काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज) सम्ममा १५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले अघिल्लो वर्ष २०८२।८३ को असोजसम्म १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन कमाएको थियो । अघिल्लो आवको तुलनामा समिक्षा आवमा कम्पनीको नाफा ०.४० प्रतिशतले बढेको छ । असोजसम्ममा कम्पनीले २ अर्ब २७ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लोे आवको यही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कुल बीमा शुल्क २३.२७ प्रतिशतले बढेको छ ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवको असोज मसान्तसम्ममा कम्पनीले २३.१२ प्रतिशतले बढेको छ ।
चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको चालु आवको असोज मसान्तसम्ममा महाविपत्ति कोषमा २१ करोड ३५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा षमा १८ करोड ५९ लाख रुपैयाँ थियो ।
त्यस्तै चालु आवको असोज मसान्तसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ६० करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ३५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६८ लाख रुपैयाँ थियो ।
असोजसम्मा कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २८.५३ प्रतिशतले बढेको छ ।