपसार नियन्त्रयण गर्ने विषयमा समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पुननिर्माणमा भारतले दिने प्रतिवद्धता जनाएको २५ अर्ब अनुदान सहयोग परिचालन गर्ने विषयमा समझदारी हुने बुझिएको छ । नेपालमा गुणस्तर चिन्ह पाएका उत्पादनले सहज रुपमा भारतमा बजार पाउनका लागि समझदारी हुने बताइएको छ । दुई देशबीच निजगढ विमानस्थल, पुर्वपश्चिम रेल परियोजना र हुलाकी सडक निर्माणका विषयमा पनि थप छलफल हुने कार्यक्रम रहेका छन् । ]लामो समयदेखि चर्चामा रहेको तर सुस्त गतिमा अघि बढेको ५ हजार मेगावाटको पञ्चेश्वर बहुउद्धेशिय परियोजना अघि बढाउने विषयमा छलफल हुने भएको छ । परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएपछि यसमा सहमति जुट्न सकेको छैन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यस बिषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ । यस्तै भारतले सीमावर्ति क्षेत्रमा बनाएको बाँधले नेपालको तराई क्षेत्र डुवानमा परेपछि भएको ठुलो धनजनको क्षति र यसको दीर्धकालिन समधानका लागि छलफल हुने कार्यक्रम छ । कोशी गण्डकी र टनकपुरमा पानी प्रावह नियन्त्रण, कोशी बाढीबाट पीडितलाई राहद दिलाउने विषयमा छलफल हुनेछ । बिहीबार साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन् । बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री देवालाई समकक्षी प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्याक्रम तय भएको छ । बिहीबार प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट हुने छ । त्यसपछि हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । सो अवसमा नेपाल–भारत अन्र्तगतको कटैया–कुसाह १३२ केभी प्रसारणलाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ । यो लाइनबाट थप ५० मेगावाट बिजुली आयात हुने छ । भ्रमणका क्रममा विद्युत व्यापारको विषयमा पनि छलफ हुने छ । प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिह हुनेछन् । सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवासंग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन साँझ इण्डिया फाउण्डेशनले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने अन्तक्र्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ । शुक्रबार अपराह्न प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उहाँले तेलांगना र आन्ध्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री साँझ स्वदेश फर्कने कार्यक्रम छ । बाँधको विषयमा कुरा उठाउनुस : ओली प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सीमामा एकतर्फी रुपमा बाँध र तटवन्ध निर्माण गरेका कारण नेपाली भूभाग डुवानमा परेको बताउदै यसको दीर्धकालिन समस्या समधानका लागि भारतीय पक्षसंग कुरा गर्न सुझाएका छन् । उनले तटवन्ध संरचना भत्काउन माग गरेका छन् । प्रधानमन्त्री देउवालाई सुझाप पेश गर्दे उनले भारत र चीनबीचको विवादमा तटस्थ रहन सुझाएका छन् । परराष्टविद्ले पनि पुराना सन्धी र समझौता कार्यन्वयनमा जोड दिएका छन् । रासस
पत्रकार महासंघमा विजयीको पूर्ण विवरण
