विकासन्युज

प्रहरीले तस्करीमा निगरानी बढाएपछि तिहारको मुखमै सुनको अभाव

काठमाडौं । तिहार नजिकिएसँगै बजारमा सुनको अभाव हुन थालेको छ । प्रहरीले सुनको तस्करीमाथी निगरानी बढाएपछि बजारमा सुनको अभाव देखिन थालेको हो । गत भदौमा काठमाडौं महानगरीय प्रहरी कार्यालयको अपराध महाशाखाले क्षेत्रपाटीमा केरुङ नाकाबाट भित्रिएको अहिलेसम्मकै ठुलो परिमाणको ८८ किलो सुन बरामद गरेको थियो । तिहारका अवसरमा बजारमा सुनको माग बढ्न थालेपछि अभाव देखिएको छ । तिहारमा गरगहनाभन्दा टुक्रा सुनको माग बढी हुनेगरेको शाक्यले बताए । उनका अनुसार सिजनमा माग ह्वात्तै बढ्ने हुनाले व्यवसायीले अवैध तरिकाबाट समेत सुन ल्याएर कारोबार गर्छन् । ‘८८ किलो सुन बरामद भएपछि तत्काल समस्या देखिएको थिएन । तिहारमा माग बढ्ने बितिक्कै बजारमा सुनको अभाव देखिन थालेको छ,’ उनले भने, ‘अहिले प्रहरीले निकै कडाई गरेको छ । यो राम्रो कुरा हो । तर उपभोक्ताहरु तिहारमा टुक्रा सुन भएपनि जोहो गर्ने भएकाले अहिले बजारमा अभाव देखिएको हो ।’ तिहारमा सामान्य अवस्थाभन्दा सुनको माग बढ्ने भएकाले सुनको अभाव देखिएको व्यवसायी बताउछन् । सामान्य अवस्थामा सुनको दैनिक माग १५ किलो हो । तर अहिले माग बढेर दैनिक ३० किलोसम्म पुगेको सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । राष्ट्र बैंकले दैनिक १५ किलो मात्र सुन आयात गर्न अनुमति दिएको छ । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । चाडबाड तथा बिवाहको सिजनमा कोटा बढाएर २० किलो सम्म पुर्‍याउने गरिएको छ । बैंकले १००/२०० ग्रामका दरले सुनको बिक्री गर्नुपर्ने देखिएको शाक्यले बताए । उनले भने, ‘ हामीले व्यवसायीले सामुहिक रुपमा बैकंबाट एक पटकमा १ किलोको दरले मात्र सुन खरिद गर्छौं । वाणिज्य बैंकले १००/२०० ग्राममा सुनको बिक्री गर्ने हो भने सिजनमा बजार धान्न सजिलो हुन्थ्यो ।’ गत आर्थिक वर्षदेखि सरकारले बिदेश बसेका नेपालीले ५० ग्राम काँचो सुन ल्याउनने व्यवस्थालाई हटाएको थियो । कानुनले टुक्रा सुनको कारोबारलाई निषेध गरेपनि व्यवहारिक रुपमा टुक्रामा सुनको कारोबार हुने गरेको शाक्यले बताए । कम सुनले मात्रै कारोबारको अनुमति पाएपछि बाँकी हुने माग तस्करीले धान्दै आएको शाक्यले बताए । सुनको अत्याधिक माग हुने दिन धनतेरासमा सुनको माग धान्न गाह्रो पर्ने देखिएको उनले बताए ।

