बालाजु क्षेत्रमा सर्वाधिक आयकर तिरेर सम्मानित भयो सिटी एक्सप्रेस

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि. आन्तरिक राजस्व कार्यालय बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएबापत कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको कम्पनीले जनाएको छ ।

राज्यको कर नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन पाउनु गौरवको विषय भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस सम्मानले आगामी दिनमा अझ बढी उत्तरदायी र पारदर्शी हुँदै लगानी तथा वित्तीय सेवा विस्तार गर्न थप ऊर्जा र प्रेरणा मिलेको छ ।

सिटी एक्सप्रेस ग्रुपअन्तर्गतका अन्य भगिनी संस्थाहरूले पनि विगतमा आ-आफ्नो क्षेत्रबाट उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्दै आएका छन् ।

Share News