सभामुख अर्यालले गरे बुढीगण्डकी जलविद्युत् आयोजनाका पूर्वाधार संरचनाको शिलान्यास

निर्माण कार्य अघि बढ्ने

काठमाडौं । वर्षौंदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य पूर्वाधार निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आयोजनाको कार्यालय भवन, पक्की पुल र आवास भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधार विकास मन्त्री सुनील लम्सालका साथै आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका संघीय तथा प्रदेश सांसदहरूको उपस्थिति रहेको थियो ।

लामो समयदेखि निर्माणको चर्चा र विभिन्न समझदारी भए तापनि विभिन्न प्राविधिक तथा लगानीसम्बन्धी अन्योलका कारण आयोजनाको कामले गति लिन सकेको थिएन ।

तर, बुधबार आधारभूत संरचनाहरूको शिलान्यास भएसँगै अब राष्ट्रिय गौरवको यो परियोजनाले मूर्त रूप लिने र निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

Share News