पर्यटकलाई डोल्पोबुद्ध लैजाने ट्रेकिङ कम्पनीलाई ५० हजार जरिवाना

सांकेतिक तस्विर

काठमाडौं । अध्यागमन विभागले अनुमति बिना पदमार्गमा लैजाने एक ट्रेकिङ कम्पनीले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागका अनुसार ट्रेकिङ एजेन्सीलाई बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको थियो। 

स्थानीय प्रशासनले दिएको निर्देशनसमेत अवज्ञा गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय, डोल्पाले विभागलाई पत्राचार गरेको थियो।

घटनाबारे प्राप्त विवरण र अध्ययनका आधारमा गरिमा भोयत ट्राभल्स टुर एण्ड ट्रेक्सले प्रचलित पदयात्रासम्बन्धी कानून पालना नगरेको ठहर गर्दै अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

त्यस्तै, घटनामा संलग्न पथप्रदर्शक (गाइड) अस्मिर भण्डारीको व्यावसायिक आचरण र इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गरी कारबाही गर्न पर्यटन विभाग र बागमती प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा पत्र पठाइएको छ।

विभागले पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई पदयात्रामा नलैजान सबै ट्रेकिङ एजेन्सी तथा गाइडलाई सचेत गराएको छ। अनुमति प्राप्त पदमार्ग, अवधि र सर्त विपरीत पर्यटकलाई अन्यत्र लैजाने वा सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्नेविरुद्ध कानूनबमोजिम कारबाही गरिने विभागले स्पष्ट पारेको छ।

पथप्रदर्शकअस्मिर भण्डारीको व्यावसायिक आचरण तथा पथप्रदर्शक इजाजतपत्र सम्बन्धी विषयमा आवश्यक छानबिन गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न पर्यटन विभाग तथा बागमती प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, हेटौंडामा लेखी पठाइएको विभागले जनाएको छ ।

विभागले ट्रेकिङ्ग एजेन्सी, पथप्रदर्शक तथा पर्यटन व्यवसायीहरूलाई पदयात्रा अनुमति बेगर कुनै पनि विदेशी पर्यटकलाई पदयात्रामा नलैजान र अनुमति प्राप्त गर्दा उल्लेख गरिएका पदमार्ग, अवधि, शर्त तथा प्रचलित कानूनी व्यवस्थाको पूर्ण पालना गर्न विशेष आग्रह गर्दछ ।

अनुमति प्राप्त पदमार्गभन्दा अन्यत्र पर्यटकलाई लैजाने, अनुमतिका शर्त उल्लङ्घन गर्ने वा सम्बन्धित अधिकारप्राप्त निकायको निर्देशन अवज्ञा गरेमा कानूनबमोजिम कारवाही हुने विभागले उल्लेख गरेको छ ।

Share News