काठमाडौं । पर्यटन व्यवसाय गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सोल्टी होटल लिमिटेड सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सरकारले सोल्टी होटललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो ।
पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरी राज्यको राजस्वमा योगदान पुर्याएको भन्दै होटललाई सम्मान गरिएको हो ।