विकासन्युज

कैलाश विकास बैंकको ४१औँ शाखा ईटहरीमा, धनगढी र रुपन्देहीमा खोल्ने तयारी

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले सुनसरीको ईटहरीमा आफ्नो ४१औँ शाखा स्थापना मंसिर ६ गते बुधबार देखि कारोवार शुरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैकका संचालक उद्धवराज पुरीले एक समारोहकाबीच गरेका थिए । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४१ पुगेका छन् भने एटीएमसंख्या २० पुगेका छन् । बैंकले निकट भविश्यमा कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप दुई शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

‘ग्राण्ड एक्सचेज मेला’ मंसिर ७ गते देखि ११ गतेसम्म आयोजना हुने

काठमाडौं । पल्सर मोटरसाइकलको बजाज नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ । ‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुलनाराका साथ काठमाडौंको भृकुटी मण्डपमा यहि नोभेम्वर २३ देखि नोभेम्वर २७ अर्थात मंसिर ७ गते देखि ११ गतेसम्म मेला आयोजना हुने भएकाे छ । ‘ग्राण्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठुलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको छ । यस सुवर्ण अवसरमा ग्राकह महानुभाबहरुले कुनै पनि ब्राण्डका मोटर साइकल र स्कुटरहरु ल्याएर बजाजका मोटरसाइकलसंग साट्न पाउनेछन् । साथै, मेलालाई भव्य बनाउन कम्पनीले आर्कषक गिफ्ट ह्यामपरहरु समेत राखेको छ । हरेक दिन भाग्यशाली एक जाना ग्राहकले प्रत्येक दिन हुने लक्की ड्र बाट सामसुङ मोवाइलसमेत जित्न सक्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकलाई सदैब सोर्वोत्तम सेवा, सुविधा प्रदान गर्दै आएको कुरामा विश्वस्त रहेको छ ।

सानिमा बैंक र सहारा नेपालबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र सहारा नेपालबीच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७००० भन्दा बढि भुक्तानी संजाल मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यूएई, कतार, यूके, कोरिया लगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ एटिम रहेको छ ।  

दराज डटकम डटएनपीमा ७० प्रतिशतसम्मको छुट, शुक्रबारदेखि ब्ल्याक फ्राइडे सेल

काठमाडौं । राज डटकम डटएनपीमा आवश्यक पर्ने कुनै पनि किसिमका सामानको खरिदमा सेवाग्राहीले ७० प्रतिशतसम्मको छुट पाउने भएका छन् । केमुबाट दराज डटकम डटएनपीमा रुपान्तरण भएको अनलाइन प्लेटफर्ममा सूचीकृत बिक्रेताहरुले शुक्रबारदेखि ब्ल्याक फ्राइडे सेलमा यस्तो छुट दिन लागेका हुन् । ब्ल्याक फ्राइडे अवधिमा लत्ता कपडा, विद्युतीय सामग्री, घरायसी उपकरण, मोबाइल फोन, सौन्दर्य सामग्री लगायतका बिक्रेताहरुले दराज डटकमडटएनपी मार्फत सस्तोमा सामान उपलब्ध उपलब्ध गराउने छन् । दराजको एण्ड्रोइड तथा एप्पल एप्सबाट पनि सेलमा सहभागिता जनाउन सकिने दराज केमु प्रलिले जनाएको छ । मंसिर ८ गतेदेखि १२ गतेसम्म ब्ल्याक फ्राइडे सेलमा ३ सयभन्दा बढी प्रख्यात ब्राण्डका उत्पादनहरु खरिद गर्न सकिन्छ । सेलमा ४० हजार रुपैंया बराबरको ल्यापटप खरिद गर्ने पहिलो ५० जनालाई वल्र्ड लिंकले २५ एमबीपीएसको इन्टरनेट ६ महिनाका लागि निशुल्क उपलब्ध गराउने छ । सेल अवधिमा दराज डट कम डट एनपीमा सेवाग्राहीले दुबाई भ्रमणको होलिडे प्याकेज सस्तो मूल्यमा खरिद गर्न सक्ने छन् । युएमआई डिजीको क्रिष्टल फोरजी स्मार्टफोन २१ हजार रुपैंयामा खरिद गर्न सकिने सेलमा नोकिया ८ स्मार्टफोनको अग्रिम बुकिङ गर्न सकिन्छ । ब्लाक फ्राइडे सेल मेला सुरु भएको पहिलो १ घण्टामा १ हजारभन्दा बढीको सामान खरिद गर्ने मध्ये १ जोडीले फ्लाई दुबाई र वान ग्लोब ट्राभल्सका तर्फबाट लक्की ड्र मार्फत ४ रात ५ दिनको दुबाई भ्रमणको अवसर पाउने छन् । साथै, पहिलो १ घण्टामा २ हजार ५ सय रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेले थप ५ सय रुपैंयाको सामान किन्ने कुपन पाउने छन् । रारा तालसम्मको दोहोरो भ्रमणको प्याकेज तथा ४५ हजार रुपैंया बराबरको गहना पनि उपहार योजनाका विजेताले प्राप्त गर्नेछन् । ब्ल्याक फ्राइडे सेललाई नोकिया ८ ले प्रायोजन गरेको हो भने वल्र्डलिंक, युएमई डिजी, फ्लाई दुबाई, समिट एयर, वान ग्लोब ट्राभल्स, र नेपाल इन्भेष्टमेण्ट बैंकले सहप्रायोजन गरेका छन् ।