नेपाल रेडक्रसले आपत्कालीन स्वास्थ्य क्लिनिक शुरु गर्दै

काठमाडौं । आपत्कालीन अवस्थामा अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न नेपाल रेडक्रसले आपत्कालीन स्वास्थ्य क्लिनिक सेवा युनिट स्थापना गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासँघको आपत्कालीन अनुक्रिया युनिटले वाह्य देशबाट आई २०७२ सालको भूकम्प लगत्तै स्वास्थ्य सेवाको क्षेत्रमा सह्रानीय काम गरेको अवस्थाबाट प्रभावित भई नेपालमा पनि आवश्यकता महसुस गरी अन्तर्राष्टिय सहयोगमा आपत्कालीन स्वास्थ्य क्लिनिक सेवा युनिटको स्थापना गरिएको नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले जानकारी गराए। ठूलो स्तरको विपद वा द्घन्द्वको परिस्थितिमा तत्कालै फिल्डमा गई स्वास्थ्य सेवा प्रदान गर्न स्थापित युनिटमा दक्ष जनशक्ति तयार गर्न सीममूलक तालिमहरु प्रदान गरिएको छ । यसै बीच स्वास्थ्य क्लिनिक सेवाको प्रयोजनको लागि व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम आज असोज २४ गते मँगलबार काठमाडौंमा सम्पन्न भएको छ । गत असोज २० गते देखि शुरु भएको सो तालिममा नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी र विभिन्न सँस्थाका ७ महिला र ७ पुरुष गरी १४ जनाको सहभागिता रहेको थियो । सहभागीहरुले सेवाको क्रममा आवश्यक पर्ने सामग्रीहरुको आपुर्ति, भण्डारन र व्यवस्थापन, क्लिनिक स्थापनाको लागि रब हल तथा आपतकालीन कक्षहरुको स्थापना, गोदामघरहरुको निर्माण र गरिएको कार्यहरुको प्रतिवेदन तयारी जस्ता विषयहरुमा फिल्ड अभ्यास गरी सीप प्राप्त गरेका छन् । गत भुकम्प अघि नै यस्तो सेवा सुरुगर्न सकेको भए अझ प्रभावकारी हुने थियो भन्दै तालिमको समापन कार्यक्रममा बोल्दै नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका सहभागि प्रतिनिधि ज्ञान बहादुर बीसीले भनेः यस्तो आपत्कालीन सेवाको काममा रेडक्रससँगको सहकार्य वढाइने छ ।

कमोडिटी बजारलाई नियमन गर्ने धितोपत्र बोर्डको तयारी, वस्तु तथा विनिमय बजार नियमावली मंसिरदेखि लागु हुने

काठमाडौं । धितोपत्र बोर्डले कमोडिटी बजारलाई नियमन गर्न आवश्यक नियमावली कात्तिकभित्र ल्याउने भएको छ । बोर्डले हाल वस्तु तथा विनिमय बजार सम्बन्धित नियमावलीको मस्र्यौदा तयार पारेको छ । मस्यौदा सरोकारवालासंग छलफल गरेपछि आउदो मंसिरसम्म नियमावली लागु गर्ने तयारी भएको बोर्डका कानून प्रमुख मुक्ति श्रेष्ठले बताए । नियमावली आएपछि बजार नियमन सुरु हुने उनको भनाई छ । वस्तु विनियम बजारमा काम गर्ने संस्था विवादित बनेपछि सरकारले यस सम्वान्धित कानून बनाएको हो । व्यवस्थापिका संसदले विद्ययेक पारित गरेपछि कार्यन्वयनका लागि बोर्डले नियमावली बनाउन लागेको हो । हाल आधा दर्जन कम्पनीहरुले वस्तु विनिमय बजारको स्पट र फिचर्स ट्रेडिङ कारोबार गरिरहेको बोर्डले जनाएको छ । कम्पनी आधा दर्जन देखिए पनि कम्पनी रजिष्टारको कार्यलयमा एक दर्जन बढी कम्पनीले वस्तु विनियम बजारको काम गर्न अनुमति लिएको पाइएको श्रेष्ठले जानकारी दिए । नियमावली लागु भएपछि एक्सचेन्ज कम्पनीले बोर्डमा दता गर्नुपर्ने छ । नियमावली आएपछि पुरै प्रणालीको परीक्षण हुने भएकाले पहिलाको जस्तो समस्या नआउने उनको भनाई छ । वस्तु विनिमय बजार कारोबार गर्ने कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) निष्कासन गर्न पाउदैनन् । यस क्षेत्रको नियमन बोर्डले गर्ने छ । नेपालमा वस्तु विनिमय बजारको कारोबार सुरु भएको एक दशक पुरा भएको छ । २०६३ मंसिरमा कमोडिटी एन्ड मेटल एक्सचेन्ज नेपाल लिमिटेड (कोमेन) को स्थापना भएको हो । कोमेनका साथै मर्कन्टाइल एक्सचेन्ज, नेपाल डेरिभेटिभ एन्ड कमोडिटी फिचर्स एक्सचेन्ज, वेल्थ एक्सचेन्ज रहेका छन् । अन्य कम्पनी पनि आउने तयारीमा छन् । विभिन्न खाद्य वस्तु, पेट्रोलियम र सुनलगायत अन्य वस्तुको पनि स्पट र फिचर्स कारोबार गर्दे आएका छन् ।  

