काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिन्ह लगाएका छन् ।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
यसअगाडि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिँदै आएका थिए ।
बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।
सरकारले निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।
यी हुन् तस्बिरहरू :





कार्कीले आईजीपी पद गुमाउनुका ५ कारण
को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?