सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ६४ करोडमाथि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासम्ममा ६४ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ६६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३.३९ प्रतिशतले घटेको छ ।

चालु आवको असोजसम्म कम्पनीले २६ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ३० करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.६२ प्रतिशतले घटेको छ । 

अघिल्लो आवको यही अवधिमा २९ करोड ८५ लाख रुपैयाँ घाटा व्योहोरेको कम्पनीले चालु आवमा घाटा रकम घटाएको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीले १६ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । 

चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको असोज मसान्तसम्ममा  महाविपत्ति कोषमा २५ करोड ५५ लाख रुपैयाँ, स्पेसल रिर्जभमा २ अर्ब ५० करोड रुपैयाँ, अन्य इक्विटीमा १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १२ करोड ८२ लाख रुपैयाँ रहेको छ । 

अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २५ करोड ६९ लाख रुपैयाँ, रिर्जभमा २ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ५४ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो । 

Share News