राष्ट्रपति पौडेलले पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने

सर्वसाधारणलाई नलगाउने

फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेर २६ मिनेटमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

विगतका वर्षमा राष्ट्रपतिले सर्वसाधारणलाई समेत टीका लगाइदिने गरेका थिए । तर, मुलुकले विषम परिस्थिति सामना गरिरहेको र शान्तिपूर्ण तथा हर्षोल्लासपूर्ण वातावरण नरहेको भन्दै गत वर्षदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम गरिएको छैन ।

यस वर्ष पनि राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट मात्रै टीका, जमरा र आशीर्वाद ग्रहण गर्नेछन् ।

Share News