स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ सबैभन्दा बढी आयकर तिर्ने बन्यो नोबेल मेडिकल कलेज

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ ।

यसक्रममा स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ ।

सरकारले मंगलबार राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रका सबैभन्दा बढी कर दाखिला गर्ने करदाता तथा संस्थालाई सम्मान गरेको हो । 

Share News