अध्यक्ष गौचनको हत्यारालाई खोजी गरी कारबाही गर्न माग गर्दे विरोध प्रदर्शन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन निकालेको छ । अध्यक्ष गौचनको सोमबार दिउँसो ३ बजेतिर काठमाडौं नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । महासंघमा आवद्ध पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले बुधबार माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । र्यालीमा सहभागीहरुले गौचनलाई शहिद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्नेलगायतका माग राखेका छन् । महासंघले यसअघि गौचनको हत्यारालाई तत्काल खोजी कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरुसँग भेट गरिसकेका छन् । महासंघका महासचिव रामशरण देउजाले अध्यक्षको हत्यासँगै नाम नखुल्ने नम्बरबाट अन्य व्यवसायीलाई समेत फोन आउन थालेको भन्दै व्यवसायीको सुरक्षाका लागि सरकारसँग आग्रह समेत गरे । अध्यक्ष गौचनको हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने महासंघ तथा उनका परिवारले बताएका छन् । रासस

घरेलु तथा साना उद्योगका उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्छः वाणिज्यमन्त्री

काठमाडौं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई गुणस्तरीय र प्रतिष्पर्धी बनाएर बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । बढ्दो व्यापार घाटा कम गर्न र निर्यात बढाउन गर्न सकिने उपायबारे नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र यिनका उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिएर अगाडि बढेको उनले प्रष्ट पारे । नेपालको व्यापारको अवस्था कहाली लाग्दो अवस्थामा रहेको भन्दै उनले भने –‘हामीले व्यापार गर्न नै जानेनौं, अलिक बढी मेहनत गरेर घरेलु उत्पादनलाई उच्च गुणस्तरीय बनाउन सक्यौं भने अन्तराष्ट्रिय बजारका लागि हाम्रा प्रतिष्पर्धी नै कोही हुने छैनन्, यसले नेपालको पहिचान र गौरव प्रस्तुत गर्नुका साथै चुलिंदै गएको व्यापार घाटा कम गर्न सकिनेछ ।’ घरेलु तथा साना उद्योग फष्टाउनका लागि पहिलो शर्त गुणस्तर र त्यसपछि परिमाण भएको भन्दै उनले भने –‘अब यस्ता उद्योगहरूलाई समूहगत रूपमा विकास गर्दै लैजानुपर्छ सहकारीको माध्यमबाट, अब मुलुकका लागि बचत तथा ऋण सहकारी होइन हस्तकला, घरेलु उद्योग जस्ता विषयगत सहकारीको अवधारणा विकास गर्नुपर्छ ।’ छिट्टै नाफा कमाउने लोभमा कम गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ लाग्दा नेपाली ब्राण्ड नै विग्रँदै गएकोे भन्दै मन्त्री विश्वकर्माले भन्नुभयो छिटो नाफा कमाउने लोभमा हाम्रा ब्राण्डहरू चिया, अदुवा, पश्मिना, सुपारीलगायतका ब्राण्डलाई छिमेकी मुलुकबाट ल्याएर निर्यात गर्ने प्रवृतिले विगार्यौँ धन्य अलैंची भने छिमेकी मुलुकमा नपाईने भएकाले बचेको छ ।’ नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन समय सुहाउँदो प्रविधि र सीपको विकास हुनुपर्नेमा पनि मन्त्री विश्वकर्माको जोड थियो । वाणिज्यराज्यमन्त्री नरबहादुर चन्दले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले लघु उद्योगको विकास गर्न सकेमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिंदै विदेशमा उनले बताए । स्वदेशी मौलिक उत्पादनहरूलाई अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्ने उद्देश्यका साथ वाणिज्य मन्त्रालयको स्थापना भएको भन्दै मन्त्री चन्दले घरेलु तथा साना उद्योगहरूलाई प्रवद्र्घन र विकास गर्ने मुख्य दायित्व मन्त्रालयको भएको प्रष्ट पारेका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताए । संख्यात्मक हिसाबले पनि कम हुँदै तीन लाख २० हजार उद्योगमध्ये अहिले एक लाख ९५ हजार यस्ता उद्योगहरू सञ्चालनमा रहेको जानकारी दिंदै उनले लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको नीतिगत स्पष्टता भएकोमा जोड दिए । नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघ समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताए । महासंघका अध्यक्ष गिरीले वित्तीय र प्रविधि पहुँच नै लघु, घरेलु तथा साना उद्योगहरूका मुख्य चुनौतिको रूपमा रहेको बताए । उनले भने ‘मुलुकका वाणिज्य तथा विकास बैंकहरूले ठूला ठूला लगानीमा रूचि देखाउँछन भने ग्रमीण क्षेत्रमा सञ्चालित लघुवित्तहरूले गरिबी निवारणका लागि सघाउँदै आएका छन् लघु, घरेलु तथा साना उद्योगलाई सम्बोधन हुन सकेन ।’ लघु घरेलु तथा साना उद्योगको विकास मार्फत नेपालको आर्थिक रुपान्तरण हासिल गर्न सकिने भन्दै उहाँले नेपालमा यस्ता उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण र युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुका विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार, खोज, अनुसन्धान र आविष्कारहरुलाई उद्योग विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए । रासस

