१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७५ रुपैयाँ कायम भएको हो । 

Share News