सुर्या लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न काठमाण्डौंको बबरमहलमा रहेको उक्त क्यापिटललाई आफ्नो बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्त सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरेका छन् । हालै एनआईसी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाताका साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।
दोस्रो अर्न्तराष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता कार्तिक २५ र २७ गते हुने
काठमाडौं । डिशहोम र नेपाल रिगं रेस्लिङ संघको संयुक्त आयोजनामा यहि कार्तिक २५ गते र २७ गते दोस्रो अर्न्तराष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कबर्ड हलमा २०७४ साल कार्तिक २५ गते र ईटहरी को ठुलो जनता मा.वि. मा कार्तिक २७ गते हुने ‘ दोश्रो अन्तर्राष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता २०१७’ मा ८ देशका व्यावसायिक रेस्लिङ खेलाडीको सहभागिता हुनेछ । अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिहं, निल र माक्सम्यान ले सहभागिता पक्का गरिसकेका छन् । नेपालका तर्फबाट प्रतियोगितामा नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साईन, टुप्पी ग्याङ्गले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाका मेफिस्तो र चेक रिपब्लिकका रोमाना साथै नेपाली महिला रेस्लर द्धय सोफी र दिलासा को सहभागिता जनाउने छन् । त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा खेलका लागि नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डे ले प्रतियोगिताका खेलहरु खेलाउने छन् । यो प्रतियोगिता डिशहोमको मुख्य प्रायोजनमा हुन गइरहेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस् बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । रेस्लिगंप्रेमी दर्शकहरुले प्रतियोगिता स्थलमै गएर हेर्नको लागि भने काठमाडौंको लागि इ-सेवाको कुनैपनि काउन्टर बाट वा merosewa.com बाट टिकट लिन सकिने डिशहोमले जनाएको छ । इटहरीमा हुने प्रतियोगिता भने स्थानीय श्री राष्ट्रिय जागृती क्लबले आयोजना गर्नेछ ।
दूरसञ्चार पूर्वाधार सेवाका लागि अनुमति दिने
काठमाडौ । दूरसञ्चार सेवालाई सरल तथा विश्वसनीय तुल्याउने उद्देश्यका साथ ‘दूरसञ्चार पूर्वाधार सेवा’का लागि अनुमति दिने भएको छ । सरकारले तयार गरेको दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को प्रावधानअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक दुई वटा पूर्वाधार सेवा कम्पनी स्थापना गर्न लागेको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालकाअनुसार पूर्वाधार सेवा प्रदायक संस्थाको स्थापना भएपछि पूर्वाधारमा नक्कल नहुने, ग्राहकले सस्तो सेवा पाउने र वातावरणीय सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ । हाल दूरसञ्चार सेवा प्रदान गर्दै आएका कम्पनीहरुले आफैँले बनाउनुपर्ने अवस्थाको अन्त्य भएपछि त्यसको प्रभावस्वरुप ग्राहकले सस्तो सेवा पाउने विश्वास लिइएको छ ।
चुक्ता पूँजी १ अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरेन्स पहिलो
काठमाडौं । निर्जीवन बीमा व्यवसायमा विगत साँढे दुई दशक देखी सक्रिय रहँदै आइराखेको हिमालयन जनरल इन्स्योरेन्सले आफ्नो चुक्ता पूँजी एक अर्ब २ करोड पुर्याएको छ । बीमा समितीको निर्देशन अनुसार बीमा कम्पनीहरुले चुक्तापूँजी निर्जीवनको हकमा १ अर्ब र जीवनबीमाको हकमा दुई अर्ब पुर्याउनु पर्ने बाध्याकारी निर्देशन आएपछि कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्याएको हो । यसरी चुक्ता पूँजी अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरन्स पहिलो रहेको कम्पनीले जनाएको छ । कम्पनीले गत आवमा एक अर्ब ३० करोड रुपैयाँको प्रिमियम संकलन गरेको छ । साथै, कम्पनीले निकट भविश्यमा आफ्नो शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने बताएको छ । हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवा प्रदान गर्दै आइराखेको छ ।
२५ वर्षमा नेपाललाई युरोप र अमेरिकाको स्तरमा पुर्याउने बामपन्थी घोषणा