काठमाडौ। नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार हुनुहुन्थ्यो । विजयी भएपछि उहाँले महासंघका प्रतिनिधिले दिएको अभिमतलाई सम्मान गर्दै महासंघको साझा छवि कायम राख्न सबै पक्षसँग मिलेर काम गर्ने बताउनुभयो । महाधिवेशन यही भदौ ४ र ५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको थियो । पदाधिकारीहरूमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनका संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरूमा प्रेस चौतारी नेपालको समूह विजयी भएको छ । कूल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो । निर्वाचित पदाधिकारीहरूमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र हुनुहुन्छ । यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ । भूगोलतर्फ केन्द्रीय सदस्यमा प्रदेश नं १ बाट सटेन्द्र जबेगु र उद्धव तिमिल्सिना प्रदेश नं २ बाट देवराम यादव र शैलेन्द्र झा, प्रदेश नं ३ बाट द्वारिका काफ्ले, कृष्ण गिरी, प्रदेश नं ४ बाट रामकृष्ण ज्ञवाली र नवीन कुइँकेल, प्रदेश नं ५ बाट बसन्त गिरी र पुरुषोत्तम सुवेदी, प्रदेश नं ६ बाट कलेन्द्र सेजवाल, पूर्णप्रसाद चौलागाईं, प्रदेश नं ७ बाट मीन बम तथा बराबर मत ल्याई आधा÷आधा कार्यकालका लागि उत्तर विष्ट र श्याम भट्ट विजयी हुनुभएको छ । यस्तै काठमाडौँ उपत्यकाको केन्द्रीय सदस्यमा गोविन्द चौलागाई र लेखनाथ न्यौपाने, प्रतिष्ठानमा टीकाराम प्रधान र यम बिरही विजयी हुनुभएको छ । खुल्ला केन्द्रीय सदस्यमा जन्मदेव जैसी, टेकराज शाही नकुल अर्याल, लक्ष्मण कार्की, हरिहर सिंह राठौर, महिलामा जानुका बराल, सिर्जना अर्याल र श्वेता सिन्हा, दलितमा गोपाल बराइली, मधु शाही, आदिवासी÷जनजातिमा टेकराज थामी र राजेश चाम्लिङ राई, मधेसीमा अवधेशकुमार झा र सुरेशकुमार यादव, अपांगतामा माधव चम्लागाईं, अल्पसंख्यकमा छेटु शेर्पा विजयी हुनुभएको घोषणा निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले गर्नुभयो । लेखा समिति सदस्यमा भूपेन्द्र आचार्य र मीरा राजभण्डारी निर्वाचित हुनुभयो । महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सम्भवतः यही शुक्रबार नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरिने बताउनुभयो ।
प्रधानमन्त्री देउवाको राजकीय भारत भ्रमण भोलिदेखि
काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणमा भोलि बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्र्दै हुनुहुन्छ । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नुभएको हो । नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा साँझ अबेरसम्म अति व्यस्त हुनुहुनेछ । भारत भ्रमणको मुख्य लक्ष्य र उद्देश्य पनि सोही दिन पूरा हुनेछ । भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार भोलि अपराह्न नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उहाँले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ । भोलि साँझ नै प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नुहुनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । बिहीबार नै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यस लगत्तै हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ । दुई देशका सरकारप्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ । दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिह हुनुहुनेछ । सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । त्यसैगरी, उहाँसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन साँझ इण्डिया फाउण्डेशनले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने अन्तक्र्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ । शुक्रबार अपराह्न प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले तेलांगना र आन्ध्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि उहाँ आफ्नो सम्मानमा राज्यपाल नरसिंहनले आयोजना गर्नुहुने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शनिबार बिहान विशेष विमानबाट तिरुपतितर्फ प्रस्थान गर्नुहुनेछ भने अपराह्न तिरुपति बालाजीको दर्शन गरेर वोधगयातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । आइतबार बिहान महावोधी मन्दिरमा पूजाअर्चना सकेर उहाँ विशेष विमानबाटै नयाँदिल्ली पुग्नुहुनेछ । सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
मन्त्रालयको आगामी कार्ययोजनाबारे छलफल
काठमाडौँ, ६ भदौ । जनसंख्या तथा वातावरण मन्त्रालयले आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा आज पूर्वमन्त्री तथा सचिवहरूसँग छलफल गरेको छ । वातावरण मन्त्री मिथिला चौधरीको पहलमा आज यहाँ भएको उक्त छलफलमा सहभागी पूर्वमन्त्री तथा सचिवहरूले मन्त्रालयले बनाउने कार्ययोजना कागजमै सीमित हुने गरेकाले र भोलि पनि त्यस्तै योजना नबनाउन आग्रह गर्नुभयो । सो अवसरमा पूर्वमन्त्री ठाकुर शर्मा, भक्तबहादुर बलायर, सुनील मानन्धर, जयदेव जोशी, पूर्व सचिव डा केशव भट्टराई, डा कृष्णचन्द्र पौडेल, विजय मल्लिक, कृष्ण ज्ञवाली, स्वयम्भूमान अमात्यले मन्त्रालयको कार्यक्रम जनतासमक्ष नपुग्ने गरेकाले त्यसतर्फ ध्यान दिन मन्त्री चौधरीलाई आग्रह गर्नुभयो । उहाँहरूले गत वर्षको बजेट मन्त्रालयको कुनै विभागमा ७५ प्रतिशतसम्म ‘फ्रिज’ हुनु दुःखद भएको बताउँदै बजेट खर्च गर्नेतर्फ मन्त्रालयको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँहरूले वैकल्पिक ऊर्जा प्रवद्र्धनमा जोड दिँदै काठमाडौँको प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारी साधनको संख्या बढाउन सुझाव दिनुभयो । मन्त्रालयका कतिपय कार्यक्रम सेमिनार गोष्ठीमा सीमित बनेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँहरूले जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्न आग्रह गर्नुभयो । वतावरण संरक्षण कार्यक्रममा वैदेशिक ऋण लिन नहुने बताउँदै उहाँहरूले वन मन्त्रालयसँग कतिपय कार्यक्रम मिल्ने भएकाले सो मन्त्रालयसँग पनि समन्वय गरी काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा मन्त्री चौधरीले सुझाव स्वागतयोग्य भएकाले त्यसको कार्यान्वयन गर्न आफू प्रतिबद्धता रहेको बताउनुभएको उहाँका सहयोगी पदम जोशीले जानकारी दिनुभयो । यसअघि मन्त्रालयका तर्फबाट सहसचिव रामप्रसाद लम्सालले मन्त्रालयको आगामी कार्ययोजनाबारे प्रस्तुति दिनुभएको थियो । रासस
कोरियाले दुई करोड चालीस लाख सहयोग गर्ने
काठमाडौँ, ६ भदौ । गणतन्त्र कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप रु दुई करोड ४० नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको यहाँस्थित दक्षिण कोरियाली राजदूतावासले जनाएको छ । उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतका प्रयासमा योगदान गर्न केही सहयोग पुग्ने अपेक्षा कोरिया सरकारले गरेको उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
धानमन्त्रीको राजकीय भ्रमण ः नेपाल–भारत सम्बन्धमा नवयुग प्रारम्भको अपेक्षा