टाटा मोटर्सकाे ‘एसयूभी टाटा हेक्जा’ नेपाली बजारमा, ११ जनालाई गाडी हस्तान्तरण

काठमाडौं । टाटा मोटर्सले आफ्नो एसयूभी टाटा हेक्जा नेपाली बजारमा भित्र्याएको छ । बुधबार मात्रै भित्रिएको हेक्साको एक्स टी ४*४ का विभिन्न मोडलहरुको मूल्य ७७ लाख ९५ हजार रुपैयाँ पर्नेछ । नेपालमा हेक्साको बिक्री शुरुवात गर्दै टाटा मोटर्सका सिईओ तथा म्यानेजिङ्ग डाईरेक्टर गेएन्टर बटचेकले बुधबार पहिलो समूहको ११ जना ग्राहकहरुलाई गाडीको साँचो हस्तान्तरण गरेका छन् । टाटा हेक्सा २२०० सि.सि. भेरिकर डिजल ईन्जिन, १५६ पि.एस./४०० एनएममा उपलब्ध छ । यसको अतिरिक्त हेक्साको एक्स टी ४*४ मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्स मिसनमा उपलब्ध छ । हेक्साको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्नेछ । सुपर ड्राइभ मोडले चालकहरुलाई आनन्दसँग अटो, कम्फर्ट, डाईनामिक र रफ रोड मध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार गाडी चलाउन सक्ने विशेषता दिएको छ । जस्तोसुकै बाटोमा पनि स्थिर तथा आनन्दमयी यात्राको लागि बिना झन्झट हुने गरी गाडीको ईन्जिन व्यवस्थापन, नयाँ जेनेरेशनको ईलेक्ट्रिक स्ट्याबिलिटी प्रोग्राम र टर्क अन डिमान्ड विशेषताहरु राखिएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताको आफ्नो प्राथमिकता अनुसार गाडीको आन्तरिक लाईटिङहरु उपकरणहरुको डिस्प्लेबाट मिलाउन सकिन्छ । यो सेग्मेन्टका गाडीहरुमा अग्रणी रुपमा विभिन्न विशेषताहरु सहित आएको टाटा हेक्सामा प्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको छ । कार्यक्रममा टाटा मोटर्सका सिईओ तथा एमडीले भने, “हामीले टाटा मोटर्सको तर्फबाट जहिले पनि अग्रणी रुपमा आफ्नो ग्राहकहरुलाई विशिष्ट तथा गतिशील प्रोडक्टको अनुभव दिलाईरहेका छौं र हाम्रो त्यो प्रतिबद्घता टाटा हेक्साले मजबुत पारेको छ । हामी आशावादी छौं नेपाल भित्र नयाँ युग अनुसार गाडी मन पराउने ग्राहकहरु माझ धेरै प्रतिस्पर्धात्मक बजारको बावजुद पनि यसले तरंग ल्याउने छ र यो पूर्ण प्याकेज सहितको गाडी चाँडै लोकप्रिय हुनेछ ।”

वैशाख १ गतेदेखि काठमाडौंमा ५० यात्रु बोक्ने ठूला बस मात्रै !

