काठमाडौं । सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज दोस्रो पाक्षिकका १६ जना दैनिक विजेता र एक जना बम्पर विजेता घोषणा भएका छन् । असोज १६ देखि ३१ गतेसम्मको अवधिका लागि छनोट भएका विजेतामध्ये एक जनाले १० लाख रुपैयाँ र अन्य १६ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँको उपहार जितेका छन् ।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत विजेता कुपन छनोट गरी उपहार विजेताको घोषणा गरेका हुन् ।
कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहारका लागि कुपन नम्बर ८८०८१६३२५१५८४९८८ छनोट भएको छ । उक्त कुपनका धारक बम्पर उपहारका विजेता बनेका छन् ।
यी हुन् उपहारका लागि छनोट भएका कुपन नम्बर
– ०८८७९०१७०
– ०९३८९८३१४८६८
– ०८०१६२९७६९३४
– ०८२८०८९७६३७२
– ०८७६५१६९००५३
– ०८९६९१८५५६७०
– ०८१६०२३५५६४४
– ०९०५७४८२३८५०
– ०७८२२४८५८६८८
– ०८६६२३०९९५१५
– ०९२१५६३४५१४२
– ०८५२९९४४०३१२
– ०८९८६५३१०७२९
– ०८४०८६००४००१
– ०९१०१५६२६२४९
– ०८३६८९६७६१५३
यी कुपनका धारकले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँको उपहार प्राप्त गर्नेछन् । उपहार प्राप्त गर्न विजेताले सम्बन्धित निकायले तोकेको प्रक्रिया पूरा गर्नुपर्नेछ ।
आन्तरिक राजस्व विभागले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बिल बिजक अर्थात् भ्याट बिल लिने–दिने संस्कृतिलाई प्रोत्साहन गर्नु र आर्थिक कारोबारलाई पारदर्शी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।
कार्यक्रममा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन सक्छन् । खरिदको बिल वा योग्य कारोबारमार्फत उपहार कार्यक्रममा सहभागी हुने उपभोक्ताले भाग्यशाली छनोटमा परे नगद पुरस्कार प्राप्त गर्ने अवसर पाउँछन् ।
बिल लिने बानीले उपभोक्ताको खरिद कारोबारको प्रमाण सुरक्षित राख्नुका साथै व्यवसायीलाई पनि कारोबारको अभिलेख व्यवस्थित गर्न प्रोत्साहित गर्छ । यसबाट कर प्रणालीलाई पारदर्शी बनाउने र कर छली नियन्त्रणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।