विकासन्युज

एनआईसी एशिया बैंक र रेमिटवेर पेमेन्टस् इन्कबीच रेमिटेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्टस् इन्कसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा क्यानडाको रेमिटवेर पेमेन्टस् इन्कसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स शुरु गरेको हो । उक्त सम्झौता अनुसार रेमिटवेर पेमेन्ट इन्क मार्फत क्यानडा र यूएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका सम्पूर्ण शाखाबाट सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् । हाल बैंकले २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सेवा दिँदै आइरहेको छ ।

मार्जिन ट्रेडिङ कार्यविधी अन्तिम चरणमा, जेठदेखि कारोबार हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यबिधी अन्तिम चरणमा पुगेको छ । नेपाल धितोपत्र बोर्डले यसै साता भित्र कार्यबिधि पास गर्ने तयारी गरेको हो । बोर्डको व्यवस्थापनले कार्यबिधीलाई अन्तिम रुप दिएर बोर्ड सञ्चालक समितिमा पेश गरिसकेको छ । बोर्डको सोमबार बस्ने सञ्चालक समिति बैठकले संभवत मार्जिन ट्रेडिङ कार्यविधीलाई पारित गर्ने छ । ‘आजकै बैठकमा कार्यबिधी हाम्रो एजेण्डामा छ, सहमति भयो भने पारित हुन सक्छ’, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले भने । कार्यबिधी तत्कालै पास भएमा आगामी जेठ महिनािभत्रै योग्यता पुगेका ब्रोकरहरुले मार्जिन कारोबार गर्न सक्नेछन् । सोमबारको बोर्डको सञ्चालक समितिले कार्यविधिका बारेमा छलफल गरेको थियो । बैठकले यस विषयमा निर्णय गरेन । कार्यविधिमा केही संशोधनसहित अर्को बैठकले पारित गर्ने बोर्डका प्रवत्ता निरज गिरीले बताए । बोर्डले गत कात्तिक २० गते मार्जिन कारोबार सुबिधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । सोही निर्देशन अनुसार मार्जिन कारोबार सम्बन्धी कार्यबिधी बनाउन बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको थियो । नेप्सेले कार्यबिधीको मस्यौदा तयार पारेर बोर्डमा बुझाएको र त्यसमा आवश्यक संसोधन गरेर पारित गर्ने छ । मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने अनुमान गरिएको छ । ‘मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकर कम्पनीले मात्रै यो सुबिधा दिन सक्छन । कार्यविधी केहि सहजता दिएको खण्डमा भने त्यसले सेयर बजारमा सकारात्मक सन्देश दिने ब्रोकरहरुको भनाई छ ।    

हुण्डाईले ल्यायो वर्ल्ड कपको योजना ‘रोड टु रसिया’

काठमाडौं । लक्ष्मी इन्टरनेशनल प्रा.लि, नेपालको लागि हुण्डार्ईको आधिकारिक डिलरले आफ्नो नयाँ योजना ‘रोड टु रसिया’ को घोषणा गरेको छ । विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा वर्ल्ड कपलाई लक्षित गरेर हुण्डार्ईले आफ्ना हुण्डाई ओनरहरुको लागि यो योजना शुरु गरकोे हो । हुण्डाई कार भएकाहरुले हुण्डार्ई नेपालको आधिकारिक वेभसाइडमा उपलब्ध अनलाइन दर्ता फारम भरेर यो योजनामा सहभागी हुन सक्नेछन् । यस योजना अन्तगर्त दुई जना भाग्यशाली हुण्डार्र्ई ओनरले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजको साथ फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौका हात पार्नेछन् । यस योजनामा अनलाइन दर्ता समावेश छ र दर्ता यही वैशाख २४ गतेदेखि शुरु भएर असार १ गते समाप्त हुनेछ । अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई हुण्डार्ईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गर्नेछ । विजेतालाई सम्पूर्ण खर्च व्यहोरिएको विशेष भ्रमण प्याकेजको साथ जीवनमै एक पटक अनुभव गर्नसकिने विशिष्ट अनुभूति हासिल गर्नेछन् । २०१८ को यो फिफा वल्र्ड कप २१औं फिफा वल्र्ड कप हो, जुन प्रत्येक ४ वर्षमा एक पटक मात्र हुन्छ । महिनौंसम्म चल्ने यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो खेलकुद इभेन्ट हो । फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै हुण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध छ । हुण्डाईले फिफासँगको आफ्नो आवद्धता सन् १९९९ देखि शुरु गरेको थियो र सन् २०२२ सम्म पनि हुण्डाई फिफाको आधिकारिक अटोमोटिभ पार्टनरको मुख्य प्रायोजक हुनेछ ।

