राष्ट्रिय समाचार समितिमा ९ कर्मचारीका लागि जागिर खुल्यो

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले करार सेवामा ९ जना कर्मचारी माग गरेको छ । राससले विभिन्न तीन पदमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

राससले प्रकाशित गरेको सूचनाअनुसार भिजुअल एडिटर र छायाँकार पदमा कर्मचारी माग गरिएको छ ।

जसअनुसार अधिकृत स्तर छैटौँको भिजुअल एडिटर एक जना, सहायक स्तर पाँचौँको भिजुअल एडिटर तीन जना र सहायक स्तर चौथोको छायाँकार पाँच जना माग गरिएको छ ।

इच्छुक नेपाली नागरिकले सूचना पहिलो पटक प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त दिन सक्नेछन् । उम्मेदवारले राससको प्रशासन शाखामा भौतिक रूपमा उपस्थित भएर वा इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

इमेलमार्फत आवेदन दिनेले राससको इमेल ठेगाना [email protected] मा दरखास्त फारामसहित आवश्यक कागजातहरू एउटै पीडीएफ फाइलमा पठाउनुपर्नेछ । उक्त फाइलको आकार २ एमबीभन्दा कम हुनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्त फाराम राससको वेबसाइटमा प्रकाशित सूचनासँगै उपलब्ध गराइएको छ । पदपूर्तिसम्बन्धी विस्तृत विवरण तथा दरखास्त फारामका लागि राससको वेबसाइट rssnepal.org.np/publication मा हेर्न सकिनेछ ।

राससले रीत नपुगेका तथा म्याद नाघी प्राप्त भएका दरखास्तमाथि कुनै कारबाही नगर्ने जनाएको छ । 

null

Share News