काठमाडौं । बामपन्थी गठवन्धनले आगामी २५ वर्षभित्र नेपाललाई सम्मुनत बनाई युरोप र अमेरिकाको स्तरमा पर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ । विभिन्न आर्थिक विकासका कार्यक्रम कार्यन्वयन गरेर यो शताब्दीभित्रै अर्थात वि.स. २०९९ सम्म नेपाललाई हालको चीनभन्दा धनी मुलुक बनाउने योजना वामपन्थी गठवन्धनले ल्याएका छन् । यसको आधारका रुपमा आगामी ५ वर्षमा मुलुकलाई अल्पविकशितबाट विकासशीलमा स्तरोन्ती गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । आउदो १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय हालको ७५२ डलरबाट न्युनतम ५ हजार डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गरी नेपाललाई गरिवीमुक्त बनाउने महत्वकाँक्षी लक्ष्य लिएको छ । आसन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली काँग्रेले १० वर्षभित्र हाल कायम रहेको २१.६ प्रतिशत गरिवीको रेखामुनी रहेको जनसंख्यालाई ३ प्रतिशतमा झार्ने योजना निर्वाचन घोषणापत्रमा ल्याएकोमा यसलाई एक कदम अघि बढेर वामपन्थी गठवन्धनले अझै एक कदमअघि बढेर मुलुकलाई गरिवीमुत्त बनाउने योजना ल्याएका हुन् । युरोप र अमेरिकाको स्तरमा पुर्याउन वाम गठवन्धनले आउदो २ वर्षमा नेपाललाई खाद्यन, मासु, माछा, अण्डा र दुधमा पुर्ण रुपमा आत्मनिर्भर बनाई ५ वर्षमा निर्यात गर्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको छ । उत्पादन बढाउन कृषि क्षेत्रमा ठुलो रकम अनुदान लगानी गरी कृषिलाई औद्योगिकीकरण गर्ने योजना घोषणपत्रमा उल्लेख छ । यस्तै विद्युत सेवा नपुगेका जनसंख्यालाई आउदो २ वर्षभित्र सेवा उपलब्ध गराउने, ३ वर्षभित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । आउदो १० वर्षमा जलस्रोत, सौर्य, जैविक वायु र फोहर प्रशोधनलगायत वैकल्पिक स्रोतको प्रयोग गरेर २० हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख छ । घरघरमा बिजुली र जनजनमा सेयर नीति लागु गर्दे आर्कर्षक जलविद्युत आयोजनामा जनताको लगानी प्रोत्साहन गर्ने नीति वाम गठवन्धनको छ । काठमाडौ तराइ द्रुतमार्ग ४ वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । सहकारीलाई अझ प्रवद्र्धन गरी गाउँटोलमा सहकारी र घरघरमा रोजगारी भन्ने नाराका साथ योजना ल्याइने भएको छ । संविधान प्रदत शिक्षाको हक कायम गर्न कुल बजेटको २० प्रतिशत खर्च गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने योजना घोषणापत्रमा उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्ता हालको २ हजारबाट बढाई ५ हजार रुपैयाँ पुर्याउने योजना वामपन्थी गठनवन्धनको छ ।
रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, को को भए अन्तिम विजेता ?
काठमाडौं । मलेसियास्थित रिया आइएमईको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत दोश्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार जना भाग्यशाली सेवाग्राहीहरु श्रीरामथापा, महेन्द्र शाह, संजितकुमार राय र रामएक्बल महतो भाग्यशाली बिजेता घोषित भएका हुन् । सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमई मार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक सेवाग्राहीमूखि कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको छ । योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिन्छ । यस अघि राममणी भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका थिए । भाग्यशाली विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन् । उपहार प्राप्त गर्नका लागि विजेताहरुले मलेसिया स्थित रिया आइएमईमा सम्पर्क गर्नु आइएमईले जनाएको छ ।
२० प्रतिशत बोनस सेयर पछि प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । शुक्रबार प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११९० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९६२ रुपैयाँ रहेको थियो ।
आरएसडिसी लघुवित्तको कात्तिक २४ गते बुक क्लोज
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आगामी कात्तिक २४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरको हो । संस्थाको वार्षिक साधारणसभा आगामी मंसिर ८ गते हुने भएको छ । उक्त सभामा संस्थाले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । साथै, कम्पनीले कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा १३ प्रतिशत अर्थात एक करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी करिब १३ करोड रुपैयाँ कायम हुने छ ।