काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।
मंगलबार (आज) काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमात्र बनाउन सक्यो ।
विराटनगरको यो चौथो खेलमा दोस्रो जित हो।
जनकपुरका लागि सैफ हसनले ७१, विशाल सुश्लिङले ४३ र जेम्स निशमले २७ रन जोडे ।
विराटनगरका लागि आन्द्रे रसेलले ३ विकेट लिए । एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
विराटनगरका इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ तथा लोकेश बमले ५० रन बनाए ।
जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।