रिया आइएमईबाट ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा हस्तान्तरण
काठमाडौं । मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको छ । रिया आइएमईले साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पुर्याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो रकम उक्त कोषमा हस्तान्तरण गरेको हो । रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई सोमबार मलेसियास्थित नेपाली दुतावासमा भेटि सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
टाटाको नयाँ गाडी योद्धामा अझ धेरै पिकअफ, दसैंका लागि आकर्षक अफरहरु
काठमाडौं । नाडा अटो शोमा टाटा मोटर्सको नयाँ पिकअप गाडी टाटा योद्धा आकर्षणको विषय बनेको छ । यसको मूल्य २० लाख ५० हजार रुपैयाँ रहेको छ । सिप्रदी ट्रेडिङका बिक्रेता शशिला मोटर्सका सेल्स अफिसर कृष्ण अर्यालका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो ।सिप्रदीले यसलाई तीन महिना अगाडी नेपाली बजारमा सार्वजनिक गरेको थियो । टाटाको पछिल्लो डिआइ मोडलको पिक अपभन्दा योद्धाको पिकअप बढी रहेको अर्यालले बताए । उनले भने, ‘डिआइ पिकअपको लोड क्षमता जम्मा ११३० केजी मात्र थियो ।’ तीन लिटरको डिजल इञ्जिन भएको योद्धा कच्ची सडकका लागि उपयुक्त रहेको अर्यालले जानकारी दिए । यसले ८६ एचपी पावरका साथै २५० एनएम टर्क दिन्छ । यसमा भएको अन्तराष्ट्रिय स्तरमो क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको छ । यसमा तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ । यस्ता छन् अफरहरु टाटाले दसैंका लागि गाडी किनौं उपहारै उपहारमा रमाऔं अफर ल्याएको छ । टाटाले बस तथा एमएचसी ट्रकको खरिदमा आइफोन सेभेन प्लस, ५० इञ्चको सोनी स्मार्ट एलइडी टिभी, १३ इञ्चको म्याकबुक एयर, निकोनको नर्मल लेन्स भएको डि५५०० डिजिटल क्यामरा, सामसङको २५५ लिटर फ्रिज र बाली वा फुकेटका लागि चार रात र पाँच दिनको ट्राभल अफर ल्याएको छ । त्यस्तै आइएलसिभी, पिकअप वा प्यानल भ्यानको खरिदमा आइफोन सेभेन, ४८ इञ्चको इन्टरनेट टिभी, डेल ३४८० आइ५ ल्यापटप, निकोनको डिजिटल क्यामरा, सामसङको फ्रिज वा ब्याङकक वा दुबइको लागि टुरको अफर ल्याएको छ । त्यस्तै दुईको खरिदमा सुजुकी जिक्सर स्कुटर, सुजुकी लेट्स डिटी राखेको छ । बाली, सिंगापुर र मलेसियाको लागि आठ रात र नौ दिनको टुर अथवा मरिसस टावरमा चार रात पाँच दिनको टुर राखिएको कम्पनीले जानकारी दिएको छ ।
सुजुकीले ल्यायो ‘डवल मज्जा’ अफर, गाडी खरिदमा ६ लाख रुपैयाँसम्म नगद छुट
काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । भृकुटीमण्डपमा मंगलबारवाट शुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनीका सम्पूर्ण गाडीहरुमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो । नाडा अटो शो मार्फत कम्पनीले स्टल नम्वर एच वानबाट यो सेवा उपलब्ध गराइरहेको छ । यो योजना सुजुकीका देशभरका शोरुमहरुवाट समेत उपलब्ध हुने छ । ‘डवल मज्जा’ अफर अन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्ट्रेशन निशुल्क उपलब्ध गराउने रहेका छन् । यसवाहेक कम्पनीका २०१६ का सम्पूर्ण मोडलहरुमा बिशेष छुट समेत पाउने कम्पनीले जनाएको छ ।
एचटिसीका तीन नयाँ मोडलहरु नेपाली बजारमा, १७ हजारदेखि ७९ हजारमा पाइने
काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा सार्वजनिक गरेको छ । एचटिसी डिजायर ६५०निलो रंगमा उपलब्ध हुनेछ भने एचटिसी डिजायर १० प्रो गोल्डेन ब्ल्याक रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी यु ११ ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध छ । दशैं र तिहारको अवसरमा ग्राहकहरुले प्रतेक एचटिसी फोनहरुको खरिदमा चाँदीको सिक्का निशुल्क प्राप्त गर्नेछन् । एचटिसी डिजायर ६५० एचटिसीको डिजायर ६५०सिरिज सन् २०१७ मा शुरु भएको हो, जसमा नयाँ डिजाईन र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको ५.० इन्चको आईपिएस एलसीडी क्यपासीटीभ टचस्क्रिन हो, यसमा क्वाड कोर १.६ गीगाहर्ज, ३२ जीबीको रोम र ३ जीबीको र्याम, दुई सिम लाग्ने, १३ मेगापिक्सेलको मुख्य क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, झिक्न नमिल्ने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानोरामा तथा मार्शमाल्लो अपरेटिङ सिस्टम राखिएको छ । नेपाली बजारमा यस फोनको मूल्य १७ हजार ८२५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एचटिसी डिजायर १० यो फोनमा १.८ गीगाहर्जको अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने यसमा ४ जीबीको र्याम राखिएको छ । फोनमा आन्तरिक स्टोरेज ६४ जीबीको छ भने फोटोका लागि २० मेगापिक्सेलको मुख्य क्यामरा तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । एचटिसी डिजायर १० मा दुई सिम प्रयोग हुन्छ भने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर, पानोरामा, फिंगर प्रिन्ट तथा एन्टि सेक युक्त छ । नेपाली बजारमा यस फोनको मूल्य २९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एचटिसी यू ११ यो फोन ५.५ इन्चको सूपर एलसिडी क्यापासिटिभ टच स्क्रीन डिस्प्ले युक्त रहेको छ । फोनमा अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने ६ जीबीको र्याम १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । क्यामराको कुरा गर्दा, एचटिसी यू ११ मा १६ मेगापिक्सेलको मुख्य क्यामरा, १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोन ७.१ भर्सनको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित रहेको छ भने ३,००० एमएएचको ब्याट्री पावर रहेको छ । एचटिसी यू ११ नूगटको फिचर सहित आउँछ भने यसमा स्न्यापड्रागन ८३५, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर र पानोरामा रहेको छ । . बजारमा यसको मूल्य ७९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नाडा अटो शोको पहिलो दिनमै १० वटा नयाँ गाडी सार्वजनिक, के के छन् फिचर्स ?
काठमाडौं । नेपाली बजारमा विभिन्न कम्पनीका नयाँ गाडी भित्रिएका छन्। मंगलबार सुरु भएको नाडा अटो शो २०१७ को पहिलो दिनमै १० वटा नयाँ सवारीसाधन ‘लञ्च’ गरिएको हो । शोको पहिलो दिनमा भौतिक पूर्वाधार मन्त्री वीर बहादुर बलायरले गरेका ती दसवटा सवारी साधनको उद्घाटन गरेका हुन् । भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको अवसर पार्दै धमाधम नयाँ गाडी भित्रिएका हुन्। १ डाट्सनको रेडी गो १.० लिटर नाडा अटो शोमा डाट्सनको नयाँ कार रेडी गो १.