काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३१.८६ प्रतिशत बढेर ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी १५.५९ प्रतिशत बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४५ करोड ८९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ४३ करोड ८५ लाख ६९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ३० करोड ६९ लाख ५९ हजार रुपैयाँ र सञ्चालन नाफा ८६ करोड २ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ११ करोड २१ लाख २४ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १.५१ प्रतिशत रहेको छ ।
१५ अर्ब ४४ करोड ८७ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख ७७ हजार रुपैयाँ रहेको छ ।
असोजसम्ममा बैंकको निक्षेप संकलन ३.५७ प्रतिशत बढेर २ खर्ब २८ अर्ब ३७ करोड २० लाख रुपैयाँ र कर्जा प्रवाह ५.४६ प्रतिशत बढेर १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिसम्मा बैंकले २ खर्ब २० अर्ब ४९ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६३ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७७.९३ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १३.४३ रुपैयाँबाट बढेर १७.७१ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १६४.४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.४२ गुणा रहेको छ ।
समीक्षा अवधिमा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको असोजमा ४.१३ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ३.९७ प्रतिशतमा झारेको छ ।