सोमबार झापा जाँदै मन्त्री रावल

फाइल तस्बिर ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सोमबार (कात्तिक १६ गते) झापा भ्रमणमा जाने भएकी छन् ।

भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारीपीडितहरूसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

साथै स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्ने जनाइएको छ ।

अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासाको सम्बोधनका उपायबारे समेत जानकारी आदानप्रदान गरिने बताइएको छ ।

Share News