काठमाडौँ, ६ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिदेखि हुने भारतको पाँच दिवसीय राजकीय भ्रमणबाट नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मित्रता थप सुदृढ एवं सुमधुर भई पारस्परिक सम्बन्धमा नवयुगको थालनी हुने अपेक्षा आम नेपालीले गरेका छन् । कार्यकारी सरकार प्रमुखको सर्वोच्च तहमा हुन लागेको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवं कूटनीतिक सम्बन्ध अझ प्रगाढ भई पारस्परिक हित प्रवद्र्धन र सघन सहयोगात्मक बन्नेमा आम नेपालीे मात्र होइन भारतका नागरिक पनि विश्वस्त भएका छन् । बेलायती साम्राज्यविरुद्धको शान्तिपूर्ण सङ्ग्राम जितेर स्वतन्त्रता हासिल गरेको भारत र नेपालबीच कूटनीतिक सम्बन्ध १९४७ जुन १३ मा स्थापित भए पनि त्यसअघि नै नेपालका नेताले ‘भारत छोडो’ आन्दोलनका अग्रणी नेता महात्मा गान्धी, पण्डित जवाहरलाल नेहरू र सुवासचन्द्र बोसलाई साथ दिएर जनस्तरको सम्बन्धलाई बलियो पारेका थिए । कृष्णप्रसाद भट्टराई, बिपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायत नेपालका नेताबाट उक्त आन्दोलनमा भएको योगदानको भारतले सराहना गर्दै आएको छ । नेपाल र भारतबीचको मित्रताका कैयौँ उदाहरण इतिहास बनिसकेका छन् भने दुवै मुलुक नयाँ शिराबाट नवीन इतिहास रचना गर्दै पारस्परिक सद्भाव, सहयोग र मैत्रीलाई अद्वितीय उचाइमा पु¥याउन उद्यत छन् । सन् १९५० को शान्ति तथा मैत्री सन्धिबाट औपचारिक सुसम्बन्धको श्रीगणेश गरेका दुई मुलुक उक्त सन्धिका अव्यावहारिक पक्षलाई समेत परिवर्तन गर्न सहमत हुनुले आपसी सम्बन्ध नयाँ शिराबाट थाल्ने जमर्को भएको मान्न सकिन्छ । यसै मेसोमा उक्त सन्धिका प्रावधानको पुनरवलोकन तथा सम्बन्धका समग्र पक्षको समीक्षा गरी सुझावसहितको प्रतिवेदन पेश गर्न दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठित प्रबुद्ध व्यक्ति समूहबीच पटक–पटक भएका बैठकले पनि नेपाल–भारत सम्बन्धलाई समय सुहाउँदो तुल्याउन भरमग्दुर प्रयास गरिरहेका छन् । सरकारी र जनस्तरको नेपाल र भारतबीचको सम्बन्ध विभिन्न आरोहअवरोह पार गर्दै आपसी हित, समृद्धि र शान्तिको दिशामा अग्रसर भइरहेका छन् । भौगोलिक निकटताले दुवै देशका जनतालाई अझ सन्निकट बनाएको छ भने बन्द व्यापार, वाणिज्य र आर्थिक गतिविधिको प्रमुख केन्द्र भारत नै भएको छ – नेपाल र नेपालीका लागि । नेपाल र भारतबीचको सम्बन्ध नङ र मासुको जस्तो छ तर यस्तो अन्योन्याश्रित सम्बन्धमा बेलाबखत उत्पन्न हुने अविश्वास र असमझदारीलाई सुझबुझपूर्ण कूटनीतिको सञ्चालनबाट परास्त गर्दै दुबै मुलुक अघि बढिरहेका छन् । प्रधानमन्त्री देउवाको यो भ्रमणलाई पनि त्यही आलोकमा दृष्टिपात गर्नुपर्छ । दुवै देशबाट यसअघि भएका उच्चस्तरीय भ्रमणले पारस्परिक सम्बन्धमा नयाँ ईंटा थपेका छन् । दुईसाताअघि भारतका विदेशमन्त्रीबाट भएको नेपाल भ्रमण र उहाँले नेपालकाप्रति गर्नुभएको उद्गार मननीय छ – पण्डित नेहरुदेखि प्रधानमन्त्री मोदीसम्मका उच्च नेतृत्वले नेपालमा सधैं शान्ति, विकास र राजनीतिक स्थायित्वलाई प्राथमिकता दिनुभएको छ, हामी नेपालको विकासको विश्वासिलो साझेदार बन्न चाहन्छौं । – भूकम्पले तहसनहस भएको नेपाललाई आर्थिक एवम् भौतिक सहयोग गरेर मानवीय सहायताको मल्हम लगाएको भारतले सार्वभौम संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासद्ले अनुमोदन गरेको नेपालको संविधानप्रति मौन असन्तुष्टि प्रकट गर्दै नाकाबन्दीजस्तो अमानवीय व्यवहार गरेर झन्डै छ महिना नेपाल र नेपालीलाई दुःख र कष्टको भुँमरीमा धकेलेपछि प्रेममा चलेको सम्बन्ध ‘घृणा’ मा रूपान्तरण भएको जगजाहेर छ । नाकाबन्दीअघिकै जस्तो दुई देशीय सम्बन्धलाई पूर्ववत् रुपमा फर्काउन भारत र नेपालबाट यसबीचमा भएका उच्चस्तरीय राजनीतिक भ्रमण र राष्ट्राध्यक्षका तहमासमेत भएका भ्रमणले वैमनस्यलाई धेरै हदसम्म