० लिटर सार्वजिनक भएको छ । यो कारलाई पायोनियर मोटो कर्प प्रालीले नेपाली बजारमा ल्याएको हो । डाट्सनले रेडी गो दुई वटा मोडलमा लञ्च गरेको हो – रेडि गो टि ‘ओ’ र रेडि गो ‘एस’ । रेडि गो १.० को सुरुवाती मूल्य १९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने रेडी गो १.० को मूल्य २० लाख २५ हजार रुपैयाँ रहेको छ । नाडा शो अवधीभर दुवै गाडीमा ७५ हजार रुपैयाँ छुट दिइएको छ । ०.९९ लिटरको डिसप्लेसमेन्ट रहेको रेडी गो कारमा ह्विलबेस २३४८ एमएम रहेको छ । यसको न्युनतम ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ । यो सिल्भर, ग्रे, रुबी, लाइम र ह्वाइट कलरमा उपलब्ध रहेको छ । २ रिनाल्ट क्विड शोमा रिनाल्टको क्विड लञ्च गरिएको छ । एड्भान्स अटोमोबाइल्स प्रालीले यसलाई सार्वजनिक गरेको हो । एससिई ईञ्जिनबाट सञ्चालिन यो कारले यात्रुलाई प्रत्येक ड्राइभमा मनोरञ्जन प्रदान गर्ने कम्पनीको दाबी छ । यसको बुट स्पेस ३०० लिटर क्षमताको छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएमको छ । ३ हुण्डाईको एलिट आइ २० र एक्ससेन्ट एफएल नाडा अटो शोमा हुण्डाईका दुईवटा नयाँ गाडी लञ्च भएका छन् – एलिड आइ २० र एक्ससेन्ट एफएल । हुण्डाईको आधरिकारिक बिक्रेता लक्ष्मी ग्रुपले दुई नयाँ मोडलका गाडी सार्वजनिक गरेका हुन् । एलिट आइ २० आइ २०को स्पोर्ज भेरियन्टको कारको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ भने आस्टाको ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ । २८५ लिटर क्षमताको बुट स्पेस भएको एलिट आइ २० मा ४५ लिटरको फ्युल ट्यांक क्षमता छ । यसको औसत तौल १५२० केजी रहेको छ । यसको टर्निङ रेडियस ५.२ मिटर छ भने १७० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । एक्सेन्ट एफएल एक्सेन्ट एफएल दुई वटा भेरियन्टमा उपलब्ध छन् – एस र एसएक्स । एस भेरियन्टको कारको मूल्य ३० लाख ९६ हजार रुपैयाँ छ भने एसएक्स भेरियन्टको ३३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । २४२५ एमएम को ह्विलबेस रहेको एक्सेन्टमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यसको फ्युल क्षमता ४३ लिटरको छ भने बुट स्पेस ४०७ लिटर रहेको छ । यसको डिस्पेस्मेन्ट ११९७ सिसि रहेको छ । ४ फोर्डको मुस्ताङ फोर्डको नयाँ उत्पादन मुस्ताङ सार्वजनिक भएको छ । गो अटो मोबाइल्स प्रालीले यसलाई नाडा अटो शोमा सार्वजनिक गरेको हो । हाल यसको बिक्री भने सुरु नगरिएको कम्पनीले जानकारी दिएको छ । ५ स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी एमएडब्लु इन्टरप्राइजेज प्रालीले नेपाली बजारमा स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी सार्वजनिक गरेको छ । स्टायल एटी मोडलको १९८६ सिसि डिस्प्लेसमेन्टको यो कारको मुल्य १ करोड १६ लाख रुपैयाँ रहेको छ । २८४१ एमएमको ह्विलबेस रहेको यो कारको ग्राउण्ड क्लियरेन्स १४९ एमएम रहेको छ । कारको कुल तौल २०६० केजी रहेको छ । यसको बुट स्पेस ६३५ लिटरको छ भने पाँच वटा सिटिङ क्यापासिटि छ । ६ महिन्द्राको थार अग्नी इकोरपोरेटेड प्रालीले महिन्द्राको थार लञ्च गरेको छ । महिन्द्रको सिआरडीइ फोरडब्लुडि एसटिडीको मूल्य ३७ लाख ८५ हजार रुपैयाँ रहेको छ । यसको डिस्प्लेसमेन्ट २४८९ सिसि क्षमताको छ भने फ्युल ट्यांक क्षमता ६० लिटर छ । २४३० एमएमको ह्विलबेस रहेको थारको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । यसमा