विकासन्युज

प्रहरी निरीक्षक सहित २ जवानले घुस लिएको अख्तियारको ठहर, विशेष अदालतमा आरोप पत्र दायर

काठमाडौं । सुनसरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक काले बम्जन सहित जवानहरु ठाकुर खत्री र नवीन खड्काले घुस लिएको अख्तियार दुरुयोग आयोगले ठहर गरेको छ । उनीहरु विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम कसुर गरेको देखिन आएकोले निजहरुलाई जनही बिगो २५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० अनुसार कारबाहिका लागि विशेष अदालत काठमार्डौमा आरोप पत्र दायार गरेको हो । यसअघि उनीहरुलाई भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले पक्राउ गरेको थियो ।

मेसीको कमाई रोनाल्डोको भन्दा ३२ मिलियन बढी, १ मिनेटको कमाई नै २५००० युरो

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी सबैभन्दा धेरै पैसा कमाउने फुटबल खेलाडी बनेका छन् । मेसीले रियल म्याड्रिडका क्रिस्टियनो रानाल्डोलाई पछि पार्दै सबैभन्दा धेरै तलब लिने फुटबल खेलाडी बनेका छन् । गत सिजन रोनाल्डोले मेसीभन्दा १०.५ मिलियन धेरै युरो लिएका थिए । यो सिजन भने मेसीले रोनताल्डो भन्दा ३२ मिलियन धेरै युरो लिएको फ्रान्स फुटबल म्यागेजिनले सार्वजनिक गरेको छ । अहिले मेसिको प्रतिमिनेट कमाई २५ हजार युरो रहेको छ । तेस्रो नम्बरमा रहेका सेन्ट पेरिस जर्मेनका खेलाडी नेइमार जुनियारले ८१.५ मिलियन युरो लिने गरेका छन् । यस्तै म्याड्रिडकै ग्यारेथ बेल ४ नम्बरमा परेका छन् । बेलले म्याड्रिडबाट वार्षिक ४४ मिलियन युरो लिदैं आएका छन् । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले बार्षिक २९ मिलियन युरो लिदैं आएका छन् । यस्तैगरी प्रशिक्षक तर्फ भने म्यान्चेस्टर युनाइटेडका जोजे माउरिन्होले सबैभन्दा धेरै तबल लिने गरेका छन् । उनले युनाइटेडबाट बार्षिक २६ मिलियन युरो लिदैं आएका छन् । दोस्रो नम्बरमा चीनीयाँ क्लबका प्रशिक्षक मार्सेल्लो लिपी उनले २३ मिलियन युरो लिदैं आएका छन् त्यसैगरी बढि तलब लिने प्रशिक्षकको सुचिमा क्रमश तेस्रोमा एथ्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनी, चौथोमा रियल म्याड्रिडका जिनेदिन जिदान र पाँचौ स्थानमा म्यान्चेस्टर सिटीका पेप ग्वार्डिवाला रहेका छन् ।

लक्ष्मी लघुवित्तले नौ महिनामा कमायो ६ करोड ६६ लाख

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको चैत मसान्तसम्मकाे अवधीमा ६ करोड ६६ लाख रुपैंया नाफा कमाएको छ । २०७४ पुस मसान्तसम्ममा ४ करोड ४५ लाख नाफा आर्जन गर्न सफल भएको कम्पनीले तीन महिनामा २ करोड २१ लाखले नाफा बढाएको हो । २०७३ चैत मसान्तमा भने कम्पनीको नाफा ७ करोड ८३ लाख रुपैंयाँ रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी १७ करोड रुपैंयाँ रहेको छ । कम्पनीमा ८ लाख ६८ हजार निक्षेप सदस्यहरु रहेका छन् । लक्ष्मीले निक्षेप सदस्यहरुबाट ८६ करोड रुपैंयाँ निक्षेप संकलन गरेर २ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी ३६.६९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १७३.६१ रुपैंयाँ रहेको छ ।

लक्ष्मी बैंकको नाफा ३ महिनामै ५६ प्रतिशतले वृद्धि

काठमाडौं । लक्ष्मी बैंकले ३ महिनामै आफ्नो नाफा ५६.८६ प्रतिशतले वृद्धि गरेको छ । २०७४ पुस मसान्तमा ५१ करोड नाफा कमाएको बैंकले चैतमा ८० करोड पुर्याएको हो । तीन महिनामै २९ करोड नाफा वृद्धि हुनुमा ब्याज आम्दानीको ठुलो हिस्सा रहेको छ । बैंकले तीन महिनामै ५५ करोडले ब्याज आम्दानी गरेको छ । बैंकले राइट ब्याकबाट ४ करोड प्राप्त गरेको छ भने नन अपरेटिङ इनकम पनि १५ करोड गर्न सफल भएको छ । १.१६ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याज दर ११.३५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३.६४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२६.३८ रुपैंयाँ रहेको छ ।

