टाँडीमा एथरको १७औं अनुभव केन्द्र उद्घाटन, खरिदमा १ लाखसम्म क्यासब्याक

काठमाडौं । नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७औं एथर अनुभव केन्द्र औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस नयाँ केन्द्रको स्थापनासँगै कम्पनीले चितवन क्षेत्रमा आफ्नो बजार उपस्थिति थप सुदृढ बनाउँदै रत्ननगर तथा आसपासका ग्राहकहरूका लागि विद्युतीय सवारीको अनुभव अझ सहज र पहुँचयोग्य बनाएको छ ।

नयाँ अनुभव केन्द्रको सञ्चालन डाइनामिक इनर्जी प्रालि अन्तर्गत भएको हो, जसले यसअघि नै चितवनको आस्था चोकमा एथरको डिलरसिप सञ्चालन गर्दै आएको छ । आफ्नो दोस्रो डिलरसिप स्थानको उद्घाटनसँगै डाइनामिक इनर्जी प्रालिले ग्राहकहरूलाई ’एथरका विद्युतीय स्कुटर खरिद, परीक्षण तथा आधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिन थप सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

यस केन्द्रमार्फत ग्राहकहरूले ’एथरका विभिन्न मोडल, प्रविधि र सुविधाबारे विस्तृत जानकारी लिनुका साथै टेस्ट राइड र विद्युतीय सवारीमा रूपान्तरण हुने प्रक्रियाबारे आवश्यक परामर्श समेत प्राप्त गर्न सक्नेछन् । 

नयाँ अनुभव केन्द्रमा ग्राहकहरूले एथरका दुई मुख्य स्कुटर पोर्टफोलियो उच्च पर्फर्मेन्समा केन्द्रित एथर ४५० सेरिस र पारिवारिक तथा दैनिक प्रयोगका लागि लक्षित एथर रिज्दाको प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । 

रोमाञ्चक राइडिङ अनुभव र सटिक प्रविधि खोज्ने राइडरहरूका लागि एथर ४५० डिजाइन गरिएको हो भने पर्याप्त स्टोरेज स्पेस र आरामदायी पारिवारिक यात्रालाई ध्यानमा राखेर एथर रिज्दा तयार पारिएको छ । 

यी स्कुटरहरूमा थ्रोटलको सहज प्रयोगबाट गति नियन्त्रण र रिजेनेरेटिभ ब्रेकिङको सुविधा दिने म्याजिक ट्विस्ट, लामो दूरीको यात्रालाई आरामदायी बनाउने अनन्त क्रुज तथा भ्वाइस कमान्डमार्फत स्कुटरका फिचरहरू चलाउन सकिने आवाजमा आधारित अन्तरक्रियाहरू जस्ता नवीनतम प्रविधिहरू समावेश छन् । 

विद्युतीय स्कुटरको दीर्घकालीन स्वामित्वप्रति ग्राहकको विश्वास अभिवृद्धि गर्न कम्पनीले एथर एश्योरेन्स एट७० कार्यक्रम उपलब्ध गराउँदै आएको छ । सर्तहरू लागू हुने यस योजनाअन्तर्गत ८ वर्ष वा ८० हजार किलोमिटर (जुन पहिले आउँछ) सम्म स्कुटरको ब्याट्री हेल्थ कम्तीमा ७० प्रतिशत रहने सुनिश्चितता प्रदान गरिन्छ । 

हाल देशभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५३ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्टहरूमार्फत कम्पनीले ग्राहकलाई भरपर्दो सर्भिस तथा चार्जिङ पूर्वाधारको सुविधा दिँदै आएको छ ।

टाँडीस्थित नयाँ अनुभव सेन्टरको उद्घाटनको विशेष अवसर पारेर कम्पनीले ग्राहकहरूका लागि आकर्षक योजना समेत सार्वजनिक गरेको छ । विशेष फेस्टिभ तथा ओपनिङ स्किम अन्तर्गत योग्य एथर स्कुटरको खरिदमा ग्राहकहरूले १ लाख रुपैयाँसम्मको क्यासब्याक (सर्तहरू लागू) प्राप्त गर्न सक्नेछन् । 

वैद्य इनर्जी प्रालिले देशभर स्मार्ट, स्वच्छ र कनेक्टेड मोबिलिटी समाधान विस्तार गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाउँदै टाँडीस्थित नयाँ केन्द्रमा भ्रमण गरी टेस्ट राइड तथा अफरको लाभ लिन सम्पूर्ण ग्राहकहरूलाई आग्रह गरेको छ ।

Share News