एयर कन्डिसनरका साथै हिटरको पनि सुविधा छ । यो गाडी रातो रेज, फियरी ब्ल्याक, मिस्ट सिल्भर, डायमण्ड ह्वाइट र रक्की बिजमा उपलब्ध छन् । ७ नयाँ प्युगोट ५०८ सांग्रिला मोटर्स प्रालीले प्युगोट ५०८ एल्युर ४ डोर सेडान कार सार्वजनिक गरेको छ । यसको मूल्य ९५ लाख रुपैयाँ रहेको छ । २४० एनएम टर्क क्षमताको यो कारको डिस्प्लेसमेन्ट १५९८ सिसि रहेको छ । यसको फ्युल ट्यांक क्षमता ७२ लिटर रहेको छ । यसको कुल तौल २०४५ केजी रहेको छ । यो कारको ह्विलबेस २८१७ एमएम रहेको छ । ८ सुजुकीको इग्निस बहुप्रतिक्षित कार‘जापानी कम्प्याक्ट एसयूभी’ इग्निस नेपाली बजारमा ल्याएको छ । अरुण इन्टरनेशनल ट्रेडर्सले यो कार मंगलबार नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको हो । ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले रहेको यो कारले स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखि ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याटफर्ममा आधारित रहेको छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्धगरिएको छ । यसरी उपलब्धगरिएका सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकताअनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाव पुर्याउँछ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । साथै अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०:४० रियर स्प्लिट सम्म बुटस्पेस बढाउन सकिन्छ । कारमा रहेको हाई आई प्वाइन्टका कारण सहर, हाइवे लगायत स्थानमा समेत आवश्यकता अनुसार कार चलाउन र नियन्त्रण गर्ने सहजता प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ईग्निसलाई दुई भिन्न ईञ्जिनअप्सनका साथमा उपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । ९ सुजुकीको एक्सेस स्कुटर भीजी अटोमोबाइल प्रालीले सुजुकीको नयाँ स्कुटर एक्सेस डिस्क सार्वजनिक गरेको छ । १२५ सिसि डिसप्लेसमेन्ट रहेको यो स्कुटरको मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ । १० सानयाङको फिडल थर्ड श्रेष्ठ कम्पनी प्रालीले सानयाङको नयाँ स्कुटर फिडल थर्ड सार्वजनिक गरेको छ । नाडा अटो शोमा लञ्च भएको यो स्कुटरको मूल्य दुई लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले अटो शोदेखि दसैंसम्मका लागि यो स्कुटरमा दस हजार रुपैयाँको छुट दिएको छ । १२५ सिसिको डिस्प्लेस्मेन्ट रहेको यो स्कुटरमा ६.५ लिटरको फ्युल क्षमता छ । १३२० एमएमको ह्विलबेस रहेको यो स्कुटरको अधिकतम टर्क क्षमता १० एनएम रहेको कम्पनीले जानकारी दिएको छ ।
नाडा अटो शोमा नयाँ स्कोडा सुपर्ब सार्वजनिक, मूल्य एक करोड १६ लाख रुपैयाँ
काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले आफ्नो निकै सफल र रुचाइएको मोडेल सुपर्बको तेस्रो पुस्तालाई १४ नाडा अटो शोमा सार्वजनिक गरेको छ । एमएडब्लुले नाडा अटो शोमा १८०० सीसी भएको स्कोडा सुपर्बको ‘स्टाइल’ भेरियन्टलाई प्रदर्शनीमा राखेको हो । सुपर्बको तेस्रो पुस्ता हालसम्मकै शक्तिशाली भए पनि अत्याधुनिक इन्जिन र सुध्रित एरोडाइनामिक्सका कारण यसको फ्युल इफिसेन्सी ३० प्रतिशतले बढी रहेको छ । स्कोडा सुपर्ब क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, म्याग्नेटिक ब्राउन र बिजनेस