युनाइटेड अजोड इन्स्योरेन्सको ३७ प्रतिशतले बढ्यो व्यापार, अन्य सूचक कस्ता ?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्ममा ९७ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो वर्ष २०८२/८३ को यही अवधिमा ७१ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क ३६.९९ प्रतिशतले बढेको छ ।  चालु आवको असोजसम्ममा कम्पनीले ३४ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २४ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४१.०३ प्रतिशतले बढेको छ ।

पहिलो त्रैमासमा कम्पनीले ५ करोड २९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ घाटा व्योहोरेको थियो । चुक्तापुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको कम्पनीको असोसम्ममा महाविपत्ति कोषमा ४ करोड ९७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्तिक कोषमा ४ करोड ९७ लाख रुपैयाँ थियो ।

त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ७ करोड १४ लाख रुपैयाँ, अन्य इक्विटीमा ५६ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १ करोड ३२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीकाे स्पेसल रिर्जभमा १ अर्ब ७ करोड १४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १४ करोड ३९ लाख रुपैयाँ र अन्य इक्विटीमा ५४ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

असोजसम्ममा कम्पनीको बीमा कोषमा ३ अर्ब ३७ करोड ७० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ५.९५ प्रतिशतले घटेको छ ।

असोजसम्ममा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८.०३ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि ईपीएस २६.१८ रुपैयाँले ऋणात्मक थियोे । कम्पनीको प्रतिशेयर नेटवर्थ १६३.३८ रुपैयाँ रहेको छ । 


 

Share News