चिरेको छ र यो अग्रगामी दिशातर्फ उन्मुख छ । अन्तरसम्बन्धमा अडेको वर्तमान विश्वमा कुनै एक मुलुकले अर्को मुलुकलाई लामो समयसम्म आफ्नो प्रभाव र दबाबमा राख्न सक्दैन । भारतका नेता र जनताको दबाबको परिणामस्वरूप अघोषित नाकाबन्दीको अन्त्यसँगै पारस्परिक सम्बन्ध क्रमशः विश्वास, सद्भाव र सहयोगका नयाँ आयामतर्फ उन्मुख भएको छ । दुवै देशको राजनीतिक नेतृत्वले यो वास्तविकतालाई आत्मसात् गरी चिसिएको सम्बन्धलाई हार्दिकतातर्फ डो¥याएका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट प्रधानमन्त्रीका रुपमा र उपप्रधानमन्त्रीका हैसियतमा कमल थापा र परराष्ट्रमन्त्रीका रुपमा डा प्रकाशशरण महतबाट धेरै पटक भएका भ्रमण र वर्तमान मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीबाट भएका भ्रमणले पुराना तिक्ततालाई मेलमिलाप र समझदारीमा परिणत गरिदिएका छन् । कालापानी र सुस्ताजस्ता सीमा व्यवस्थापनका मामिलामा भारतको उदासीनता, नेपालको अपार जलस्रोतमा अधिक लाभको आकांक्षा, नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त भावनामा परिवर्तन अपरिहार्य छ । उच्चस्तरका यस्ता भ्रमण त्यस्ता अव्यावहारिक र अमिल्दा पक्षलाई हटाउन उत्प्रेरक बन्न सक्छन् तर कार्यान्वयनको तहमा तिनलाई लैजानु फलामको च्युरा चपाउनुसरह हुन्छ नेपाल र भारत दुवैलाई । व्यापार, वाणिज्य र पारवहन मात्र होइन एकपक्षीय रूपमा भारतबाट निर्माण भएका बाँध र तटबन्ध पनि नेपालका लागि वर्षायाममा टाउको दुखाइका विषय बन्दै आएका छन् । हालैको वर्षाले नेपालमा भएको व्यापक जनधन र भौतिक पूर्वाधारको क्षतिलाई नयाँदिल्लीले मूकदर्शक भएर बस्न मिल्दैन भन्ने सन्देश पनि प्रवाह गरिसकेको छ । प्रधानमन्त्री मोदीले आफ्ना समकक्षी देउवालाई टेलिफोन गरेर सद्भाव, साथ र समर्थन रहेको बताउँदै राहतका निम्ति आर्थिक सहयोगको प्रतिबद्धता प्रकट गर्नुले उहाँको ‘हम साथ साथ’ भन्ने अभिव्यक्ति कार्यान्वयनमा परिणत भएको छ । भारतको सुरक्षा चासो मनासिब भए पनि उसले तयार पारेको सुरक्षा खाकालाई आँखा चिम्लेर स्वीकार गर्न सकिँदैन । नेपाल¬–भारत सीमा क्षेत्रमा हरेक दिन देखापर्ने भारतीय अधिकारीहरुको मिचाहा चरित्रले नेपालीको मन कटक्क खान्छ । यद्यपि यस्ता गतिविधि नियन्त्रणको प्रतिबद्धता भारतीय पक्षबाट भए पनि कार्यान्वयनको कसीमा ती अनुदित भएका छैनन् । परिवर्तित समयानुसार भारतले नेपालप्रतिको दृष्टिकोण र आफ्नो बाह्य मामिला नीतिमा सुधार गर्नैपर्छ – आम नेपाली जनताले अनुभूत गर्ने गरी । राजनीतिक अस्थिरता, अपरिपक्व कूटनीति सञ्चालन, राष्ट्रिय स्वार्थलाई बेवास्ता गर्दै दलीय र व्यक्तिगत स्वार्थ पूरा गर्ने केही राजनीतिक दल र तिनका नेताको व्यवहारले नेपाल र नेपालीको गरिमामा चोट पुगेको छ भने उग्रराष्ट्रवादी गतिविधिले विश्वको उदीयमान अर्थतन्त्र र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको भारतबाट मुलुकले अपेक्षित लाभ हासिल गर्न नसकेको कटु यथार्थ हामीले बिर्सनु हुँदैन । र, झिनामसिना विषयलाई लिएर दुवै पक्षले दुई राष्ट्रबीचको अनुपम सम्बन्धमा आघात पनि पार्न दिनुहुँदैन । नेपालको सामाजिक–आर्थिक विकासका व्यवधानलाई चिर्दै भारतले साढे छ दशकदेखि आर्थिक, भौतिक एवम् प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ । निरङ्कुश राणा शासन, एकदलीय पञ्चायत प्रणाली, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन, गणतन्त्र स्थापना र संविधान निर्माणमा भारतबाट नैतिक सहयोग र समर्थन प्राप्त भएको यथार्थ पनि