ग्रे गरी चार रंगमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य एक करोड १६ लाख तय गरिएको कम्पनीले जनाएको छ । निकै स्पेसियस, नविनतम सुरक्षा प्रणाली, आरामदायी फिचर, पावरफुल इन्जिन र ‘सिम्प्ली क्लेभर’ सुविधाले भरिएको सुपर्बले एक पटक फेरि आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको अपेक्षा रहेको छ । स्कोडाको नयाँ कार ‘स्पेसियसनेस र प्राक्टिकेबिलिटी’ जस्ता ब्रान्डको मुख्य विशेषता रहेकाे कम्पनीले बताएको छ । नयाँ स्कोडा कारमा २.० टिडीआई/१३२ किलोवाट (१७७ पीएस)को इन्जिन रहेको छ । ‘नयाँ सुपर्ब बार स्कोडा ब्रान्ड डिजाइन र इन्जिनियरिङमा निपुण छ भन्ने तथ्यको बलियो प्रमाण हो । ग्राहकले यसमा अतुलनीय प्रविधि, र अद्वितीय सुरक्षा व्यवस्था र आरामदायी सुविधाको अनुभव गर्न पाउनुहुनेछ,’ स्कोडा एमएडब्लुका चिफ जेनेरल म्यानेजर सुरज मानन्धरले भने, ‘हाम्रा ग्राहकको विश्वास हाम्रो सबैभन्दा बलियो आधार हो । नयाँ सुपर्बले यो विश्वासलाई अझ मजबुत बनाउनेमा हामी विश्वस्त छौं ।’ स्कोडा एमएडब्लुले सुपर्बमा चार वर्षको अवधि वा एक लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणा समेत गरेको छ । सुपर्बको इन्टेरियर र एक्सटेयरियरमा क्रिस्टलाइन डिजाइन ल्याङवेजलाई पछ्याएको छ । यसको बडी म्याकफर्सन फ्रन्ट स्टर्ट र मल्टी–लिंक एक्सलमा निर्माण गरिएको छ जसले चुनौतीपूर्ण अवस्थामा पनि सन्तुलनलाई ग्यारेन्टी गर्छ । कम्पनीका अनुसार नयाँ सुपर्बमा मल्टि–कोलिन ब्रेकसहितको इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, , इलेक्ट्रिोनिक टायर प्रेसर मोनिटरिङ, आठ वटा एयर ब्याग, फास्टेनिङ एलर्ट जडान भएको पाँच वटा थ्रि–प्वाइन्ट सिट बल्ट, इलेक्ट्रिोनिक डिफेरेन्सियल लक सुविधा भएको एक्सडीए प्लस जस्ता सुरक्षा व्यवस्था राखिएका छन् । साथै, यसमा नविनतम लाइटिङ सिस्टम, बएएफएस फंक्सन र लि डेलाइट रनिङ लाइट भएको बाइ–जेनन ल्याम्प पनि रहेको छ जसले रातिको समयमा गाडी चलाउन निकै सहज पार्छ । यसमा सेग्मेन्टकै सबैभन्दा ठूलो बुट (६२५ लिटर) रहेको छ । साथै, यसमा इनबिल्ट रियर भ्यु क्यामेरा मात्र होइन पुरानो शैलीको ह्यान्ड ब्रेकलाई हटाएर अटोमेटिक इलेक्ट्रोमेकानिकल पाकिङ बै्रक जडान गरिएको छ । नयाँ स्कोडा सुपर्बमा थ्रि जोन एयर कन्डिसनिङ छ जसले कारभित्र एकै नासको तापक्रम कायम गर्छ । यो कारमा इलेक्ट्रिोनिक पनोरमिक ग्लास रुफ, अक्जिलरी हिटिङ, वायरलेस हिटेड विन्ड स्क्रिन, हिटेड वासर जेट जस्ता फिचर पनि रहेका छन् । साथै, ड्राइभिङ कम्फोर्टको लागि यो गाडीमा रेन/लाइट सेन्सर वाइपर राखिएको छ । मोबाइल फोनलाई मिरर लिंक/एप्पल कारप्ले वा एन्ड्रोइड अटोमार्फत कारको सिस्टममा जोड्न सकिन्छ । यसमा ६.५ इन्चको टच स्क्रिन समेत रहेको छ । स्कोडाको नयाँ कारमा यात्रालाई आरामदायी बनाउन २९ वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन । पछाडिको सिटमा ट्याब्लेट होल्डर, अगाडि जम्बो बक्स, युएसबी पोर्ट र २३० भोल्टको सकेट पनि रहेको कम्पनीले बताएको छ ।
स्वदेशमा मलखाद उत्पादन गर्न कारखाना स्थापना हुदै