एनसीसी बैंकको थप शाखा नयाँबजारमा

काठमाडौं । नेपाल कमर्श एण्ड क्रेडिट(एनसीसी) बैंकले थप शाखा नयाँबजारमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य रामजी रेग्मीले गरेका हुन् । कार्यक्रममा रेग्मीले एनसीसी बैंकले यस क्षेत्रमा शाखा खोलेर यस क्षेत्रको उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको बताएका छन् । साथै बैंकको समग्र अवस्था बारे जानकारी गराउँदै नेपाल राष्ट्र बैंकको नीति निर्देशन पालना गरी अगाडि बढ्न सुझाव दिएका छन् । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले अन्य स्थानमा जस्तै यस क्षेत्रमा पनि बैंकले गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा आश्वस्त हुन सबैलाई आग्रह गरेका छन् ।

सिन्डिकेटको अन्त्य: कम्पनीबीच प्रतिस्पर्धा फ्रि वाइफार्इ, युरो ४ मापदण्ड सहितको अत्याधुनिक बस भित्रिदैं

काठमाण्डौं । सरकारले यातायात निर्देशिका र कार्यविधि संसोधन गरी कार्यान्वयनमा ल्याएपछि यातायात क्षेत्रमा कम्पनीहरुबिच प्रतिस्पर्धा सुरु भएको छ । पुराना व्यवसायीहरुको एकाधिकार जमाउँदै आएको यातायात क्षेत्र अब नयाँ व्यवसायीहरुको प्रतिस्पर्धात्मक आकर्षण बढेको छ । कम्पनीको रुपमा दर्ता भएका व्यवसायीहरुले नयाँ सञ्चालनमा ल्याउन लागेका बसहरुमा अत्याधुनिक सेवा सुविधा थप्न लागेका हुन् । दिगो शहरी यातायातले जेठ महिनाबाट सञ्चालनमा ल्याउनेगरी १७ ठुला बस काठमाडौंमा ल्याउने तयारी गरेको छ । यातायात प्रमुख लालप्रसाद गुरागाँईका अनुसार बस युरो ४ मापदण्डको हुनेछ । बस सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । बस पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ । उपत्यकामा यातायात सेवा प्रदान गर्दै आएको साझा यातायातले आफ्नो सेवाको विस्तारलाई तिब्र बनाएको छ । हाल ३९ वटा बस सञ्चालन गर्दै आएको साझाले थप २४ वटा बस थप्ने तयारी गरेको छ । नयाँ थपिने बसहरुमा अपाङग, बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिक लगायतलाई छुट्टै व्यवस्था हुनेछ । यातायातका प्रमुख महेन्द्र पाण्डेका अनुुसार साझाले महिनादिन भित्र ४ ठुला बस थप्नेछ भने ५ महिनाभित्र २० सिटीबस थप्ने तयारी गरेको छ । थपिएको नयाँ बसहरु सञ्चालन गर्ने रुटहरु भने बस काठमाडौं आइपुगेपछि मात्र टुङगो लाग्ने प्रमुख पान्डेले बताए । बजारमा आएको छोटो समयमै लोकप्रिय बन्न सफल मयुर यातायातले सेवा विस्तारलई आक्रामक बनाएको छ । हाल २३ वटा बस सञ्चालमा ल्याएको मयुरले केहि महिनाभित्रै बसको संख्या ४५ पुर्याउने सञ्चालक मोहन श्रेष्ठले बताए । मयुर यातायात अन्य बसहरुभन्दा फरक रहेको संचालक श्रेष्ठले बताए । यातायातले फ्रि वाइफाई, बस चढ्न अपाङग तथा जेष्ठ नागरिकलाई सहज लगायतका सेवा सुविधा रहेको छ । सूर्योदय यातायतले अशोक लेलैण्डका १५ थान नयाँ मोडेलका यात्रुवहाक बस पूर्वाञ्चलमा सञ्चालनमा ल्याएको छ । बसमा डिजिटल डिस्पले , टिभी, वाईफाई , जिपिएस, सीसी क्यामेरा लगायत अत्याधुनिक उपकरणहरु जडान गरिएको छ । कम्पनीको अनुसार गाडीमा विभिन्न किसिमका लाईफटाईम इन्जिन जडान गरिएको छ । कम्पनीले पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने बताएको छ । संस्थाका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले गाडीहरुमा फिल्टर र मोबिल खर्चबाहेक अन्य खर्च नआउने दाबी गरे । संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी गाडी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित गराउने जानकारी दिए । सरकारले यातायात सिण्डिकेट खारेजको घोषणा गरेपछि निजी क्षेत्रबाट संगठित रुपमा ठुला बस सञ्चालनमा आउन थालेका हुन् । सिद्धबाबा यातायात प्राइभेट लिमिटेडले केहि दिनभित्रै २० वटा बसञ्चालनमा ल्याउने जनाएको छ । यसैगरी नयाँ बस सञ्चालनमा ल्याउनेहरुमा सिला सालिग्राम यातायात, सप्तरंगी प्राली, टेकु सवारी परिक्षकले ११ वटा बस थपेका छन् । यस्तै इन्द्रेणी यातायातले २ वटा र अन्य कम्पनीहरुले पनि नयाँ बस सञ्चालन ल्याउने तायारी गरेको यातायात विभागका सूचना अधिकृत तुलसीराम अर्यालले जानकारी दिए । अहिले पञ्जिकरणमा १२१ भन्दा बढी कम्पनी आइसकेका छन् । सरकारले अब कम्पनीहरुबिच प्रतिस्पर्धा गराएर यातायात क्षेत्रलाई सेवामुखी बनाउने अर्यालले बताए । अन्नपूर्ण यातायात प्रालि, ओरेन्ज यातायात प्रालि र सिटी मेट्रो यातायात प्रालिले समेत कम्पनी दर्ता गराई बस सञ्चालनमा ल्याएको छ ।  

