बाढीपछिको पुनरुत्थान र पुनःनिर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनःनिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् ।

उनले  एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् ।

डा. वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैङ्ककमा रहेका छन् ।

भेटवार्ताका क्रममा अर्थमन्त्री डा.वाग्लेले विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग गर्न आपतकालीन अनुदानको छिटो स्वीकृति र हार्दिक ऐक्यबद्धताका लागि मन्त्री वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरे ।

अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।

छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।

Share News