स्मरणीय एवं स्तुत्य छन् । नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षमा आइपुग्दा ‘वसुधैव कुटुम्बकम्’ भावनालाई नयाँदिल्लीले आत्मसात् गर्नैपर्छ । भूगोलका हिसाबले आकारमा सानो भएपनि स्वाधीन, स्वतन्त्र राष्ट्र नेपाल र यहाँका जनताका भावनालाई बुझेर ‘कथनी र करनी’ मा पनि उसले एकरुपता ल्याउनैपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, दूरसञ्चारलगायत नेपालको विकास प्रयासमा भारतबाट निरन्तर प्राप्त सहयोग विगतमा भएका यस्तै उच्चस्तरीय भ्रमणका परिणाम हुन् । यस्ता भ्रमणले एकअर्कालाई बुझ्न र पीरमर्का हटाउन मद्दत मात्र गर्दैनन् दुई देशका जनताका विकासका आकांक्षा पनि मुखरित गर्छन् र तिनलाई कार्यान्वयनको दिशामा अघि बढाउने अनुकूल वातावरण पनि तयार गर्छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल विस्तार परियोजना, परोपकार प्रसूति अस्पताल, कोहलपुर–महाकाली लोकमार्गमा २२ वटा पुल निर्माण, रक्सौल–सिर्सिया ब्रोडगेज रेल विस्तार आयोजना, हुलाकी राजमार्ग निर्माण, बृहत्तर जनकपुर विकास आयोजना, रङ्गेली–भद्रपुर र चतरा–वीरपुर सडक परियोजना, जनकपुरमा बाहिरी चक्रपथ निर्माण, बाग्मती, लागबकैया र कमला नदीमा तटबन्ध निर्माण, कोशी र गण्डकी परियोजना, सप्तकोशी बराज, पूर्वपश्चिम रेलमार्ग, अप्टिकल फाइबर बिछ्याउनेजस्ता अनगिन्ती विकास निर्माणका अर्बौ रुपैयाँका आयोजना सञ्चालन एवम् निर्माणले दुई देशबीचको आत्मीयता र सहयोगलाई अझ फराकिलो पारेको छ । नेपाल र भारतबीचको बहुआयामिक, अनुपम एवं अद्वितीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउने र विद्यमान सबै समस्या समाधान गर्ने ध्येयका साथ हुन लागेको प्रधानमन्त्री देउवाको यो भ्रमणले विगतका कमीकमजारीलाई सुधार्दै पारस्परिक लाभका खातिर उच्च राजनीतिक परामर्श गर्ने कार्यक्रमले दुवै देशका जनतामा नयाँ ऊर्जा सञ्चार भएको छ । विगतको चिसो सम्बन्धलाई यो भ्रमणले चिर्ने र नेपाल–भारतबीचका समस्याका सबै जड उखेल्ने दिशामा प्रधानमन्त्री देउवाका भेटवार्ता केन्द्रित हुने पूर्व परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत बताउनुहुन्छ । दुई देशबीचको सम्बन्धसँग गाँसिएका सबै विषयमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले वार्ता गर्ने बताउँदै उहाँले रासससँग भन्नुभयो – विद्युत् व्यापार, व्यापार घाटा न्यूनीकरण, पञ्चेश्वर, महाकालीको पानी बाँडफाँट र सिँचाइ, गण्डक सम्झौता र बाँधको संरचनाका साथै सबै समस्या राजनीतिक तहमा समाधान गर्न प्रधानमन्त्रीबाट प्रयास हुनेछ । विगतमा भएका सम्झौतालाई कार्यान्वयन गरेर छाड्ने भ्रमणको मुख्य लक्ष्य र उद्देश्य भएको स्पष्ट गर्दै उहाँले भूकम्पपीडितलाई भारतले प्रदान गर्ने भनेको आर्थिक सहयोगको कार्यान्वयन, नेपालबाट बग्ने नदीनालाको प्राकृतिक बहावलाई रोक्न नहुने, बाँध र तटबन्धका कारण नेपाली भूमिमा वर्षेनी हुने डुवानका समस्या सदाका लागि समाधान गर्ने अर्जुनदृष्टिका साथ प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लागेको उहाँको कथन छ । प्रधानमन्त्रीको भारत भ्रमण औपचारिकतामा मात्र सीमित हुन नहुने र जलस्रोतको न्यायपूर्ण उपयोग, सिमाना व्यवस्थापन, बाँध र तटबन्धजस्ता विवादका विषय निरुपण, व्यापार घाटा कम गर्ने उपायको खोजीलाई प्रधानमन्त्रीले विशेष प्राथमिकतामा राखेर तद्नुरुप भारतसँग प्रस्तुत हुनुपर्नेमा परराष्ट्र मामिलाका जानकार एवं जापानका लागि पूर्व नेपाली राजदूत विष्णुहरि नेपाल जोड दिनुहुन्छ । रासस