एकै दिन विपद्का २४ घटना, तीन जनाको मृत्यु, सात घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विभिन्न विपद्का घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो र जनावरको आक्रमणका घटनामा ३ जनाको मृत्यु भएको हो ।  

उक्त अवधिमा सबैभन्दा धेरै आगलागीका १६ घटना भएका छन्।  आगलागीमा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । त्यस्तै, सर्पदंशका तीन घटनामा तीन जना घाइते भएका छन् ।

यसैगरी जनावरको आक्रमणका तीन घटनामा एक जनाको मृत्यु भएको छ भने लेक लाग्ने एक घटनामा एक जनाको मृत्यु भएको छ। पहिरोको एक घटना पनि अभिलेख गरिएको छ ।

विपद्का घटनामा अनुमानित २८ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। घटनाको व्यवस्थापन तथा उद्धारका लागि १२३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । 

Share News