सलिकोको बीमा कोष ६५ प्रतिशतले बढ्यो

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज) सम्ममा बीमा कोषमा ८ अर्ब ८९ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आव २०८२/८३ को सोही अवधिमा कम्पनीको बीमा कोषमा ५ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ६५.२१ प्रतिशतले बढेको छ ।

पहिलो त्रैमासमा कम्पनीले २० करोड ९८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ घाटा व्योहोरेको थियो । 

पहिलो त्रैमासमा कम्पनीको कुल व्यापारमा पनि संकुचन देखिएको छ । वित्तीय विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा कम्पनीले ८२ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवको असोजसम्ममा कम्पनीको व्यापार ३४.४९ प्रतिशतले घटेको छ ।

त्यस्तै चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.३३ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको असोजसम्ममा ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा ५६ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको असोजसम्ममा महाविपत्ति कोषमा २४ करोड ८१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २४ करोड ८१ लाख रुपैयाँ नै थियो ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड ७० लाख रुपैयाँ र  अन्य इक्विटीमा ३१ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  अघिल्लो आवको यही अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३७ करोड ७७ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि ईपीएस ४८.७८ रुपैयाँले ऋणात्मक थियो ।  कम्पनीको प्रतिशेयर नेटवर्थ २२५.२२ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको पिई रेसियो १६.६० रुपैयाँ ऋणात्मक रहेको छ । 
 

Share News