सेयर बजारमा ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार १०४ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  

मंगलबार ३५१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै माउन्टेन इनर्जीको २५ करोड ९७ लाख, कुमारी बैंकको २५ करोड ३७ लाख, रिलाइन्स स्पिीनिङको १२ करोड र लक्ष्मी सनराइज बैंकको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा अधिकांश समूहगत सूचकमा गिरावट आएको छ । जीवन बीमा समूह सबैभन्दा बढी १.७७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूह सबैभन्दा बढी ०.५८ प्रतिशतले घटेको छ ।

जीवन बीमा समूहको सूचक २०६.४२ अंकले बढेर ११ हजार ८२५.३३ विन्दुमा पुगेको छ । निर्जीवन बीमा समूह ५०.५३ अंकले बढेर ९ हजार ४२०.१२ विन्दुमा पुगेको छ । बैंकिङ समूह १०.६५ अंकले बढेर १ हजार ५४३.२३ विन्दुमा कायम भएको छ ।

त्यस्तै, विकास बैंक समूह ३.०३ अंकले बढेर ५ हजार ४०३.३७ विन्दुमा पुगेको छ भने लगानी समूह ०.१२ अंकले बढेर ९३.६७ विन्दुमा कायम भएको छ ।

यता होटल तथा पर्यटन समूह ४०.१२ अंकले घटेर ६ हजार ८७०.५७ विन्दुमा झरेको छ । जलविद्युत् समूह १५.७५ अंकले घटेर ३ हजार ५१०.६९ विन्दुमा कायम भएको छ ।

उत्पादन तथा प्रशोधन समूह ४२.८१ अंकले घटेर १० हजार ५३२.१३ विन्दुमा झरेको छ । वित्त समूह ६.७९ अंकले घटेर २ हजार १८१.२७ विन्दुमा कायम भएको छ ।

त्यस्तै, लघुवित्त समूह ४.३८ अंक, अन्य समूह ९.२७ अंक र व्यापार समूह १२.९६ अंकले घटेका छन् । सामूहिक लगानी कोष समूहमा भने ०.१० प्रतिशतको गिरावट आएको छ ।

१३ समूहगत सूचकमध्ये पाँच समूह बढेका छन् भने आठ समूह घटेका छन् ।  

Share News