काठमाडौं । आगामी वैशाख १ गतेदेखि काठमाडौंको एउटा रुटमा ५० यात्रु क्षमताका ठुला बस मात्रै गुड्ने भएका छन् । दिगो शहरी यातायात आयोजनाको अगुवाईमा नगर विकास कोष र दिगो सार्वजनिक यातायात प्रालीबिच कात्तिक ३० गते ऋण सम्झौता समेत भैसकेको छ । सम्झौता अनुसार १० करोडको लागतमा १७  वटा अपांग मैत्री बस सञ्चालन गरिनेछ । ती बसहरुले न्युनतम ५० जना यात्रु बोक्न सक्नेछन् । जसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् । ती बसहरु खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत भने दिगो सार्वजनिक यातायात प्रालीले लगानी गरेको छ । दिगो यातायात प्रालीले आफ्नो भागमा परेको ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । नगर विकास कोषले ५ प्रतिशतको ब्याजदरमा ८ बर्षका लागि ऋण उपलब्ध गराएको हो । ती बसहरु गुड्ने रुटमा हाल सञ्चालन भैरहेका ३५ वटा टेम्पो र २६ वटा माइक्रो भने राजधानीकै अन्य सहायक रुटमा स्थानान्तरण हुनेछन् । दिगो शहरी यातायात आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ । दिगो सार्वजनिक यातायात प्रालीका सचिव लाल प्रसाद गुरागाईँका बैशाख १ गतेदेखि ठुला बस गुडाउने तयारीका साथ काम अघि बढेको छ । बस खरिदका लागि बिभिन्न कम्पनीहरुसँग कोटेशन मागिएको छ र एक हप्ताभित्रै बस खरिद गर्ने कम्पनी छनौट गरिनेछ । बस गुड्ने रुट यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १० दशमलब २ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ । यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । ६४ रुटको पहिचान एडिबीसँगको सहकार्यमा योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको भएपनि यातायात व्यवसायीले सहमति दिएका छैनन् ।

ज्योति विकास बैंकको नयाँ शाखा कैलालीको धनगढीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बुधबार एक समारोहकाबीच नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले संयुक्त रुपमा गरेका हुन् । गत हप्ताभित्र मात्रै यस बैंकले मकवानपुर जिल्लाको ग्रामिणभेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुरकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नँया शाखा संचालनमा ल्याएको थियो । आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लाने बैंकका संचालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले बताए । हाल यस बैंकले ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न बैंकिङ्ग सुविधा उपलव्ध गराउँदै आएको छ ।

दोलखाका मतदाता सोध्छन्, “कहिले पाइन्छ माथिल्लो तामाकोशीको शेयर”

दोलखा । कालिञ्चोक–९ का हरिबहादुर खड्काले तीन वर्षदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको । तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि चित्त बुझ्ने गरी बताएका छैनन् । आफूसँग भएको थोर बहुत पैसा लगानी गर्ने इच्छा छ । तर जानकारी नपाएकामा उनको गुनासो छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न गाउँ पसेका विभिन्न राजनीतिक दलका नेतालाई खड्काले पटक पटक सोधे माथिल्लो तामाकोशीको शेयर कहिले पाइन्छ होला । तर उम्मेदवारले पनि हालसम्म चित्तबुझ्दो जवाफ दिन नसकेका उनी बताउँछन् । शेयरका बारेमा जसले राम्रोसँग जानकारी दिन्छ उसैलाई यस पटकको मत दिने सोचाइमा छन् खड्का । उनले भने, “बूढेसकालमा गरिखान नसक्ने भएपछि त्यही शेयर नै आफू र आफ्नो परिवार पाल्ने भरोसा बन्छ ।” कालिञ्चोक–९ कै ६८ वर्षीय नारायण शाहीलाई पनि माथिल्लो तामाकोशीको शेयरका बारेमा खुबै चासो छ । आयोजना शुरु भएदेखि नै स्थानीयवासीलाई शेयर दिन्छन्, राम्रो कमाई हुन्छ भन्ने सुनेको हो तर अहिलेसम्म कुनै छेउ–टुप्पो नलागेको उनलाई पनि चित्त बुझेको छैन । निर्वाचनमा मत माग्न गाउँ आएका उम्मेदवारसँग उनले पनि सोधे, “शेयर कहिले पाइन्छ, हामीले कहिले हो लगानी गर्न पाउने ?” कोहीले माघ पछि पाइन्छ भनेका छन् त कोहीले आफूलाई जानकारी नभएको र पछि जानकारी दिउँला भन्दै हिँडेका शाहीले बताए । “हामी दोलखावासीलाई माथिल्लो तामाकोशीको शेयरका बारेमा जसले राम्रोसँग बुझाउँछ, सोही पार्टीलाई मतदान गछौँ,” उनले भने । दोलखाकै मतदाता कुमारप्रसाद प्रसाईं माथिल्लो तामाकोशीका बारेमा कुरा गर्न अग्रसर देखिएका छन् । “हाम्रै देशको लगानीमा निर्माण भइरहेको आयोजनामा हाम्रो पनि लगानी हुनुपर्यो नि ?” उनले भने । थोर बहुत लगानी गर्ने इच्छा छ, उनलाई । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न आएका उम्मेदवारलाई उनले पनि सोधे, “शेयर कहिले पाइन्छ त नेताज्यू ?” कस्तो उत्तर पाउनु भयो त तपाईंले ? भन्ने प्रश्नमा प्रसाईलें भने, “केही समयपछि दिन्छौँ भनेका छन् ? आशा छ, हामी दोलखालीले केही समयभित्रै माथिल्लो तामाकोशीको शेयर पाउँछौ ।” सुन्द्रावतीका डम्बर ओलीलाई शेयरका बारेमा बढी चासो छ । “सार्वजनिक भाषणमा नै नेताले शेयरका बारेमा बताइदिएको भए राम्रो हुन्थ्यो,” उनले भने । लामाबगरका पेम्बा शेर्पालाई पनि आफ्नै घर–आँगनमा बन्दै गरेको आयोजनामा कहिले लगानी गर्न पाइएला भन्ने प्रतीक्षा छ । शेर्पा भन्छन्, “पाइन्छ भन्ने सुनेको लामो समय भयो तर न त हालसम्म आयोजनाले बताएको छ, न त मत माग्न आएका नेताले नै । छिट्टै दिए हुन्थ्यो ।” अधिकांश स्थानीयवासीले उम्मेदवारसँग माथिल्लो तामाकोशीको साधारण शेयरका बारेमा चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । उनीहरु गतिलो सूचना नपाएकामा उम्मेदवारसँग गुनासो पनि गरिरहेका छन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ स्थानीय मतदाताले माथिल्लो तामाकोशीको शेयरका बारेमा आफूलाई दर्जनौँ पटक प्रश्न गरेका बताउँछन् । “हामीले मत माग्ने क्रममा छिट्टै आयोजनाले शेयर जारी गर्ने तयारी गरेको जानकारी दिने गरेका छौँ । जनता पनि आश्वस्त भएका छन्”, गुरुङले भने, “साधारण शेयरप्रति जनताको ठूलो र व्यग्र प्रतीक्षा छ ।” ‘दोलखाको समृद्धि र स्वाभिमान, हाम्रो अभियान’ नाराका साथ एमाले र माओवादी केन्द्रका नेता संयुक्त रुपमा चुनावी अभियानमा केन्द्रित छन् । काँग्रेसका तर्फबाट रुद्रबहादुर खड्का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् भने प्रदेश ‘क’मा केशव चौलागाईं र ‘ख’ बर्मा लामा उम्मेदवार छन् । वाम गठबन्धनका तर्फबाट प्रदेश ‘क’ मा विशाल खड्का र प्रदेश ‘ख’ मा पशुपति चौलागार्इं उम्मेदवार हुन । लामो समयसम्म एमालेको राजनीतिमा संलग्न जिल्ला विकास समितिका पूर्वसभापति लालकुमार केसी पनि चुनावी मैदानमा छन् । उम्मेदवारी दिएका अधिकांश नेतालाई मतदाताले अरू विकास निर्माणको कामभन्दा पनि माथिल्लो तामाकोशीका बारेमा नै बढी चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । काँग्रेसका उम्मेदवार खड्का मतदाताले शेयरका बारेमा चासो व्यक्त गरेको स्वीकार गर्दै चुनाव लगत्तै वितरण गर्नेतर्फ पहल गर्ने बताउँछन् । यस्तै प्रदेशसभाका उम्मेदवार खड्का, चौलागाईं, केशव पौडेल पनि स्थानीयवासीको चासोलाई सम्बोधन गर्दै आयोजनाबाट छिट्टै साधारण शेयर जिल्लावासीलाई वितरण गराउन आफूहरु प्रतिबद्ध रहेको बताए । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने घोषणा गरिसकेको छ । आगामी पुसको अन्तिम साताबाट स्थानीय प्रभावितले साधारण शेयरमा आवेदन दिन सक्ने बताइएको छ । दोलखामा मतदाताको सङ्ख्या एक लाख ४४ हजार ८२५ रहेको छ । यसअघि एक लाख ३६ हजार ९७९ मतदाता रहेको थियो । पछिल्लो पटक सात हजार ८४६ मतदाता थपिएका छन् भने जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । रासस