विकासन्युज

सिटिजन्स बैंकको ब्याज आम्दानी १.६६ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  चालु आवको असोजसम्ममा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब २१ करोड ४९ लाख रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी २० करोड १७ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको नाफा भने २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहन पुगेको छ । गत वर्षको असोजमा बैंकको खुद नाफा १९ करोड ८२ लाख रुपैयाँ थियो ।  १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २८ करोड ७२ लाख रुपैयाँ रहेको छ ।  गत वर्षको असोजसम्ममा ६७ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य नाफा यसपटक ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा बैंकले २ खर्ब १२ अर्ब ६८ करोड ११ लाख रुपैयाँ निक्षेपक संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा गत वर्षको असोजमा ५.४१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.८४ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैंकको नाफा ४१.७९ करोड रुपैयाँ, निक्षेप र कर्जामा ५ प्रतिशत वृद्धि

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ४८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २३.७० प्रतिशत बढेर ४५ करोड ८४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.२७ प्रतिशत बढेर २ अर्ब ५ करोड १९ लाख रुपैयाँ, सञ्चालन नाफा ४० प्रतिशत घटेर ५९ करोड ८४ लाख रुपैयाँ रहेको छ ।  १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५ प्रतिशत बढेर १ खर्ब ९३ अर्ब ५४ करोड १० लाख रुपैयाँ र कर्जा लगानी ५.१० प्रतिशत बढेर १ खर्ब ४८ करोड ६५ लाख २७ हजार रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी २.८३ रुपैयाँ घटेर १३.८३ रुपैयाँमा सीमित छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४.६० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ ।  गत वर्षको असोजमा ३.१५ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.१३ प्रतिशत पुगेको छ ।

२२.९२ प्रतिशत बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, लाभांश क्षमता २२.९५ प्रतिशत

काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २२.९२ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत बढेर ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेर ९० करोड ७६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत बढेर ५ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ, सञ्चालन नाफा १०.४४ प्रतिशत बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको छ ।  ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ४५ करोड २३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५.७४ प्रतिशत बढेर ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ र कर्जा लगानी २.७२ प्रतिशत बढेर ४ खर्ब २१ अर्ब २५ करोड २० लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता २२.९५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ बढेर १९.५१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ ।  गत वर्षको असोजमा ४.६७ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.९८ प्रतिशत पुगेको छ । 

नेपाल बैंकको ब्याज आम्दानी साढे २ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १६.३६ प्रतिशत बढेर २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशत घटेर २४ करोड १४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशत बढेर २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ, सञ्चालन नाफा ३२.८१ प्रतिशत बढेर ९१ करोड ७१ लाख रुपैयाँ रहेको छ ।  १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब १२ करोड ७२ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन २.५५ प्रतिशत बढेर ३ खर्ब ४० अर्ब ४ करोड ७२ लाख रुपैयाँ र कर्जा लगानी १ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ३८ पैसा घटेर १६.०१ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २६०.३२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ ।  गत वर्षको असोजमा ३.५९ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ५.४९ प्रतिशत पुगेको छ । 

एनएमबि बैंकको ब्याज आम्दानी २४.४९ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा १.९४ अर्ब रुपैयाँ

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २० प्रतिशत घटेर ९१ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत बढेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशत बढेर ७१ करोड ६१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २३.४७ प्रतिशत बढेर ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ, सञ्चालन नाफा १४.३१ प्रतिशत घटेर १ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ रहेको छ ।  १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६२ करोड ३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ३.४५ प्रतिशत बढेर २ खर्ब ९० अर्ब ६० करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी २.४४ प्रतिशत बढेर २ खर्ब ३४ अर्ब २ करोड ३१ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकले ८.०९ प्रतिशत लाभांश क्षमता राखेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ घटेर १९.९५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७८.६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ ।  गत वर्षको असोजमा ३.६३ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ४.५८ प्रतिशत पुगेको छ । 

