महिन्द्रा टुह्वीलरको टुएस काठमाडौंको मित्रपार्कमा
काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलरहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले आफ्नो आधिकारिक सर्भिस नेटवर्क काठमाडौंको मित्रपार्कमा विस्तार गरेको छ । सिंह अटो प्रा. लि. रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरद्धारा मित्रपार्क, चावहिल लगायत आसपासका सम्पूर्ण ग्राहकले सरल तथा सुविधा लिन सक्नेछन् । साथै, सम्पूर्ण महिन्द्रा टु ह्वीलरहरुका स्कुटर तथा बाईकको गुणस्तरीय सेवा तथा जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने छ । नयाँ आधिकारिक टुएस नेटवर्कको स्थापनासँगै ग्राहकले सर्वसुलभ तरिकाबाट सर्भिसिङ्ग तथा स्पेयर पार्टस्हरुको सुविधा पाउने छन् ।
राधी विधुत कम्पनीको अध्यक्षमा विनयकुमार भण्डारी
काठमाडौं । राधी विधुत कम्पनी लिमिटेडको अध्यक्षमा विनयकुमार भण्डारी नियुक्त भएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भण्डारीलाई फाइनान्सको अध्यक्षमा नियुक्त गराएको हो । भण्डारीले नियुक्त भएको दिनदेखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् । नवनियुक्त भण्डारीलाई हाइड्रोपावर क्षेत्र सम्बन्धि २३ वर्षको अनुभव रहेको छ ।
चिकित्सा शिक्षा अध्याधेस २०७५ स्वीकृत
काठमाडौं । चिकित्सा शिक्षा अध्याधेस २०७५ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले उक्त अध्याधेसलाई स्वीकृत गरिको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई स्वीकृति दिन गरेको प्रस्तावलाई बैठकमा बहुमत सदस्यले स्वीकृति दिएका हुन् । अध्यादेश अस्वीकार गर्न सासंद प्रेम सुवालले प्रस्ताव राखेका थिए । उक्त अध्यादेसले विदेशी विद्यार्थी उत्साह, स्वदेशी निरुत्साह, ६० लाख खर्चेर विदेशमा डाक्टर पढ्नुपर्ने अवस्था सृजना हुने संसद सुवालले बताएका थिए ।
सरकार र विश्व बैंकबीच साढे २७ अर्बकाे ऋण सम्झौता
काठमाडौं । सरकार र विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) सँग २७ अर्ब ६५ करोड रुपैयाँकाको ऋण सहायता स्वीकार गर्ने सम्बन्धि सम्झौता हुने भएको छ । अर्थमन्त्रालयले जनाएअनुसार आईडीएसँग बजेट सहायताको रुपमा करिब रु २० अर्ब ७९ करोड (२०० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता बिहीबार हुने भएको छ । रानी जमरा कुलरीया सिँचाई आयोजनाको दोस्रो चरणको लागि प्राप्त हुने करीब रु ६ अर्ब ८६ करोड(६६ मिलियन अमेरिकी डलर) ऋण सहयाता स्वीकार गर्ने सम्बन्धि सम्झौता पनि सोही अवसरमा हुने भएको अर्थमन्त्रालयको भनाइ छ । सम्झौताको लागि नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षार कार्यक्रम समेत तय भइसकेको छ ।
वोमी माइक्रोफाइनान्सको जेठ ४ गते बुक क्लोज, ३० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आगामी जेठ ४ गते बुक क्लोज हुने भएको छ । संस्थाले ३० प्रतिशत अर्थात (१० बराबर ३को अनुपातमा हकप्रद जारी गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज हुन लागेको हो । उक्त निर्णय संस्थाको १०३औँ सञ्चालक समितिको बैठकले गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी १० करोड रुपैया नाघ्ने छ । पछिल्लो समय यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १७५८ रुपैयाँमा कारोबार भएको छ ।
नेपाल बङ्लादेश बैंकको ५७ औं शाखा साल्पासिलिछोमा
काठमाडौं । नेपाल बङ्लादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५७ औं शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार भोजपुर जिल्लाको साल्पासिलिछोमा नयाँ शाखाको औपचारिक कारोबार शुरु गरिएको छ । शाखाको उद्घाटन, कार्यक्रमका अतिथि बैंकका सञ्चालक दिपक कार्कीद्वारा गरिएको थियो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ । साल्पासिलिछो शाखा सहित बैंकले ५७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ५० वटा एटीएम सेवामार्फत सेवा प्रदान गर्दै अएकोक जानकारी गराइएको छ ।
तीन कम्पनीको ३५ लाख कित्ता सेयर सूचिकृत, क-कसको कति ?
काठमाडौं । बुधबार विभिन्न तीन कम्पनीको ३५ लाख ८ हजार १०५ कित्ता सेयर सूचिकृत भएको छ । सो दिन कन्काई विकास बैंक, काबेली विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएका छन् । कन्काईको बोनसपछि र काबेली विकास बैंक र इन्भेष्टमेन्ट फाइनान्सको हकप्रद पछिकाे सेयर थपिएका छन् । सो मध्ये कन्काईको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, काबेली विकास बैंकको ३ लाख ५० हजार ८८० र इन्भेष्टमेन्ट फाइनान्सको २६ लाख ६७ हजार २२५ कित्ता हकप्रद नेप्सेमा थपिएको छ ।
राष्ट्रपतिको जोड कृषिमा आधारित उद्योग
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रको मुख्य एजेण्डा विकास भएको बताएका छन् । यसप्रति सबैको एक मत भएको हालको अबस्थामा सरकारको विकास, नीति र निर्माण योजना मार्फत थप सहयोग मिल्ने उनको भनाइ छ । उनले अर्थतन्त्रको विकासको लागि जमिनमा टेकेर कृषिमा आधारित उद्योगको स्थापनामा जोड दिएका छन् । उनले उद्योग परिसंघका पदाधिकारीहरुसँग बुधरबार भएको भेटवार्तामा उद्यमी—व्यवसायीले सरकारलाई राजस्व बुझाएको र रोजगारी उपलब्ध गराएको भन्दै उच्च मनोवलका साथ उद्यम विकास गरि मुलुकको समग्र अर्थतन्त्रमा टेवा दिन सुझाएका थिइन् । सो भेटमा मुलुकको समृद्धिलाई केन्द्रमा राखेर परिसंघले तयार पारेको मार्गचित्र समेत राष्ट्रपतिले अध्ययन गरेको बताइएको छ । सो अवसरमा परिसंघ—प्रवुद्ध परिषदका संयोजक प्राडा शम्भुराम सिंखडाले राज्यले अंगीकार गरेको समृद्ध नेपाल सुखी नेपालीलाई व्यवहारीक बनाउन कृषि क्षेत्रको आमूल रुपान्तरण र सुशासनको आवश्यकतामा जोड दिएका थिए ।