काठमाडौं । कृषि विकासमन्त्री रामकृष्ण यादवले नेपालमै रासयनिक मलखाद उत्पादन गर्नका लागि कारखाना स्थापनको तयारी भएको बताएका छन् । स्वदेशमा कारखाना नहुँदा मलखाद खरिदमा वर्षेनी अर्बौ रुपैयाँ विदेशिएको भन्दै उनले यसलाई रोक्न सरकारी तवरबाट मलखाद कारखाना स्थापना हुन लागेको जानकारी दिए । कृषि उत्पादन बढाउन गोठे प्राङ्गगारिकसँगै रासायनिक मलको अति आवश्क रहेको उनले बताए । “मुलुकमा ७ लाख २३ हजार मेट्रिक टन रासायनिक मलको आवश्यक रहेपनि सरकारी तवरबाट साढे ३ लाख मेट्रिक टन मलमा अनुदान दिइएको छ,” मन्त्रीयादवले भन्नु भने “मुलुकमा रासायनिक मलखादको कारखाना नहुँदा वर्षेनी अरबौ रुपैयाँ बाहिरिएको छ ।” मन्त्रीयादवले मुलुकमा मागको ६० प्रतिशत मल सरकारी र बाँकी गैरकानुनी तवरबाट आयात भइरहेको बताए । कृषि र मलखाद एक अर्काेको परिपुरक भएकाले पनि उत्पादन बढाउनका लागि मलखाद आवश्यक पर्ने भन्दै मन्त्री यादवले यसको विस्तारको लागि लागिरहेको बताए । यता निजी व्यवसायीले पनि रासायनिक मलको कारोबार गर्न पाउनुपर्ने माग गरेका छन् । हाल सरकारले सहकारी संस्थाबाट वितरण गदै आएको रासायनिक मललाई निजी व्यवसायीले पनि बेच्न पाउनुपर्ने उनीहरुको भनाई छ । मलखाद व्यवसायी संघ नेपालको राजधानीमा भएको महाधिवेशमा व्यवसायीले सहकारी सरह निजी व्यवसायीले पनि मल बेच्न पाउने व्यवस्था हुनुपर्ने बताएका हुन । कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट्र टे«डिङ्ग कर्पाेरेशनले रासायनिक मल आयात गरी सहकारीमार्फत किसानलाई वितरण गदै आएका छन् । मन्त्रालयका सहसचिव डा. योगेन्द्र कार्कीले खाद्यान्न उत्पादन बढाउन सिचाई, उन्नत बीउ, प्रविधिसँगै मलखादको पनि अति आवश्यक रहेको बताए । खाद्यान्न उत्पादन भएमात्र ग्रामीण अर्थतन्त्र सुधार हुन सक्ने भन्दै उनले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । मल, बीउ,प्रविधिलाई तालमेल गर्न सके कृषि क्षेत्रको आधुनिकरण र व्यवसायीकरण नभई उत्पादकत्व बृद्धि हुन नसक्ने भन्दै सहसचिव कार्कीले कृषिको व्यवसायिकरण गर्न १ खर्ब ३० अर्ब रुपैयाँ लागतमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सञ्चालन गरिएको बताए । मलखाद व्यवसायी संघ नेपालका अध्यक्ष चन्द्रकान्त डल्लाकोटीले सरकारले निजी व्यवसायीलाई पनि रासायनिक मलको विक्रि गर्न पाउनुपर्ने बताए । कृषिलाई चाहिने १६ तत्व मध्ये युरिया, डिएपी र पोटास सरकारले अनुदान दिएपनि बाँकी तत्वहरु निजी व्यवसायीले विक्रि गरिरहेकाले निजी क्षेत्रलाई पनि रासायनिक मल विक्रि खुला गर्नुपर्ने उनको भनाई छ ।
दशैंको अवसरमा टाटाले ल्यायो नयाँ योजना, कार खरिदमा १० तोलासम्मको सुन उपहार
काठमाडौं । नेपालका लागि टाटा मोटरका अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडपर्वको अवसर पारेर आफ्नो नयाँ योजना “दशैंमा १० सै तोला” नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा कारको खरिदमा १० तोलासम्मको पक्का सुन प्राप्त गर्नेछन् । बिक्रि, सेवा र स्पेयर पार्टस्मा नेपालकै सबै भन्दा ठूलो संजाल रहेको सिप्रदी ट्रेडिङ्गले टाटा कारहरु स्ट्रोम, बोल्ट, टियागो र जेस्टको खरिदमा ग्राहकहरुलाई क्रमशः १० तोला, ७ तोला, ६ तोला र ५ तोला पक्का सुन उपहार स्वरुप प्रदान गर्नेछ । त्यसैगरी, टाटा टिगोरको खरिदमा ग्राहकहरुले १ तोला सुन प्राप्त गर्नुका साथै ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरको सरल कर्जामा समेत उक्त कार खरिद गर्न सक्नेछन् ।