काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको मौसम विज्ञान विभागले जनाएको छ ।
बिहीबार ९ डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शुक्रबार ८ डिग्री सेल्सियसतर्फ ओर्लिएको हो ।
विभागका अनुसार आज बिहान ६ः२६ बजे काठमाडौं उपत्यकाको तापक्रम ८.४ डिग्री सेल्सियस देखिएको थियो ।
आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे मापन गरिने विभागले जनाएको छ ।
विभाले हरेक दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ ।
न्यूनतम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ ।