ग्यास आपूर्ति नियमित र सहज बनाउन आयल निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

निगमले देशभरि ग्यास आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई आग्रह गरेको हो ।

निगमले बजार माग अनुसार एलपी ग्यास आयात अधिकतम बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाइ आपूर्ति प्रणालीमा ल्याउन र उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ ।

त्यस्तै, ग्यास विक्रेता र बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत उद्योगहरूलाई भनिएको छ ।

null

Share News