सानिमा माई हाइड्रोपावरले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक २७ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ ।

उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी १५औँ वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रस्तावित लाभांशसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको छ । 

Share News