सेञ्चुरी बैंकको नाफा ३ महिनामै बढ्यो १०३ प्रतिशत

काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामै १०३ प्रतिशतले नाफा बढाएको छ । २०७४ पुस मसान्तमा ३२ करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ६३ करोड पुर्याएको हो । बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको देखिन्छ भने १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको छ । ५२ अर्ब निक्षेप संकलन गरेको बैंकले ५० अर्ब कर्जा लगानी गरेको देखिन्छ । ०.७६ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याजदर १२.०६ प्रतिशत छछ भने सिसिडी रेसियो ७८.१८ प्रतिशत र स्प्रेड दर ४.१३ प्रतिशत छ । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।

हिमालयन बैंकले तीन महिनामै बढायो ५१ करोड नाफा

काठमाडौं । हिमालयन बैंकले तीन महिनामै ५१ करोड नाफा बढाएको छ । २०७४ पुस मसान्तमा १ अर्ब १० करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ५१ करोडले बढाएर १ अर्ब ६१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४६.३६ प्रतिशत नाफा बढाएको हो । हिमालयन बैंकले २०७३ चैत मसान्तमा १ अर्ब ५३ करोड नाफा कमाएको थियो भने २०७४ चैत मसान्तमा एक अर्ब ६१ करोड पुर्याएको हो । हिमालयनले ९६ अर्ब निक्षेप संकलन गरेर ८५ अर्ब कर्जा लगानी गरेको छ । बैंकले तीन महिनामा खुद ब्याज आम्दानी ४ अर्ब ५० करोडबाट बढाएर ६ अर्ब ८७ करोड पुर्याएको छ । तीन महिनामा बैंकको खराब कर्जा पनि १.३२ प्रतिशतबाट घटेर १.१९ प्रतिशतमा आईपुगेको छ । बैंकको आधार ब्याज दर ९.४२ प्रतिशत छ भने स्प्रेड दर ४ प्रतिशत रहेको छ । हिमालयन बैंकको प्रति सेयर आम्दानी २५.८१ रुपैंयाँ रहेको छ भने प्रतिशत १६३.६१ रुपैंयाँ रहेको छ ।

नेपाल एसबीआई बैंकले ३ महिनामा नाफा ५१ प्रतिशत बढायो, खराब कर्जा ०.१३ प्रतिशत मात्र

काठमाडौं । नेपाल एसबीआई बैंकले ३ महिनामा नाफा ५१ प्रतिशत बढाएको छ ।चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ । चालु आवको पुसमा बैंकले ९१ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैंकले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा ०.१३ प्रतिशत मात्र छ । यस्तै निक्षेप लागत ५.२५, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२५, आधार ब्याजदर ९.९, कर्जा र निक्षेपबीच ब्याजदर अन्तर (स्प्रेडदर) ५.२४ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा छ । बैंकले समीक्षा अवधिमा ६ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन घटेर ८३ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । गत पुसमा बैंकको निक्षेप परिचालन ८५ अर्ब १६ करोड रुपैयाँ थियो । यस्तै बैंकले ७४ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा ७१ अर्ब ३४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ४ अर्ब १५ करोड ९० लाख रुपैयाँ छ ।

प्राइम बैंकको छलाङः ४२ प्रतिशत नाफा बढ्यो, ब्याज आम्दानी धेरै

काठमाडौं । प्राइम कमर्सियसल बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १ अर्ब १५ करोड पुर्याएको हो । यो अवधीमा बैंकको नाफा ३७ करोडले बढेको छ । २०७३ पुस मसान्तमा बैंकको नाफा ७१ करोड थियो । पछिल्लो तीन महिनामा प्राइमले ५४ करोड नाफा बढाएको देखिन्छ । प्राइमले ५ अर्ब ५८ करोड ब्याज आम्दानी गरेर ४ अर्ब २९ करोड ब्याज खर्च गरेको छ । .खुद ब्याज आम्दानी पुस मसान्तको तुलनामा १ अर्ब ४ करोडबाट बढेर १ अर्ब ७९ करोड पुगेको देखिन्छ । बैंकले ६ करोड ६७ लाख रुपैंयाँ नन अपरेटिङ इनकमबाट प्राप्त गरेको देखिन्छ । बैंकले ७६ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गरेको देखिन्छ । ८ अर्ब ३ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६६ करोड रुपैंयाँ रहेको छ । १.०६ प्रतिशत खराब कर्जा रहेको बैंकले राइट ब्याकबाट १५ करोड प्राप्त गरेको छ । बैंकको आधार ब्याजदर ११.१० प्रतिशत छ भने स्प्रेड दर ४.२८ प्रतिशत रहेको छ । प्राइमको सिसिडी रेसियो ७७.६४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २०.८९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.१२ रुपैंयाँ रहेको छ ।