काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७५ रुपैयाँ थियो ।