गरिमा विकास बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स पनि एक महत्वपूर्ण कार्य रहेको यस बैंकका सीईओ ढकालले बताए ।

मेगा बैंकले एक महिनामै थप ११ वटा शाखा खोल्दै, हेरौँ कहाँ कहाँ ?

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ । शाखा विस्तार हुन लागेकोमा बर्दियाको गेरुवा गाउँपालिका, इलामको रोङ, उयदपुरको रौतमाई गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र गोरखाको भीमसेन गाउँपालिका रहेका छन् । यस्तै, तनहुँको भानु नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिकामा पनि मेगा बैंकको शाखा विस्तार हुँदैछ । ‘हामीले पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबारमा शाखा खोल्यौं, यही साता अन्य ९ ठाउँमा पनि शाखा खोल्न लागेका छौँ,’ मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले भनिन्– ‘मेगाले शाखा विस्तार गर्न लागेको ठाउँमा अहिलेसम्म ‘क’ बर्गको बाणिज्य बैंक पुगेका छैनन् । घरदैलोमै राष्ट्रियस्तरको बैंकको सुविधा पाउने आशमा सर्वसाधारणहरु उत्साहित देखिएका छन् ।’ यो सँगै मेगा बैंकका ३ वटा एक्टेनशन काउन्टरसहित ४९ वटा शाखा पुगेको छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

आन्दोलन फिर्ता लिदैं व्यवसायी गरे सिन्डिकेट अन्त्यको स्वागत

काडमाडौं । नेपााल यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन फिर्ता लिदैं यातायात व्यवस्था विभागको संशोधित निर्देशिका कार्यविधिको स्वागत गरेको छ ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीले सिन्डिकेट अन्त्यको स्वागत गरेका हुन् । व्यवसायीहरुले मन्त्रालयसँग वार्ता गर्दै एउटा मात्र सवारीले पनि यातायत सञ्चालनको अधिकार पाउने, यातायात क्षेत्र सुधारको लागि सरकारलाई राय सुझाव दिने लगायतका सहमति गरेका छन् । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रक यातायात व्यवसायी महासंघ लगायतले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।