काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४१.४५ प्रतिशत बढेर ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको असोजसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.११ प्रतिशत घटेर २ अर्ब ४८ करोड ९५ लाख ७४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ३५ करोड १० लाख ९७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३ अर्ब १३ करोड ६२ लाख ५२ हजार रुपैयाँ र सञ्चालन नाफा ९९ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड २८ लाख ४५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १८.७३ प्रतिशत रहेको छ ।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ५८ करोड ९८ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
असोजसम्ममा बैंकको निक्षेप संकलन ४.५६ प्रतिशत बढेर ४ खर्ब ३४ अर्ब १३ करोड १९ लाख रुपैयाँ र कर्जा प्रवाह २.६६ प्रतिशत बढेर २ खर्ब ५० अर्ब ७ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिसम्मा बैंकले ४ खर्ब १५ अर्ब १८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४३ करोड ५९ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६१.६३ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६.०१ रुपैयाँबाट बढेर २२.६५ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २९२.८९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३.४२ गुणा रहेको छ ।
समीक्षा अवधिमा बैंकले खराब कर्जा (एनपीएल) घटाएको छ । गत वर्षको असोजमा ५.४९ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ४.६१ प्रतिशतमा झारेको छ ।