कुमारी बैंकको नाफा १ अर्ब ५ करोड रुपैयाँ, बढायो ब्याज आम्दानी

काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.७७ प्रतिशत बढेर २ अर्ब ९१ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले २ अर्ब ८० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यसअवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेर ८४ करोड ९१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ, सञ्चालन नाफा ८.११ प्रतिशत घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।  २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन १.१६ प्रतिशत घटेर ३ खर्ब ६० अर्ब ४० करोड ६६ लाख रुपैयाँ र कर्जा लगानी ३.२५ प्रतिशत बढेर २ खर्ब ६९ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ प्रवाह गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६.११ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४५.२१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ ।  गत वर्षको असोजमा ४.९६ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ६.९८ प्रतिशत पुगेको छ । 

युनिग्लोब कलेजमा आजदेखि तीन दिने युनिग्लोब मोडेल युनाइटेड नेसन्स सुरुवात

काठमाडौं । युनिग्लोब कलेज, कमलादी काठमाडौंमा बिहीबारदेखि तीन दिने युनिग्लोब मोडेल युनाइटेड नेसन्स २०२५ को औपचारिक सुरुवात भएको छ  । यो सम्मेलन नोभेम्बर ८ सम्म सञ्चालन हुने कलेजले जानकारी दिएको छ । यस वर्षको सम्मेलनमा नेपालभरिबाट साथै भारत र म्यानमारबाट समेत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको छ ।  सम्मेलनको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सशस्त्र प्रहरी बल, नेपालका पूर्व महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनाल उपस्थित भए। यस वर्षको सम्मेलनमा आणविक निशस्त्रीकरणदेखि लैङ्गिक समानता, जलवायु परिवर्तन र आर्थिक स्थिरतासम्मका विश्वव्यापी महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित १२ विविध समितिहरू रहेका छन् । सम्मेलनका बाँकी दुई दिनमा थप गहन छलफल र समाधानमुखी प्रस्ताव आउने कलेजले अपेक्षा गरेको छ ।   यो सम्मेलनले युवापुस्तालाई विश्वव्यापी मुद्दाहरूबारे तर्कपूर्ण रुपमा सोच्न मद्दत गर्ने जनाइएको छ । 

मंसिर २४ गते एमालेले ‘घर फर्क अभियान’ सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेले ‘घर फर्क अभियान सञ्चालन गर्ने भएको छ । विगत केही समयदेखि एमालेसँगको आवद्धतामा नरहेका पूर्वएमालेहरूलाई पार्टीमा फर्काउन अभियान सुरु गर्न थालिएको एमालेका नेताहरूले बताएका छन् । एमाले नेता महेश बस्नेतका अनुसार मंसिर २४ गते एक कार्यक्रमका बीच उक्त अभियान सुरु हुनेछ ।  एमालेबाट विभिन्न समयमा पार्टीबाट अलग्गिएका नेता कार्यकर्ताहरूलाई फेरि एमालेमै फर्काउन उक्त अभियान सुरु गर्न थालिएको बस्नेतले जानकारी दिए । पछिल्लो समय विघटित नेकपा एकीकृत समाजवादीका धेरै नेता तथा कार्यकर्ताहरूले एमालेमै फर्कने चाहना गरेकोले उक्त कार्यक्रम सन्चालन गर्न थालिएको हो ।  एमाले अध्यक्ष केपी ओली निकट नेताहरूका अनुसार १ सय ५० भन्दा धेरै विघटित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू एमालेमा प्रवेश गर्न इच्छुक रहेका छन् । आजमात्रै ५० जना नेताहरूले एमाले अध्यक्ष ओलीलाई भेटेको बस्नेतले जानकारी दिए ।  मंसिर २४ लाई एमालेबाट विभिन्न कालखण्डमा बाहिरिएकाहरूलाई घर फर्काउने महाउत्सवको रूपमा मनाइने बस्नेतको भनाइ छ ।