काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आइतबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणमा ऊर्जा क्षेत्रका दुई व्यवसायी सहभागी हुने भएका छन् ।
भ्रमणमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी र संस्थाका निवर्तमान अध्यक्ष गणेश कार्की सहभागी हुने भएका हुन् ।
डाँगी हाल इप्पानको नेतृत्व गरिरहेका छन् भने कार्की यसअघि संस्थाको अध्यक्षको जिम्मेवारीमा थिए ।
उनीहरूको सहभागितालाई नेपाल-भारतबीच ऊर्जा सहकार्य, जलविद्युत् विकास तथा निजी क्षेत्रको लगानी विस्तारका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ५२ जना उद्योग व्यवसायी भारत जाँदैछन् ।