भायानेटले ल्यायो ‘आजको समस्या, आजै फिक्स’ सेवा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकका प्राविधिक समस्या छिटो समाधान गर्ने उद्देश्यले ‘आजको समस्या, आजै फिक्स’ सेवा सुरु गरेको छ ।

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत वा आवश्यक परे प्राविधिक टोली ग्राहकको घरमै पठाएर समस्या समाधान गर्नेछ ।

ग्राहक सेवालाई प्राथमिकता दिँदै आएको भायानेटले नयाँ सेवामार्फत इन्टरनेटमा समस्या आउँदा लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई कम गर्ने विश्वास लिएको छ । यसबाट ग्राहकले छिटो, सहज र भरपर्दो सेवा अनुभव गर्न सक्ने कम्पनीको अपेक्षा छ ।

प्राविधिक सहयोगका लागि ग्राहकले भायानेटको सपोर्ट नम्बर ०१–५९७०४४४ मा सम्पर्क गर्न सक्नेछन् । कम्पनीले सेवा प्रयोग गर्दा नियम तथा सर्तहरू लागू हुने जनाएको छ । 

Share News