एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गर्ने भएका छन् । एनपीएल आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको संज्ञा दिँदै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।

उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै प्रतियोगिताको सफलताका लागि खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शाहले भनेका छन्, 'एनपीएलमा सहभागी हुन आउनुभएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई हार्दिक स्वागत गर्दछु । यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना ।'

एनपीएलको उद्घाटन खेल आज साँझ ५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । 

Share News