काठमाडौं विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा

काठमाडौं । काठमाडौंं विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा परेको छ । 

वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको हो । आईक्यूएयरको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८१ पुगेको छ ।

सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । लाहोरको वायु गुणस्तर सूचकांक ३२७ रहेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको २६१ रहेको छ । त्यस्तै, भारतको दिल्ली १७७ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १७० सहित छैटौँ स्थानमा छन् ।

आईक्यूएयरको तथ्यांकअनुसार काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको देखिएको छ । यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन् । 

Share News