सानिमा बैंकको नयाँ शाखा गौशालामा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा काठमाडौंको गौशालामा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन असोज २५ गते सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् । उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि बैैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताएका छन् । त्यसयैगरी बैंकका सिईओ भुवन दाहालले यस गौशाला शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंकले यस शाखा सहित हाल सम्म ४७ वटा शाखा सञ्जाल तथा ५३ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।

१० प्रतिशत बोनस सेयर पछि आइसिएफसि फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार आइसिएफसि फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २७४ रुपैयाँ रहको थियो ।

यूनाइटेड इन्स्योरेन्सप्रति कर्मचारीको विश्वास गुम्दै, सीईओको टेबुलमा राजीनामा पत्रको चाङ

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्नै कर्मचारीको विश्वास गुमाउन थालेको छ । कम्पनीको भविष्यप्रति अविश्वास गर्दै महत्वपूर्ण जिम्मेवारीमा रहेको कर्मचारीहरुले राजीनामा दिएका छन् । कम्पनी अनप्रोफेशनल तरिकाबाट चलेको, संस्था घाटामा गएको, उच्च व्यवस्थापनले कर्मचारीबीच भेदभाव पूर्ण व्यवहार गरेको आरोप राजीनामा दिने कर्मचारीहरुको छ । स्रोतका अनुसार कम्पनीको धनगढीका शाखा प्रमुख राकेश कर्माचार्य, शंकर भण्डारी, धिरेन्द्र जोशीले राजीनामा दिएका छन् । इटहरीका शाखा प्रमुख राधाकृष्ण श्रेष्ठ, नेपालगञ्जका शाखा प्रमुख हरि चौधरीले राजीनामा दिएका छन् । बनेपाको शाखा प्रमुख राधाकृष्ण श्रेष्ठले पनि राजीनामा दिएका छन् । त्यस्तै, भैरहवा कार्यलयका प्रमुख प्रकाश गैरेले पनि सीईओ शेखर बराललाई इमेल गर्दै राजीनामा दिएका छन् । मुख्य कार्यलयका एकाउन्टेट रवि सराफले पनि राजीनामा दिएका छन् । केही समयअघि अण्डरराईटिङ प्रमुख प्रविण कोइराला, कम्पनी सचिव तथा लिगल अफिसर टंक रेग्मी, प्रकाश पन्त, ईश्वार भट्टराईले कम्पनी छोडेर हिडेका थिए । पछिल्लो समय कर्मचारीहरुले मानव संशाधन विभाग प्रमुख रेमिना मानन्धरले स्वीकार गरिने । तर कस कसले राजीनामा दिएको हुन् भन्ने विवरण सार्वजनिक गर्ने अधिकार आफूसँग नभएको उनले बताइन् । कम्पनी छोड्नेको राजीनामा पत्रहरुको चाङ प्रमुख कार्यकारी अधिकृत शेखर बरालको टेबुलमा थुप्रदै गएपनि धेरैको राजीनामा स्वीकृत भएको छैन । राजीनामा स्वीकृत नभएपनि