काठमाडौं । स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।
आज एकैदिन सुन तोलामा ८ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य घटेसँगै तोलामा २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँले घटी ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।