यूनाईटेडमा छाडेर अरु कम्पनीमा जाने क्रम तिब्र भएको छ । ‘राम्रो अवसर पाएपछि जसले पनि छोड्छ । उहाँहरुले अन्त राम्रो अवसर पाउनुभयो होला र यस कम्पनीमा छोड्नु भयो’ कम्पनीको प्रबन्धक सिर्जा लोहनीले भनिन् । खाली पदपूर्तिको प्रयास कम्पनीले प्रयास गरिरहेको उनले बताइन् । प्रमुख कार्यकारी अधिकृत शेखर बरालले कर्मचारीलाई पक्षपात पूर्ण व्यवहार गरेको, बीमितको दावी भुक्तानी गर्दा पनि पक्षपात पूर्ण व्यवहार गरेकोले राजीनामा दिएको धनगढी शाखा प्रमुख राकेश कर्माचार्यले बताए । ‘१० बजेदेखि ५ बजेसम्म सीईओको कचकच सुन्नुपर्छ’ कर्माचार्यले भने–‘धनगढीमा यूनाईटेड इन्स्योरेन्स भन्ने कम्पनी कुन हो ? यसको प्रवद्र्धक को हुन् ? प्रमुख कार्यकारी अधिकृत को हो ? कसैलाई केही थाहा हुँदैन । म लगायत ब्राच्चका टिमको मिहिनत र हामीले दिलाएको विश्वासका आधारमा ग्राहकले बीमा गर्छन । तर ग्राहकले बीमा दावी गरेपछि भुक्तानी गर्न किचकिच गर्छन् । यो भएन र त्यो भएन भनेर झुलाउने काम हुन्छ ।’ ‘बीमितलाई सीईओसँग भेटाउँदा ग्राहकलाई तत्काल भुक्तानी गर्ने आश्वाशन दिन्छन् । ग्राहक फर्केर गएपछि यो भएन, त्यो भएन भनेर कचकच गर्छन । अनि ग्राहकले के सोच्च भने सीईओ त ठिक मान्छे रहेछ, ब्राच्च मेनेजरले नै रोकेको रहेछ । यसरी काम गर्न सकिन्न नि’ उनले तितो अनुभाव सुनाए । कर्माचार्यले यूनाइटेड कम्पनीमा राजीनामा पत्र बुझाएको दुई महिना हुन लाग्यो । तर स्वीकृत भएको छैन । उनले एभरेष्ट इन्स्योरेन्स कम्पनीको नियुक्ती पाईसकेको छन् र सोही कम्पनीमा हाजिर भईसकेका छन् । कम्पनीमा हाल करिव २०७ जना कर्मचारी रहेको लोहनीले बताईन । कम्पनी २० वर्ष पुरानो भएपनि सवारी चालक, कार्यलय सहयोगी, म्यासेन्चर वाहेक अन्य पदमा अनुभवी कर्मचारी नगण्य रहेको छ । ‘प्रमोटरका नातागोताका मान्छे, हाजिर यूनाटेडमा गर्ने तर काम अनेक गरेर दोहोरो तेहेरो लाभ लिने कर्मचारी मात्र बढी टिकेका छन् । दक्षता भएका, प्रर्फमेन्स देखाउन सक्ने, प्रोफेशनल तथा डिग्नीटी भएका कर्मचारी यूनाईटेड कम्पनीमा टिक्दैनन’ सो कम्पनीको उच्च व्यवस्थापनमा काम गरेर वाहिरिएको एक अनुभवीले बताए । कुनै पनि कम्पनीमा कर्मचारी टर्नओर (छोड्ने र नयाँ भित्रने दर) उच्च हुनु राम्रो मानिदैन । बीमा जस्तो जटिल प्रकृतिको सेवा प्रदायक कम्पनीमा अनुभवी कर्मचारी कम हुँदा जोखिम उच्च हुने बीमा समितिका अधिकारीहरु बताउँछन् । नयाँ बीमा कम्पनी नअाउँदै पहिराे गएकाे छ, नयाँ कम्पनी गएपछि हालत के हाेला ? धेरैले प्रश्न गर्न थालेका छन् ।